Monday, October 21, 2024

वातावरण संरक्षणमा लाग्ने प्रतिवद्धता

काठमाडौं,७ वैशाख । सञ्चारकर्मी र शिक्षा क्षेत्रका प्रतिनिधीहरुले वातावरण संरक्षणमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विश्व वन्यजन्तु कोषको हरियो वन कार्यक्रमको सहयोगमा वातावरण पत्रकार समूहले चैतको अन्तिम साता दमौलामा सेती जलाधार क्षेत्रको वातावरणीय सवाल विषयमा आयोजना गरेको कार्यक्रममा उनीहरुले सो प्रतिवद्धता जनाएका हुन् ।

वातावरण पत्रकार समूहका अध्यक्ष अर्जुन ढकालले विकासका वाहनामा वातावरण विगार्ने र भएका प्राकृतिक स्रोतको संरक्षण नगर्ने परिपाटीले मानवलाई नै हानी गरिरहेको वताए ।

‘काठमाडौं महानगरपालिकाका प्रमुखलाई सबैभन्दा चासोको विषय को हो भनि सोधियो भने उनको उत्तर काठमाडौंको हावा प्रदूषण हो भन्ने आउँछ्’ उनले भने, ‘प्रत्येक मानिसले प्रश्न गर्ने भनेको काठमाडौंको प्रदूषण, प्रदूषित खानेपानी, हावा, आदि नै हो । यसले प्रष्ट गर्छ कि हामी हरेक मुद्धामा वातावरणसँग जोडिएका छौं ।’

नेपाल वातावरण पत्रकार समूहका कार्यकारी निर्देशक सुबोध गौतमले पछिल्लो समय स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहबिच द्धन्द्ध देखिएको वताए । उनले यस्ता द्धन्द्धहरुलाई निरुण गर्ने उपायहरुको वारेमा छलफल गर्न र यस्ता वातावरणीय विषयहरुको वारेमा विद्यार्थीहरुलाई जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको वताए ।

त्यस्तै नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले नाक, कान र आँखा खोलेर वातावरणको सवालमा समाचार लेख्न सञ्चारकर्मीलाई आग्रह गरे ।

‘राजनीतिक समाचारको विचमा वातावरणका साना– साना मुद्धा पनि हाम्रो लागि महत्वपूर्ण हुन्छन्,’ सम्पादक लुइँटेलले भने ‘नाक, कान र आँखा खोलेर पत्रकारले हेर्ने हो भने हाम्रै वरपर धेरै समाचार फेला पार्न सकिन्छ ।’उनले विद्यार्र्थीहरु वातावरणका विषयमा सचेत भएर अगाडि बढ्ने हो भने धेरै कुरा बाहिर आउने र सचेतना फैलिने बताए ।

जिल्ला वन तनहूँका वन अधिकृत अम्बिका प्रसाद पौडैलले प्रकृतिलाई असर नगरि विकास निर्माण गर्नुपर्नेमा कसैको ध्यान नगएको वताए ।

‘हामी मात्र ट्रा¥याक खोलेर डोजर लगाउँछौं र वर्षा आउँछ सबै वगाएर लैजान्छ,’ उनले भने, ‘त्यसपछि धान खेती हुने ठाउँमा कागती पनि हुँदैन ।’

कुलो सुक्ने, मुहानहरु सुक्ने, खोलामा पनि एक्कासी बाढी आउने, हिँउदमा पानी नहुने जोखिम बढेको अधिकृत पौडेलेले उल्लेख गरे ।

कार्यक्रममा सहभागीहरुले सेती जलाधार क्षेत्रको वातावरणीय सवालबारे चिन्ता र चासो व्यक्त गरेका थिए । जिल्ला समन्वय समिति तनहुँका संयोजक शान्तीरमण वाग्लेले अहिले मुलुकभरका प्राकृतिक क्षेत्रहरु अतिक्रमण भएको बताए ।

‘राजश्व प्राप्त गर्न प्राकृतिक स्रोत साधनको उपयोग गर्ने काम राज्यबाट सुरु भएपनि त्यसको प्रभावको अध्ययन भने हुन सकेको छैन ।’ उनले प्राकृतिक स्रोत र साधन दुरुपयोग भैरहेकोले राज्य सजग हुनु जरुरी भएको बताए ।

त्यसैगरी सामुदायिक वन उपभोक्ता महासँघका अध्यक्ष केशव न्यौपानेले व्यापक रुपमा तनहुँ जिल्लामा विकास निर्माणका काम वातावरण मुल्याङकन विनै निर्माण भैरहेको वताए । विकास निर्माण गर्दा व्यापक रुपमा वन विनास भएको उनी बताउछन् ।

पत्रकार महासंघ तनहँुका अध्यक्ष ओमकार आचार्यले यस्ता कार्यक्रमले वातावरणीय प्रभाव, वन जोगाउन, वातावरण जोगाउन यसको महत्वबारे आम पाठक स्रोतालाई सचेतना गर्ने काममा मद्त पुर्याउने बताए ।

कार्यक्रममा उपस्थित शिक्षक विद्यार्थीले पनि आफ्नो अनुभव र जिज्ञासा राखेका थिए । सत्यवति माध्यमिक विद्यालयका शिक्षक गणेश भट्टराईले प्राकृतिक सम्पदा कसैको पेवा नभएको बताए । ‘अहिलेको प्राकृतिक सम्पदा हामीले प्रयोग गर्ने हो र हामीले भोलिको पुस्ताको लागि जर्गेन गर्र्नुपर्छ ।’सोही विद्यालयकी छात्रा अतिथि भण्डारीले आफुले स्वच्छ व्यवहारले मात्र वातावरण स्वच्छ हुने धारणा व्यक्त गरेकी थिइन् ।

रिपोर्ट/ तस्बीरः बिद्या राजपुत

ताजा समाचार

सम्बन्धित समाचार