आज जुन ७, विश्व खाद्य स्वच्छता दिवस । यसै सन्दर्भमा खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीसँग बजारमा बिक्री वितरण भइरहेका खाद्यवस्तुको गुणस्तर र खाद्य स्वच्छताको अवस्थाका बारेमा उर्बसी बस्न्यातले गरेको कुराकानी :
खाद्य स्वच्छता भन्नाले के बुझने ?
खाने कुरामा कुनै पनि किसिमको हानि हुने ढुङ्गामाटोदेखि लिएर रसायनिक पदार्थ नभएको, शरीरलाई हानि नगर्ने अवस्था नै खाद्य स्वच्छता हो । कहिलेकाँही खाद्य सुरक्षा र स्वच्छता एकै हिसाबले र उस्तै भएर पनि आउँछन् । खाद्य वस्तुलाई कुनै तरिका वा उपायहरू अपनाएर हानि नगर्ने अवस्थामा राख्नु नै खाद्य स्वच्छता हो ।
जेठ महिनामा नै खाद्य स्वच्छता दिवस मनाउनुको पछाडीको कारण के हो ?
एउटा चाहिँ ७ जुनलाई लक्षित गरेर जेठ महिनालाई रोजेका हौँ । अर्को वैशाख, जेठ, असार गर्मी महिना हुन् । गर्मी बढ्दै गर्दा खाद्य वस्तु वा भनौँ खाने कुराबाट हुने जोखिम अलि बढी नै हुने गर्छ । त्यसबाट रोगको प्रभाव र असर पनि बढ्ने भएकाले यस्तो समयमा खाद्य वस्तुलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर बढी जनाकारी दिनुपर्छ । जनचेतनाका लागि अलि बढी प्रचार प्रसारमा जोड दिनुपर्छ भनेर नै हामी जेठ महिनामा खाद्य स्वच्छता दिवस मनाउन सुरु गरेका हौँ ।
खाद्य स्वच्छता कति महत्वपूर्ण छ हाम्रो सन्दर्भमा ?
यो सबैका लागि महत्वपूर्ण नै छ । विशेषगरी हाम्रो जस्तो देश र जनताको लागि दुई हिसाबले, एक जनताको स्वास्थ्यसँग जोडिएको विषय भएकाले, अर्को व्यवसायिक र व्यापारिक हिसाबले यसको महत्व भएकाले हामी ११ वर्षदेखि मनाउँदै आएका छाँै । खानेकुरा स्वच्छ नहुँदा नै हो विभिन्न खालका रोग लाग्ने । स्वस्थ्य रहनका लागि त स्वच्छ र पोषणयुक्त खाद्य वस्तु खानुपर्छ । उद्योगी, व्यापारीले उत्पादन गरेका, बिक्री वितरण गर्ने खाद्य वस्तु नै त हो, हामीले उपभोग गर्ने । जबसम्म खाद्य स्वच्छताको बारेमा उहाँहरूलाई जनाकारी हुँदैन हामीले कसरी स्वच्छ वस्तु उपभोग गर्न पाउछौँ ? उद्योगी व्यापारीले पनि खाद्य स्वच्छता सम्बन्धी जानकारी लिनु प¥यो । यसको महत्व भएर नै
हामीले मनाउँदै आएको कुरालाई यो वर्षदेखि विश्वले पनि मनाउँदै छ । हामी ११ औँ खाद्य स्वच्छता दिवस २०७६ ,जेठ महिनाभर तेस्रो खाद्य स्वच्छता महिना मनाइरहँदा आज अभ्यासलार्ई इङ्कित गर्दै विश्वले पनि आज ७ जुनलाई प्रथम विश्व खाद्य स्वच्छता दिवस मनाउँदै छ, ‘खाद्य पर्दार्थमा स्वच्छता हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ । यसबाट नै थाहा हुन्छ यो कति महत्वपूर्ण छ । यसले गर्दा खाद्य स्वच्छताको महत्व अझै बढेको छ ।
भनेपछि नेपालले ११ वर्षदेखि मनाउँदै आएको खाद्य स्वच्छता दिवस यो वर्ष सन् २०१९ देखि विश्वले पहिलोचोटि मनाउँदै छ ?
हो, हामीले संयुक्त राष्ट्र संघको कोडेक्सको विश्व खाद्य तथा कृर्षि संगठनमा छलफल गर्दा नेपालले मात्र होइन खाद्य स्वच्छता दिवस अरू देशले पनि मनाउन जरुरी छ, यसको व्यापकता गर्नु आवस्यक छ भनेर पटक पटक यो विषयलाई उठायौँ । यसमा अन्य देशको पनि समर्थन रह्यो । कोडेक्स एलिमेण्टेरियस कमिसन , विश्व खाद्य तथा कृषि संगठन, विश्व स्वास्थय संघको प्रस्तावमा संयुक्त राष्ट्र संघीय महासभाबाट सन २०१९ देखि हरेक वर्षको जुन महिनाको ७ तारिकलाई विश्व खाद्य स्वच्छता दिवसको रूपमा मनाउने निर्णय गरिएबाट खाद्य स्वच्छता सम्बन्धमा चासो राख्ने सबैलाई उत्साहित बनाएको छ ।
जेठ महिनाभरि दिवसका अवसरमा के के कार्यक्रम भए ? र, हुँदैछन् ।
महिनाभरि मनाउन लागेको यो तेस्रो पटक हो । विभिन्न ठाउँमा हाम्रा डिभिजन कार्यलयहरू छन् । त्यहाँबाट खाद्य स्वच्छता सम्बन्धी तालिम र जनचेतनाका लागि प्रसार प्रचार गर्ने काम भैरहेको छ । यो महिनाभरि नै हरेक दिन केहीन केही कार्यक्रको आयोजना गरिरहेका छौँ । कहिले उपभोक्तासँगको अन्तरक्रिया, कहिले विद्यालयमा पुगेर विद्यार्थीलाई खाद्य स्वच्छताका बारेमा जनाकारी दिइरहेका छौँ । जुन ७ मा प्रभातफेरी कार्यक्रम रहेको छ । ११ बजे कृषि तथा पशुपन्छी विकासमन्त्री ज्यूको प्रमुख अतिथ्यमा यो महिनाभरि गरिएका विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण उत्कृष्ट उद्योगी, व्यवसायी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदैछ । खाद्य स्वच्छताका क्षेत्र योगदान पु¥याउनेलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
विद्यालयमा पुगेर विद्यार्थीलाई खाद्य स्वच्छताका बारेमा जनाकारी दिँदा के पाउनु भयो ?
विद्यालयमा किताब भित्रका कुरा बढी सिकाइन्छ । खाद्य स्वच्छता नयाँ कुरा भयो । विद्यार्थीलाई हामीले त्यहाँ खाद्य स्वच्छता र पोषणका कुरा ग¥यौँ । यो कुराले विद्यार्थी निक्कै उत्साही भए । सुरुमा के होला, कसो होला भन्ने विद्यालय जब हामीले विद्यालयमा कार्यक्रम सम्पन ग¥यौँ । ती विद्यालयहरूले पनि यस्तै जनचेतनामुलक कार्यक्रमको माग गरिरहेका छन् ।
११ वर्षदेखि हामीले मनाउँदै आएका छौँ यो वर्ष विश्वले नै मनाउँदै छ । यहाँसम्म आइपुग्दा फरक के पाउन सकिन्छ ?
नाप्ने गरी त हामीले कुनै सर्वेक्षण गरेका छनाँै तर कस्तो खाद्यवस्तु प्रयोग गर्ने ? के खान हुन्छ, हुँदैन ? खाद्य वस्तुलाई कसरी सुरक्षित राख्न सकिन्छ ? भन्ने विषयमा उपभोक्तासम्म यो कुरा पुगेको छ । केही जनचेतना बृद्धि भएको हामीले महसुस गरेका छौँ । खाद्य स्वछताको बारेमा प्रचार प्रसार बढेको छ । विशेष गरेर बिक्री वितरण गर्ने, विक्रेता र उद्योग व्यवसाय सञ्चालन गर्नेहरूमा पनि चेतना बढेको पाइएको छ । यद्यपि यो पर्याप्त भने होइन ।
खाद्य स्वच्छता दिवस मनाइरहँदा हामीले उपभोग गर्ने बजारमा बिक्री वितरण भइरहेको खाद्य वस्तुको गुणस्तर खाद्य स्वच्छताको हिसाबले कतिको उपयुक्त छ ?
अब यस्तो छ, खाद्य स्वच्छताको समस्या छ । हाम्रो उत्पादनको अवस्था, स्वच्छता र गुणस्तरमा भन्दा पनि व्यवसायिक हिसाबले, मुनाफाको हिसावले केन्द्रित छ । उपभोक्ताको अवस्था पनि त्यस्तै छ । खाद्य स्वच्छतामा केही समस्या भएर नै हामी जस्तो निकायले त्यसको लागि पहल गरिहरेका छौँ ।उपस्थिति जनाइरहेका छौँ । सबै राम्रो भएको भए त हाम्रो काम नै सकिन्थ्यो । समस्याहरू छन् । हरेक वर्षको हाम्रो तथ्याङ्क हेर्ने हो भने पनि समग्र १० देखि १५ प्रतिशत खाद्य वस्तु कम गुणस्तरका पाउछौँ । स्वाथ्यलाई नै हानि नोक्सनी गर्ने चाहिँ त्यसको आधा होला ५, ७ प्रतिशत । विदेशतिर हेर्ने हो भने पनि खाना कै कारण मानिस बिमारी परेर मरे, भन्ने खबर आउछ । तर हामीकहाँ कम हुनु भनेको हाम्रो खानपान शैली पनि हो । तात्तातै खाने धेरै बेर पकाएपछि खाने ।
गुणस्तर र स्वच्छताको हिसावले बजार त अराजक नै छ होइन ?
कहिँ कतै खाद्य वस्तुमा मिसावट हुने, गुणस्तरहीन अखाद्य वस्तु बजारमा भेटिन्छन् । बजारमा सबै ठीक छ त म भन्दिन । हामी आफ्नो तर्फबाट अनुगमन गरिहरेका छाँै । अझै प्रयाप्त छैन । उपभोक्ताले पनि यस्ताकुरा भेटिएमा उजुरी गरी सहयोग गर्नुृ प¥यो । अनुगमन गर्न सजिलो हुन्छ । उपभोक्ता खुशी पार्ने हाम्रो लक्ष्य भए पनि त्यो पुरा हुन सकेको छैन । गुणस्तरीय बनाउने, खाद्यवस्तुमा स्वच्छता कायम राख्ने हाम्रो प्रयत्न जारी छ ।
उपभोक्ताको गुनासो कतिको आउछ ?
गुनासो आउने क्रम बढ्दो छ । बजारमा जुन खालको समस्या छ त्यो हिसाबले निक्कै कम आउने गर्छ । म फेरि पनि भन्छु, खाद्य वस्तुमा कैफियत भेटिए उजुरी वा खबर गर्नु प¥यो । खबर गरेपछि मात्र केही नकेही हुन्छ । कतै केही भए हामी जसरी पुलिसलाई कल गर्छाँै नि, त्यसैगरी
तपाईहरूको उजुरी र गुनासुुोलाई हामी तदारुकताका साथ सम्बोधन, अनुगमन गर्छौँ । कारवाही गर्छौँ । गुनासोको सम्वोधन हुन्छ भन्ने कुराको हामी विश्वास दिलाउन चहान्छौँ । पुरानो समय छैन । नयाँ समयमा हामी उपभोक्ताको सही गुनासोको आधारमा हाम्रो काम, हाम्रो अनुगमनलाई केन्द्रित गर्न चहान्छौँ । नजिक हुन खुशी पार्न चहान्छौँ । उपभोक्ता खुशी पार्ने हाम्रो लक्ष्य हो । त्यसैले उपभोक्तासँगको सहकार्यमा काम गर्न हामी चहान्छौँ । शुभकमना बजारलाई स्वच्छ राख्न ,खाद्य वस्तुमा स्वच्छता कायम राख्न यहाँहरूले उजुरी र गुनासो गनुपर्छ ।