Tuesday, October 22, 2024

के– के छन आजका दैनिक पत्रिकामा वातावरण सम्वन्धी समाचार ?

आजका दैनिक पत्रपत्रिकाले वातावरणसँग सम्वन्धीत विभिन्न शिर्षकमा खबरहरु छापेका छन् ।

कान्तिपुर,नागरिक र अन्नपूर्ण पोष्टले केही वातावरणीय मुद्दा उठाएपनि अरु पत्रिकामा वातावरणका समाचारहरु एकदमै कम छन् ।

कान्तिपुरको पहिलो पृष्ठमा ‘गुराँसको राजधानी का रुपमा चिनियएको तेह्थुमको तीनजुरे मिल्के जलजले क्षेत्रमा रुख चढे् गुराँस टिप्दैँ युवा । यतिखेर यहाँ सडकको दायाँबायाँ नै गुराँस फलेर राताम्मे छ । २८ प्रजातिका गुराँस पाइने यो क्षेत्रमा दैनिक करिब पाँच सय पर्यटक घुम्न आउँछन्’, शिर्षकमा फोटो क्याप्सन प्रकाशित भएको छ ।

‘गुराँस टिप्नेलाई जंगलमै कारबाहि’शिर्षकमा कान्तिपुर दैनिकको पृष्ठ पाँचमा समाचार प्रकाशित भएको छ ।

फुल टिप्दा सौन्दर्य गुम्ने र हाँगा भाच्दा अर्को वर्षसमेत असर पर्ने भन्दै वन कार्यालय तेह्रथुमले सार्वजनिक सुचना नै प्रकाशित गरी प्रतिबन्ध लगाएको हो । सुचनाको बेवास्ता गरी कसैले गुराँस टिप्ने हाँगा भाज्ने काम गरे जंगलमै कारवाही गरिने वन अधिकृत देवीचन्द्र पोखरेलले बताए ।

कान्तिपुरको पृष्ठ १२ मा ‘बसाइँसराई गर्ने चरा संकटमा’ शिर्षमा समाचार प्रकाशित भएको छ ।

विश्वमा बसाइँसराई गर्ने करिब २८ सय चराका प्रजातिमध्ये ४० प्रतिशत विश्वमै दुर्लभ अवस्थामा पुगेको तथ्यांक सार्वजनिक भएको छ ।

चारदिन देखि आबुधाबीमा जारी बसाइँसराई गर्ने चरा (सम्मिट फर द फ्लाईवेज) सम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलनमा बर्डलाईफ इन्टरनेशनलले उक्त तथ्यांक सार्वजनिक गरेको हो । विश्वका चराको संरक्षणको अवस्था नामक प्रतिवेदनअनुसार विश्वमा ११ हजार १ सय २१ चराका प्रजाति छन् । त्यसको एक चौथाई अर्थात् करिब २८ सय बसाइँसराई गर्ने प्रजातिभित्र पर्छन् ।

‘मुआब्जा बुझेपछि बालुवा तस्करी’शिर्षकमा धादिङबाट हरिहरसिंह राठौरले लेखेको समाचार पृष्ठ १३ मा प्रकाशित भएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजनाले चर्केको जग्गामा अवैध बालुवाखानी सञ्चालन गरिएको पाएपछि स्थानीय प्रशासनले बन्द गर्न आदेश दिएको छ । स्थानीय प्रशासनले बुधबार गरेको अनुगमनमा बूढीगण्डकी किनारका अवैध बालुवाखानी र बालुवा धुने एक दर्जन अवैध फिरफिरे उद्योग सञ्चालन गरिएको भेटिएको हो ।

ज्वालामुखी गाउँपालिकाअन्तर्गत पीपलटार र बुंगकोटघाट तथा गोरखाको दर्बुङ, पट्टी लगायतका स्थानमा एक दर्जनभन्दा बढी अवैध बालुवाखानी सञ्चालन रहेको अनुगमनका क्रममा भेटिएको हो ।

त्यस्तै आजको अन्नपूर्ण पोष्टमा ‘देशभर प्रदूषण नियन्त्रण गर्न ४० मेसिन किनिने’ शिर्षकमा समाचार प्रकाशित भएको छ ।

यातायात व्यवस्था विभागले जेठदेखि देशभर सवारी साधनबाट हुने प्रदूषण जाँच सुरु गर्ने भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न ४० मेसिन खरिद गरी जाँच कडा बनाउने भएको हो । विभागले डिजेल गाडीको प्रदूषण जाँच गर्न ‘स्मोक मिटर’ २० र पेट्रोल गाडीको प्रदूषण जाँचका लागि ‘ग्यास एनालाइजर’ २० वटा गरी ४० मेसिन खरिद गरी काम थालेको विभागका प्राविधिक शाखा प्रमुख प्रेमकुमार सिंहले बताए । केही वर्षयता उपत्यकाको वायु प्रदूषणको दर राष्ट्रिय मापदण्डभन्दा ६ गुणा बढी भएको वातावरण विभागको तथ्यांकमा उल्लेख छ ।

‘सर्दू जलाधर क्षेत्रमा प्लटिङ’शिर्षकमा धरानको समाचार प्रकाशित भएको छ ।

धरान उपमहानगरपालिकाका लागि खनेपानीको मुख्य स्रोत सर्दु जलाधर क्षेत्र अतिक्रमणमा परेको छ । यहाँका बोटविरुवा फँडानी गरी धरटहरा निर्माण हुन थालेका छ । यसले जलाधार क्षेत्रको अस्तित्व संकटमा परेको स्थानीयले बताएका छन् ।

त्यसैगरी नागरिक दैनिकमा ‘सुक्न थाले मुहान बस्तीमा खानेपानी संकट’ शिर्षकको समाचार पृष्ठ चारमा प्रकाशित भएको छ ।

बढ्दो गर्मीसँगै चुरे क्षेत्रका उत्तरी ग्रामिण भेगमा खानेपानी संकट देखिएको छ । मूल सुक्न थालेपछि यस भेगका बासिन्दा खानीपानीको संकटमा परेका छन् ।
‘ललितपुरमा ब्युँताइँदै मल्लकालीन राजकुलो’ शिर्षकको समाचार नागरिकमा प्रकाशित भएको छ ।

करिब तीन दशक अघिसम्म उपत्यकाका काँठ क्षेत्रमा पानी नै बग्ने तीनवटा प्रमुख राजकुलो थिए । तिनका मुहान थिए, काठमाडौंको बूढानीलकण्ठ, भक्तपुरको वागेश्वरीबाट र ललितपुरको टीकाभैरवा उपत्यकाका यी प्रमुख राजकुलोमध्ये अहिले कुनैमा पनि पानी बग्दैन । राजकुलो भएको अधिकांश क्षेत्रमा त्यसलाई मासेर कि सडक बनाइएको छ कि त अग्ला घर ठड्याइएको छ ।

गोरखापत्र दैनिकको पृष्ठ १३ मा ‘चीन जान केटो को तयारी’ शिर्षकमा समाचार प्रकाशित भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैँडाको बच्चा (केटो) लाई चीन पठाउने तयारीे गरेको छ । केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन लागिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले चिनियाँ र नेपाली पशु चिकित्सकसहित वन्यजन्तु प्राविधिज्ञको टोलीले लैजान योग्य छ भनेर प्रमाणित गरेमा केटोलाई चीन पठाइने जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार