काठमाडौं । चितवन रत्ननगर नगरपालिका–७ खोरसोरकी एक महिलाको जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।
बुधबार सौराहा नजिकै रहेको खोरसोरस्थित मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएकी ५० वर्षीया पन्वीमायाँ थारुलाई हात्तीले आक्रमण गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दिउँसो १ बजे घाँस काट्न गएकी उनलाई चितवन निकुञ्जबाट निस्किएको जंगली हात्तीले आक्रमण गरेको प्रहरीले बताएको छ ।
उनीसँगै घाँस काट्न गएका अन्य महिला भने भाग्न सफल भएका थिए ।