Friday, September 20, 2024

जलवायु परिवर्तका कारण कफी इतिहास बन्ने खतरा

काठमाडौं–जलवायु परिवर्तन अहिलेको यथार्थ हो। यसको असरलाई कम गर्न तत्काल कदम चाल्नुपर्नेमा वैज्ञानिकहरूले जोड दिइरहेका छन्। जलवायु परिवर्तनको नकारात्मक असरका सम्बन्धमा दिनहुँजसो नयाँ अध्ययन, अनुसन्धान सार्वजनिक भइरहेका छन्।

जलवायु परिवर्तनको असरका कारण अत्यधिक बाढीपहिरो, सुख्खा र हिउँ पग्लने जस्ता समस्या स्पष्ट देखिने विषयमा मात्र केन्द्रित छैन। विभिन्न अध्ययनले जलवायु परिवर्तनका लागि पृथ्वीमा परेको सुक्ष्म प्रभावबारे पनि तथ्य बाहिर ल्याइरहेका छन्।

हालै गरिएको एक अध्ययनले जलवायु परिवर्तनले कफी खेतीलाई नकारात्मक असर गरेको देखिएको छ। यसका लागि कतिपय कफीका प्रजातीहरू लोप हुने खत्तरा समेत बढेको छ। एक अध्ययनका अनुसार १ सय २४ प्रजातीका कफीहरूमध्ये ७५ प्रजातिका कफी लोपोन्मुख अवस्थामा पुगेका छन्।

विशेषत तापमानमा भएको वृद्धि वन विनाश, विभिन्न रोगको संक्रमणका लागि यो अवस्था आएको हो। यदि समयमा नै यसको संरक्षण र अनुगमन र त्यसमा पनि विशेषगरी कफीका बीऊको संरक्षणमा ध्यान नदिएमा अहिलेको विश्वको एउटा प्रशिद्ध पेय पदार्थ कफी इतिहास बन्न सक्ने खतरा वैज्ञानिकले औँल्याएका छन्।

वातावरणको मात्र होइन, आर्थिक हिसाबले पनि कफी विश्वको एउटा प्रमुख उद्योगको रूपमा रहेको छ। साथै, झण्डै २५ मिलियन कृषकको जीवनयापनसँग कफी जोडिएको छ। जलवायु परिवर्तनले कफीको गुणस्तरमा समेत असर गर्न थालेको छ। गुणस्तर मात्र होइन, जलवायु परिवर्तनले कफीको उत्पादनमा समेत कमी ल्याएको छ। वैज्ञानिकले जलवायु परिवर्तनले कफीमा पारेको असरलाई समयमा नै सम्बोधन नगरेमा भावी पुस्ताले कफी नै देख्न नपाउने खतरा आउनेतर्फ समेत सचेत गराएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार