Monday, October 21, 2024

वन्यजन्तुमैत्री भौतिक संरचना बनाउनुपर्नेमा जोड

संरक्षणविद्हरुले अब निर्माण हुने भौतिक संरचना वन्यजन्तुमैत्री हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजना तथा डब्लुडब्लुएफको सहयोगमा आज ललितपुरमा भएको ‘ठुला भौतिक संरचना र वन्यजन्तु’ विषयक अन्तरक्रिया कार्यक्रमकका सहभागिहरुले भौतिक संरचना निर्माण गर्दा वन्यजन्तुको संरक्षणको दृष्ट्रिकोणबाट पनि हेरिनुपर्ने वताए ।

कार्यक्रममा राष्ट्रिय प्राथमिकताका ठूला परियोजनाहरु र त्यसले वन्यजन्तुमा पार्ने प्रभाव, ठूला पूर्वाधारले संरक्षणमा पार्ने असरलाई कम गर्ने उपायहरु, सिमापार संरक्षण रणनिती र आगामी दिनमा अपनाउनुपर्ने उपायहरुको वारेमा निती निर्माता र संरक्षणविद्हरुको विचमा गहन छलफल भएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक गोपालप्रसाद भट्टराईले आर्थिक वर्ष २०७३/२०७४ मा राष्ट्रिय निकुञ्ज, आरक्ष,संरक्षण क्षेत्रमा ३० प्रजातिका ३२६ वटा वन्यजन्तुको मृत्यु भएको जानकारी दिए । उनले १३३ सडक दुर्घटनामा,१०१ प्रकृतिक कारण र बाँकी ९२ अन्य कारणले मृत्यु भएको बताए ।

‘सरकारको कच्चि तथा पक्कि ५७ हजार ६३२ किलोमिटर सडक बताउने योजना छ । धेरै बनेका सडकहरु वातावरणमैत्री छैनन्,’उप–महानिर्देशक भट्टराईले भने ।

रेल मार्ग तथा सडक विस्तार,सिँचाई नहर निमार्ण गर्दा वज्यजन्तुमैत्री बताउनुपर्ने उपमहानिर्देश भट्टराई जोड दिए । ‘वातावरणमैत्री पूर्वाधारको विकास गर्न,वनजंगलको बिचबाट सडक ननिकाल्ले, अन्डरपास,ओभारपासको निर्माण गर्ने’उपमहानिर्देश भट्टराईले भने ‘अब विकासको काम गर्दा समन्वयन गरेर जानुपर्छ जसले अकालमै वन्यजन्तुको ज्यान गुमाउन नपरोस् ।’

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका बरिष्ठ नीति तथा सुशासन निर्देशक सन्तोषमणी नेपालले विश्वले वन्यजन्तु संरक्षण भौतिक संरचनाको अभ्यास गरिसकेकोले नेपालले पनि वन्यजन्तु मैत्री भौतिक संरचना बनाउनुपर्ने बताए ।

‘क्यानडा,नेदरल्याण्ड,अमेरिका,जापान,केन्या लगायतका देशरुहले स–साना जिवहरुका लागि पनि वन्यजन्तुमैत्री संरचनाको निर्माण गरेका छन’,निर्देशक नेपालले भने ‘नेपालले चितवनको रामनगरमा मात्र पहिलोपटक वन्यजन्तुका लागि अन्डरपास बनाएको छ ।’ उनले वातावरण मैत्री विकास योजना बनाउन सके जैविक विविधिताको नास नहुने वताए ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) भारतका प्रजाति तथा भुपरिधि कार्यक्रमका निर्देशक दिपान्कर घोसले सिमा जोड्ने भौतिक संरचना वन्यजन्तु मैत्री नहुँदा धेरै जन्यजन्तुको मृत्यु हुने गरेको धारणा राखे । उनले नयाँ बन्ने भौतिक संरचना वन्यजन्तुमैत्री बनाउनुपर्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार