Sunday, October 20, 2024

जलवायु सम्झौताको दायरामा ढुवानीका साधन पनि

‘ग्लोवल शिपिंग उद्योग’ पहिलोपल्ट ग्रीनहाउस ग्याँसहरुको उत्सर्जन कटौती गर्न सहमत भएको छ ।

संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय समुन्द्री संगठनको कार्यालय लण्डनमा १७० भन्दा वढी मुलुकका प्रतिनिधीहरु सम्मीलित दुई हप्ता लामो वैठकपछि शिपिंग उद्योग’बाट उत्पन्न हुने कार्वनलाई नियन्त्रण गर्ने र यस क्षेत्रलाई सफा राख्ने सहमति भएको हो ।

यो निर्णयसँगै समुन्द्रमा चल्ने ढुवानीका साधनहरु आफुलाई नयाँ ढंगले सोच्न र सञ्चालन गर्न वाध्य भएका छन् । विशेषत कन्टेनर ढुवानी, तेलका ट्याङकरहरु, ठूला कार्गाे जहाज र अन्य साधनहरु यस मातहतमा आएका हुन् ।

समुन्द्रमा चल्ने ढुवानीका साधनहरु यस पहिले जलवायु सम्झौताको दायराभित्र थिएनन । नयाँ सम्झैता अनुसार सन् २००८ को तुलनामा सन् २०५० भित्र ५० प्रतिशतले ग्रीनहाउस उत्सर्जनमा कमी आउनुपर्नेछ । प्रशान्तद्धीपका एक मन्त्रीले सो सम्झौताले जलवायु परिवर्तनको क्षेत्रमा ऐतिहासिक कदम भनी व्याख्या गरेका छन् ।

उद्योगले लगभग जर्मनीको सरह ग्रीनहाउस ग्याँसको मात्रा उत्पन्न गर्छ र यदि एक राष्ट्रको रूपमा गणना गरिने हो भने यो विश्वको छैटौं सबैभन्दा ठूलो इमिटरको रूपमा गनिन्छ । यो मात्र होइन, अन्तराष्ट्रिय हवाई उड्यन पनि सो सम्झौता भित्र पदैन् ।

अन्तराष्ट्रिय वातावरणविदहरुले यसलाई शुरुवात भएको र अझै धेरै गर्न वाँकी रहेका वताएका छन् । अब यो सम्झौतापछि कम इन्धन खपतको लागि समुन्द्रमा चल्ने ढुवानीका साधहरुले आफ्नो गति घटाउनुपर्ने हुनसक्छ । त्यसैगरी उनीहरुले अब आफ्नो इन्जिनलाई पनि वेला—वेलामा सफा गर्नुपर्ने हुन्छ ।

अमेरिका, साउदी अरब, ब्राजिल र केहि अन्य देशहरू शिपिंग उत्सर्जन घटाउने लक्ष्यका लागि तयार थिएनन् । यसको विपरीत, युरोपेली संघ, बेलायत र साना टापु राज्यहरूले ७०—१०० प्रतिशत को कटौतीको माग गरेको थिए । अमेरिकाले सो दस्तावेजको वारेमा विरोध जनाएको छ र सम्झौतामा उल्लेख गरिए अनुसारको लक्ष्य प्राप्त गर्न नसकिने जनाएको छ । एक अध्ययन अनुसार सिपिङ कम्पनीले वार्षिक ८०० मिलियन कार्वनडाइअक्साइडको उत्पादन गर्ने गर्दछन् । विशेषत शिपिङहरुले कालो कार्वनको वढी उत्पादन गर्ने र यसलाई जलवायु परिवर्तनको एउटा महत्वपूर्ण पक्षको रुपमा लिने गरिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार