Sunday, October 20, 2024

राष्ट्रिय प्राणी उद्यान निर्माण कछुवा गतिमा, जनशक्ति अभाव

काठमाडौं – सरकारले पाँच वर्षमा सञ्चालनमा ल्याउने लक्ष्य लिएको भक्तपुरस्थित राष्ट्रिय प्राणी उद्यान(जिओलोजिकल पार्क) को काम कछुवा गतिमा भैरहेको छ ।

हाकाहाकीसँग कुरा गदै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सुचना अधिकारी नारायण रुपाखेतीले पार्कको काम निकै धिमा गतिमा रहेको जानकारी दिए । वन्यजन्तुहरुको लागि आवश्यक पर्ने सवै सुविधासहित सो पार्क निर्माण गर्न थालिएको हो ।

अस्थायी दरवन्दी र जनशक्तिको कमीका कारण निर्माण कार्यले गति लिन नसकेको र अहिलेको गति सुन्य भन्दा तल रहेको रुपाखेतीले वताए । सरकारले सो पार्क निर्माणको अवधारणा आर्थिक वर्ष २०६४–६५ मा नै ल्याएको थियो तर विविध कारणले निर्माण कार्य अगाडी वढ्न सकेन ।

२०७१ माघ २९ मा बसेको मन्त्रिपरिषद्को बैठकले भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिकाको ६, ७ र ८ वडाका (सेतीदेवी, सुर्यविनायक, सञ्जिवनी, लिखानारायण, मन्थली, बालकुमारी र गौरादेवी) गरी सातवटा सामुदायिक वनको २४५.१६५ हेक्टर क्षेत्रफलमा सो उद्यान बनाउने निर्णय गरेको थियो ।

२०७१ को निर्णयलाई नियमन गर्न २०७२ साउन २० मा ‘राष्ट्रिय प्राणी उद्यान सञ्चालन निर्देशिका’ जारी भएको थियो । प्राणी उद्यान निर्माणका लागि निर्देशिनका जारी भएपनि निर्माणको कार्य सन्तोषजनक वन्न सकेको छैन् ।

हाल उद्यानको १६ किलोमिटरमध्ये जम्मा १२ किलोमिटर तारजाली हाल्ने कार्य भएको छ । रुपाखेती भन्छन्– ‘आर्थिक वर्ष २०७२÷०७३ बाट काम सुरु भएको थियो । यो आर्थिक वर्षमा सातवटा सामूदायिक वनको सिमाना मिलाउने काम भयो । साथै १ किलोमिटर आरसिसि पोल सहितको तारवार लाउने भएको थियो ।’

सोही कामलाई निरन्तरता दिदै आर्थिक वर्ष २०७३/७४ मा ११ किलोमिटर तारजाली लाउने काम भयो र यही वर्ष सचिवालयको शिलन्यास समेत भयो । चालु आर्थिक वर्षमा बाँकी रहेको ४ किलोमिटर तारजाली ल्याउने काम र भवन निर्माणको काम भैरहेको छ । उद्यानले पुषमा आफ्नो गुरुयोजना सार्वजनिक गरेको थियो । उद्यान निर्माणको गुरुयोजना स्वीकृतिमा ढिलाइ भएका कारण काममा ढिलाई भएको रुपाखेती बताउँछन् ।

पार्कको गुरुयोजनामा आर्थिक वर्ष २०७८/७९ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएपनि पुरा नहुने भएकाले अब आर्थिक वर्ष २०८० बाट सञ्चालन ल्याउने बताएको छ । ‘पार्कको गुरुयोजना तयार भैसकेको छ,गुरुयोजनाले पाँच अर्ब लाग्छ भनेर प्रस्ताव गरेको छ । तर यसको विस्तृत परियोजना प्रतिवेदन भने तयार भएको छैन’ रुपाखेतीले भने ‘सरकारले बजेट चाडै दिएमा काम चाडै सकिन्छ होईन भने मेलम्चीको पानी जस्तै हुन्छ जिओलोजिकल पार्कको काम पनि ।’

राष्ट्रिय प्रकृती संरक्षण कोषसँग मिलेर १४.२९ हेक्टर क्षेत्रफलमा जनावरमैत्री पशु उद्धार केन्द्र सुरु गरेको उनले बताए । नेपालमा पाईने २०८ स्तनधारी प्राणीहरु मध्ये ८० प्रतिशत स्तनधारी जिओलोजिकल पार्कमा राख्ने योजना छ । अहिले केन्द्रिय चिडियाखानमा रहेका धेरै  स्तनधारी प्राणीलाई सो पार्कमा स्थानान्तरण गरिने छ ।

सरकारी अधिकारीहरुका अनुसार ठूला जनावरहरु बाघ, भालु, सिंह, हात्ती वाँदर लगायतका जनावरहरुलाई नयाँ सुविधा सहितको सो पार्कमा लैजाने तयारी छ । अहिलेको चिडियाखानामा पर्यात्त ठाउँ नभएका कारण नयाँ वन्यजन्तु ल्याउने कार्य लगभग रोकिएको छ । हाल जावलाखेलमा रहेको सदर चिडियाखाना सन् १९३२ मा जुद्ध शमशेरले व्यक्तिगत सोखका लागि निर्माण गरेका थिए पछि प्रजातन्त्रको स्थापनापछि सन् १९५१ मा सरकारले नियन्त्रणमा ल्याइएको थियो । त्यसयता सरकारले ठूलो चिडियाखाना तथा पार्कको निर्माण गरेको छैन् ।

पछिल्लो समयमा सरकारले प्रदेशहरुमा पनि चिडियाखाना वनाउने अवधारणलाई अगाडी ल्याएको छ । जस अनुसार पोखरा, वुटवल तथा धनुषामा सम्भाव्यता अध्ययन भईरहेको छ ।

रिपोर्ट: खेमा बस्नेत

ताजा समाचार

सम्बन्धित समाचार