Monday, October 21, 2024

के–के छन् दैनिक पत्रिकामा वातावरण सम्वन्धी समाचार ?

आजका दैनिक पत्रपत्रिकाले महाभूकम्प गएको ३ वर्ष पूरा भएको समाचारलाई प्रमुख प्राथमिकता दिएर प्रकाशित गरेका छन् । २०७२ बैशाख १२ गते विहान ११ बजेर ५६ मिनेटमा गएको भूकम्पपछि भत्किएका संरचना पुर्ननिर्माणको वर्तमान अबस्थालाई केलाउने प्रयत्न पत्रपत्रिकाले गरेका छन् ।

कान्तिपुरमा पुर्ननिर्माण ‘आसमै बित्यो ३ बर्ष’ शिर्षकमा यज्ञ बञ्जाडेले समाचार लेखेका छन् । ‘भूकम्प बिस्र्यो सरकारले’ शिर्षकमा नागरिक दैनिकले धरहरा, काष्ठमण्डप र रानीपोखरीलाई समेटेर एउटा सामग्री नै बनाएर छापेको छ । ‘भूकम्पको पाठ न जनताले सिके, न सरकारले’ शिर्षकको खबर नयाँ पत्रिकामा छ ।

‘पुनर्निर्माणमा १ खर्ब १९ अर्ब खर्च अझै १ खर्ब ६० अर्ब आवश्यक’ शिर्षकमा अर्को समाचार पनि नयाँपत्रिकामै छ । यस्तै राजधानी दैनिकमा ‘पुनर्निर्माणका २८ महिना अधिकांश काम अधुरा’ शिर्षकमा शिव दुवाडीले लेखेको समाचारमा अपेक्षा अनुसार पुनर्निर्माणले गति लिन नसकेको प्रसङ्ग केलाइएको छ ।

अन्नपूर्णपोष्टमा भूकम्पपीडितका दुःख वेदना समेटेर सिन्धुपाल्चोकबाट राजु स्याङ्तानले ‘सरकार , गरिवलाई पनि हेर्नू ’ पठाएको सामाग्री प्रकाशित गरेको छ । भूकम्पबाहेक अरु वातावरणीय आज मुद्दाहरु त्यत्ति धेरै समेटिएका छैनन् ।

कान्तिपुरको विदेश पृष्ठमा अब्दुल्लाह मियाँले ‘चरा बहसमा जुटे विशेषज्ञ’ शिर्षकमा समाचार लेखेका छन् । युएईबाट पठाएको समाचारका अनुसार बसाइँसराई गर्ने चराले उडान क्रममा प्रयोग गर्ने बाटो, बासस्थान, चरन क्षेत्र र संकटबारे छलफल युएईको अबुधावीमा सुरु भएको छ । एशिया ,अफ्रिका र युरोपका १५ प्रजातीका गिद्ध संरक्षणका लागि तयार पारिएकोृ कार्ययोजनाबारे बहस मंगलबारबाट सुरु भएको छ ।

गिद्ध संरक्षण र अनुसन्धानमा सक्रिय नेपाल पंछी संरक्षण संघ बिसीएनले समेत प्रस्तुती दिएको छ । चरा सम्बन्धि अन्र्तराष्ट्रिय सम्मेलनमा गिद्ध संरक्षणमा युरोप र अफ्रिकी मुलुकले नेपालको पदछाप पछ्याएको प्रष्ट पारेका छन् । सम्मेलनमा ७० देशका चरा विशेषज्ञ, चरा प्रजातिमा काम गर्ने संघ संस्था र विभिन्न देशका सरकारी अधिकारीहरु अबुधावीमा भेला भएका हुन् । यो भेलामा बिसीएनकी प्रमुख कार्यकारी अधिकृत इशाना थापा , गिद्ध संरक्षण अधिकृत कृष्ण थापा लगायतका नेपाली चरा विशेषज्ञ त्यहाँ सहभागी छन् ।

नागरिक दैनिकमा सर्लाही जिल्लाको वाग्मती नगरपालिका अन्र्तगत सागरनाथ वन विकास परियोजनाको मूर्तिया वन ब्यवस्थापन क्षेत्रको जग्गामा ब्यक्तिगत नयाँ घरहरु बनाउने क्रम ह्वात्तै बढेको समाचार आज प्रकाशित छ । जुन खबरलाई ‘वनको जग्गामा धमाधम नयाँ बस्ती ’ शिर्षक दिइएको छ ।

अन्नपुर्णपोष्टमा ‘पहिरोपीडितले पाए १६ वर्षपछि लालपुर्जा’ शिर्षकमा ताप्लेजुङबाट सीताराम गुरागाईले समाचार लेखेका छन् । २०५९ सालमा पहिरोबाट विस्थापीत भएका फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाका १२ परिवारलाई उनीहरुको नाममा घर र जग्गा दिइएको छ ।

अन्नपूर्ण दैनिकमा नै राजविराजमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तिले आक्रमण गर्दा ४० वर्षीय दुर्गादेवी यादवको ज्यान गएको समाचार प्रकाशित भएको छ । यस्तै पाल्पाका सामुदायिक वनबाट टिमुर खेती गरेर जीविकोपार्जन गरिएको समाचार पनि छ । राजधानी दैनिकको विविध पृष्ठमा धु्रव लम्सालले ‘विष्णुमतीमा विदेशबाट विरुवा ’ शिर्षकको समाचार प्रकाशित गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार