Thursday, September 19, 2024

साझेदारी वन : ७५ हजार हेक्टर व्यवस्थान गरेर १२ अर्ब आम्दानीको लक्ष्य (कार्ययोजनासहित)

काठमाडौं–सरकारले साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापनमार्फत् दुई करोड क्यूफिट काठ उत्पादनको लक्ष्य राखेको छ।

वन तथा भू–संरक्षण विभागमार्फत् हालसम्म स्वीकृत भएका ३१ वटा साझेदारी वनको वैज्ञानिक वन व्यवस्थापन कार्ययोजनाबाट आगामी २०८५ सालसम्म दुई करोड तीन लाख ५३ हजार क्यूफिट काठ उत्पादनको लक्ष्य राखिएको छ।

३१ वटा साझेदारी वनको कार्ययोजना पाँचदेखि १० वर्षको रहेको छ। सो अवधिमा ७५ हजार ६ सय ६५ हेक्टर साझेदारी वनमा हुने वैज्ञानिक वन व्यवस्थापनबाट १२ अर्ब ९१ करोड १६ लाख १३ हजार रुपैयाँ आम्दनी हुने लक्ष्य लिइएको छ। त्यस्तै, वैज्ञानिक वन व्यवस्थापनमा सात अर्ब ९७ करोड खर्च अनुमान गरिएको छ।

वैज्ञानिक वन व्यवस्थानका लागि कार्ययाेजना स्वीकृत भएका ३१ वटै साझेदारी वनकाे कार्ययाेजना यस प्रकार छ।

 

ताजा समाचार

सम्बन्धित समाचार