Saturday, October 19, 2024

प्लाष्टिकको प्रदुषणबाट समुन्द्रलाई कसरी जोगाउने ?

समुन्द्रमा प्लाष्टिकजन्य वस्तुको वढ्दो प्रदुषण एक वातावरणिय चुनौतीको रुपमा खडा भएको भन्दै वातावरणको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरुले चासो व्यक्त गर्न थालेका छन् ।

प्लाष्टिकले समुन्द्रमा पारेको असरका सम्वन्धमा केही समययता विश्वका संचारमाध्यमहरुले श्रंखलावद्ध रुपमा समाचार प्रकाशित गर्न थालेपछि यस विषयमा विश्वव्यापी वहश बाक्लिएको छ । वेलायतस्थित गैरसरकारी संस्था वेष्ट ऐडले हालै प्रकाशित गरेको एक रिपोर्टका अनुसार विशेषत कम विकसित मुलुकहरुले फोहोरको राम्रोसंग व्यवस्थापन गर्न सकेका छैनन र समुन्द्रमा पुग्ने ७० प्रति प्लाष्टिक यिनै मुलुकहरुबाट जाने गर्दछन् । रिपोर्टले पूर्वी एसियाका पाँवटा मुलुकहरु यसका लागि वढी जिम्मेवार भएको देखाएको छ ।

त्यसैगरी संसारका ५० मध्ये ३८ वटा राम्रोसंग व्यवस्थापन नगरिएका तथा अनियन्त्रित डम्पीङ साइटहरु तटिय क्षेत्रमा रहेका छन् । रिपोर्टले समुन्द्रमा रहेका प्लाष्टिकहरुलाई व्यवस्थापन गर्नका लागि सवैभन्दा पहिला कम विकसित देशहरुको फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने औल्याएको छ ।

सो अध्ययनले विकसित मुलुकहरुले फोहोरको व्यवस्थापनमा वढी भन्दा वढी पैसा खर्च गर्नुपर्ने समेत उल्लेख गरेको छ । साथै, संयुक्त राष्ट्रसंघले पनि यसमा लगानी गर्नुपर्ने र विश्वव्यापी अभियान संचालन गर्नुपर्ने आवाज उठिरहेको छ ।

यसो गरिएमा समुन्द्रमा पुग्ने प्लाष्टिकमा आधा कम हुने वताइएको छ । यसको प्रभावकारी विकल्प नै फोहोरलाई उत्पादन भएको ठाउँमा नै व्यवस्थापन गर्नु उपयुक्त हुने वताइएको छ । फोहोरको उचित व्यवस्थापनलाई दीर्घकालिन विकास लक्ष्यमा पनि विस्तृमा उल्लेख गरिएको छ ।

अहिलेसम्म समुन्द्रमा पुगेका प्लाष्टिकहरुलाई जम्मा गर्ने र ब्यवस्थापन गर्ने प्रभावकारी साधनहरुको विकास गरिएको छैन् । त्यसैले जमिनमा नै त्यसलाई प्रभावकारी रुपमा व्यवस्थापन गरेर समुन्द्रसम्म पुग्न नदिनु नै सबैभन्दा प्रभावकारी उपाय मानिएको छ । समुन्द्रमा प्लाष्टिक जाने क्रम वढेपछि समुन्द्रका जीवहरु समेत खत्तरामा परेका छन् । प्लाष्टिकको प्रदुषणले समुन्द्रलाई मात्र असर गरिरहेको छैन । यसले वायु र खानेपानीका स्रोतहरुमा समेत प्रदुषण वढाईरहेको छ जसले मानव स्थास्थ्यमा सिधै असर गर्ने गर्दछ ।

एक तथ्याङक अनुसार झण्डै दुई विलियन नागरिकले फोहोरको ब्यवस्थापन गदैनन् । फोहारेको राम्रो व्यवस्थापन नगरेकै कारण उत्पन्न हुने रोगहरुको कारण वर्षेनी ९० लाख मानिसहरुको मृत्यु हुने गरेको वताइएको छ । समुन्द्रमा पुग्ने ९० प्रतिशत फोहोर प्लाष्टिक जमिनबाट समुन्द्रसम्म पुग्ने अध्यनले देखाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार