Tuesday, October 22, 2024

भ्यागुताका चार प्रजाति लोप हुँदै


काठमाडौं– नेपालमा पाइने ११ प्रजातिका रैथानेमध्ये ४ प्रजातिका भ्यागुता लोपोन्मूूख अवस्थामा पुगेका छन् ।

भ्यागुताले मानव जीवन, वातावरण सन्तुलन राख्न महत्वपूर्ण भूमिका खेल्ने भएपनि पछिल्लो समय अन्नबाली र तरकारीमा विषादीको बढ्दो प्रयोगले संरक्षणमा चुनौती देखिएको संरक्षणकर्मीहरुको भनाई छ ।

भ्यागुुताको अनुसन्धानमा संलग्न विराज श्रेष्ठका अनुसार पछिल्लो समय नेपालमा रैथानेमध्येका बाघ भ्यागुता, तराई क्रिकेट भ्यागुुता, नेपाल क्रिकेट भ्यागुुता र स्किट्रिङ भ्यागुुता लोपोन्मूूख अवस्थामा पुगेका छन् ।

भ्यागुुता लोपन्मूूख अवस्थामा पुुग्नुुमा अत्याधिक चोरीशिकार, किटनाशक औषधिको बढ्दो प्रयोग, जलवायु परिवर्तन, बासस्थानको विनास, सिमसार, जलाधार क्षेत्रसँगै पोखरीको विनास, वन विनास, खोला नाला प्रदूषण, जलाशय बाँध निर्माण र शैक्षिक क्षेत्रमा अनुसन्धानका लागि प्रयोग रहेको श्रेष्ठले वताए ।

रिसोर्स हिमालय फाउन्डेसनका अनुुुसन्धान अधिकृत समेत रहेका श्रेष्ठले नेपालमा प्रतिबन्धित एट्राजिन रसायनका कारण भ्यागुतामा लैंगिक परिवर्तन (भालेबाट पोथी हुन) मा नकारात्मक प्रभाव पार्ने गरेको जानकारी दिए ।

१ देखि ६ डिग्री सेल्सियससम्म तापक्रमको वृद्धिले भ्यागुताको अण्डामा निरसता आउने, चेपगाडाको मृत्यदर बढ्ने, एउटा मात्र लिङ्गको प्रभुत्व कायम हुने समस्या निम्त्याउने गरेको अनुसन्धानकर्ता बताउँछन् ।

एट्राजिनअन्तर्गत रसायनजिन, सोलारो, स्टाइक र सूयेिजन पर्दछ । यस्ता औषधिको प्रयोग बालीनालीमा अत्याधिक हुने गरेका कारण भ्यागुताको संरक्षणमा चुनौती देखिएको श्रेष्ठको भनाई छ ।

भ्यागुताले पर्यावरणीय सन्तुलन, सांस्कृतिक सम्बन्ध, खाद्य चक्रको अभिन्न अंग, कृषकहरुको मित्र, पारस्परिक औषधिको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ ।

चेपगाडाले धेरै किसिमको जैविक सामाग्री जस्तै सडेगलेको पात, पानीभित्र मरेको जनावार र माछाको विष्टा उपभोग गर्ने गर्दछ । जसले पानीको सफाइमा मद्दत पु¥याएको हुन्छ । श्रेष्ठका अनुसार वयस्क भ्यागुताले किराहरु खाने गर्छ, भने खेतबारीमा रहेको विभिन्न खालको बाली नष्ट गर्ने किरा फट्याङग्रा खाइ बाली बचाउनमा सहयोग गरेको हुन्छ ।

भ्यागुतालाई सांस्कृतिक सम्बन्धमा पनि जोडिएको छ । काठमाडांैका नेवार समुदायमा भ्यागुतालाई श्रावण महिनामा तथा जनै पूर्णिमामा खाना खुवाउने प्रचलन छ । त्यसैगरी, बर्खामा लामो समयसम्म खडेरी परेमा भ्यागुुताको बिहे गर्ने प्रचलन पश्चिम नेपाल र भारतका कतिपय स्थानमा रहेको छ ।

भ्यागुता एउटा उभयचर वर्गको प्राणी हो । नेपालमा ५३ जातिका उभयचरहरु पाइन्छन् । विश्वभर भ्यागुताका ७ हजार ४ सय ५ प्रजातीमध्ये २ हजारदेखि अधिक प्रजाती संकटापन्न छन् । हिमालयले १० औं भ्यागुुता संरक्षण दिवसको अवसरमा शनिबार राजधानीमा कार्यक्रमको आयोजना गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार