Monday, October 21, 2024

के–के छन् आजका दैनिक पत्रिकामा वातावरण सम्वन्धी समाचार ?

आजका प्रायजसो सवै दैनिक पत्रपत्रिकाले विश्वमै दुर्लभ पाटे बाघसँग सम्वन्धीत समाचारलाई प्राथमिकतासाथ प्रकाशित गरेका छन् । कसैले बाघ मरेको समाचार त कसैले बाघको मृत्युका कारणको खोजी गदै समाचार प्रकाशित गरेका छन् ।

कान्तिपुर राष्ट्रिय दैनिकले बाघ जोगाउन थपिएको चुनौतीमा केन्द्रित भएर समाचार छापेको छ । ‘आहारा खोज्दै नेपाल’ शिर्षकको समाचार धनगढीबाट मोहन बुढाऐरले पठाएको समाचार कान्तिपुरको पृष्ठ १२ मा छापिएको छ । भारतको दुदुवा राष्ट्रिय निकुञ्जको पाटेबाघ आहाराको खोजीमा कञ्चनपुरको वन क्षेत्रमा पुगेको छ । खबरमा अगाडी भनिएको छ,‘कैलालीको फूलबारीको पच्चिस घरस्थित भारतीय सीमा क्षेत्रबाट नेपाली वनमा पवेश गरेको बाघ कञ्चनपुर पुगेको हो ।’

यसैगरी कान्तिपुर दैनिकमै जुधेरै मर्छन् शिर्षकको समाचार चितवनबाट रमेश कुमार पौडेलले लेखेका छन् । चितवनमा मरेका बाघहरु एक आपसमा जुधेरै मरेको कुरा खबरमा छ । ब्यापारिक थलो बन्दै सार्वजनिक शौचालय शिर्षकको समाचारमा शौचालय ब्यवस्थापन दिनप्रतिदिन खस्कँदो , दुर्गन्धित र छिर्नै नसकिने भएको प्रसङ्ग फातिमा बानुले लेखेको समाचारमा उल्लेख छ । गोरखापत्रले पाटे बाघ मृत फेला शिर्षकमा राष्ट्रिय समाचार समितीको समाचारलाई साभार गरेको छ ।

नागरिक दैनिकको पृष्ठ ३ मा दस महिनामा ५ बाघ मरे शिर्षकको समाचार छ । जसलाई चितवनबाट सविता श्रेष्ठले लेखेकी छन् । साउन यता चितवन राष्ट्रिय वन क्षेत्रमा ३ र राष्ट्रिय निकुञ्जमा २ वटा बाघ मरेका छन् । यसैगरी ‘बरामद गोलियाको जरा खोज्दै वन कर्मचारी’ शिर्षकको समाचार सर्लाहीबाट टंक क्षेत्रीले पठाएका छन् । गएको बुधबार राती बरामद भएका ११८ दशमलव ७४ क्युबिक फिट गोलिया बरामद भएको स्थान पत्ता लगाउन कर्मचारी परिचालित भएका हुन् । यस्तै नागरिकको काष्ठमण्डप पृष्ठमा ‘पृथ्वी जोगाउने सन्देश’ शिर्षकको समाचार छापिएको छ । जसमा अप्रिल २२ अर्थात हिजो मनाइएको दिवसका बारेमा चर्चा गरिएको छ ।

अन्नपुर्ण पोष्टमा ‘वन्यजन्तु रोक्न पोखरी’ शिर्षकको झापाको खबर छ । वन्यजन्तु तथा चराचुरुङ्गी बसाइँ सर्न थालेपछि अर्जुनधारामा स्थानियले तिनलाई रोक्न सामुदायिक वन क्षेत्रमा पोखरी निर्माण गरिएको हो । यसैगरी विराटनगरबाट किशोर बुढाथोकीले लेखेको ‘वन व्यवस्थापन नियमित’ शिर्षकमा समाचार अन्नपुर्णमा छापिएको छ । मुख्यमन्त्री शेरधन राईको निर्देशनपछि मोरङ र सुनसरीमा रोकिएको वैज्ञानिक वन व्यवस्थापनको काम आइतबारबाट नियमित भएको छ । यस्तै रुकुमकोटबाट महेश केसीले अन्नपुर्णमा पठाएको सामग्रीमा कमलदहमा पाइने नेपालमै दुर्लभ मानिने कमलको जरा बिक्रीबाट यो बर्ष आठ लाख आम्दानी गरेको कुरा उल्लेख छ ।

राजधानी दैनिकमा ‘किुञ्जमा डढेलो’ , ‘धुँवाले स्थानीयलाई सकस’ शिर्षकको समाचार छापिएको छ । बर्दियाको बर्दिया राष्ट्रिय निकञ्जमा केही दिन यता फैलिएको डढेलो र यसले मानव स्वास्थ्यमा पर्ने असरहरु औल्याइएको छ । सुदीप अधिकारीले लेखेको यो समाचारमा डढेलोले वन्यजन्तु र वनस्पतीमा परेको प्रभाव पनि खुलाइएको छ । यसैगरी उदयपुरबाट ईश्वर तामाङले वन मासेर रातारात सडक निर्माण शिर्षकको समाचार लेखेका छन् । जसमा उदयपुरको कटारी नगरपालिका –४ स्थित मरुवा हरित सामुदायिक वन क्षेत्रमा रातारात अवैध रुपमा एस्काभेटर प्रयोग गरेर सडक खनिएको छ । यस्तै पर्यटक आकर्षित गर्न धुवाँ –धुँलो हटाउने वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बताएको प्रसङ्ग राजधानीको आर्थिक पृष्ठमा छ ।

नयाँ पत्रिका दैनिकमा वनमा लागेको आगो २३ घण्टापछि नियन्त्रणमा आएको काभ्रेको खबर राजकुमार ओलीले लेखेका छन् । तेमाल गाँउपालिका ५ स्थित भुमेस्थान सामुदायिक वनमा आगलागी भएको थियो । पानीको अभावका कारण आगो नियन्त्रणमा कठिनाई आएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार