Sunday, April 20, 2025

वातावरणीय कानुन नमान्ने उद्योगहरु नविकरण नहुने

काठमाडौ, २७ फागुन– वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) नगर्ने उद्योग तथा होटलहरुको दर्ता नविकरण नहुने भएको छ ।
वातावरण मन्त्रालयले ईआईए नगरी सञ्चालनमा रहेका होटेल–रिसोर्टको नवीकरण रोक्का गर्ने जनाएको छ । मन्त्रालयले हालै एक सूचना प्रकाशित गरी वातावरण संरक्षण ऐन २०५२ र नियमावली २०५४ ले तोकेका स्थानमा खुलेका होटेल–रिसोर्टलाई यथाशीघ्र इआइए–आइइईको प्रक्रिया सुरु गर्न निर्देशन दिईसकेको छ ।
मापदण्ड पु¥याएर उद्योग सञ्चालन गर्न एक पटक मौका दिदाँ पनि अटेर गरिए त्यस्ता होटल तथा उद्योगको लाईसेन्स खारेजी गरिने वातावरण मन्त्रि लालबाबु पण्डितले बताए ।
‘वातावरणलाई विगार्ने कारक तत्व सबै बन्द हुनेछन्, मन्त्रि पण्डितले हाकाहाकीस“ग भने, ‘मापदण्ड पु¥याएर सञ्चालित उद्योगले पनि वातावरण बिगार्ने काम गरे भने छाडिन्न ।’ जनसंख्या तथा वातावरण मन्त्रालयले दुई साता अघि अन्तिम पटक ११ वटा कम्पनीलाई ईआईए गर्ने मौका दिएको थियो ।
दुई साता अघि मात्रै मन्त्रि पण्डितकै निर्देशनमा वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) नगरी पूर्वाधानर विस्तार गरी सञ्चालित होटल चार ठूला होटल, चार अस्पताल र तीन उद्योगलाई कारबाहीमा परेका थिए ।
मन्त्रालयले ईआईए नगर्ने होटललाई १ लाख रुपयाँ जरिवना सहित ईआईए नगर्न निर्देशन दिएको थियो । जरिवाना तिर्ने संघसंस्थामा सोल्टी सिटी अपार्टमेन्ट, रविभवन, द्धारिकाज होटल गौशाला काठमाण्डौ, सिटि होटल रविभवन, काठमाण्डौ गेष्ट हाउस ठमेल छन् । यी संघसंस्थाले १ लाख रुपयाँ जरिवना तिरेका छन् । मन्त्रालयले यीनलाई ईआइए गर्न निर्देशन दिएको छ ।
नियमावली उलंघन गर्ने त्यस्ता होटल तथा रिसोर्टलाई वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ बमोजिम आइइई र इआइए नगरिएको पाईए कारबाही गर्न तयारी भईरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिए । नियमावली बमोजिम १ सय शैयाभन्दा बढी क्षमताको होटेल निर्माण, स्थापना र सञ्चालन गर्दा वातावरणीय प्रभाव मूल्याङकन (इआइए) अनिवार्य गर्नुपर्छ । पर्यटन क्षेत्र अन्तर्गत नया“ विमानस्थल निर्माण गर्दा पनि इआइए अनिवार्य छ ।
होटल तथा रिसोर्ट खोल्नका लागि बनाईएको नियमावलीअनुसार १० देखि ५० शैयाको होटेल सञ्चालन गर्न अनिवार्य आइइई गर्नुपर्छ – होटेल तथा रिसोर्टले अनिवार्य गर्नुपर्ने प्रारम्भिक वातावणीय परीक्षण (आइइई) र वातावरणीय प्रभाव मुल्याङकन (इआइए) कार्यान्वयनमा नआएपछि कडाई गरेको हो ।
दुई साता अघि मन्त्रालयले कमला रोलिङ मिल्स प्रालि मोरङ, काठमाण्डौ दुग्ध वितरण आयोजना बालाजुलाई ५० हजार रुपयाँ जरिवाना गरेर मापदण्ड पुरा गर्न निर्देशन दिएको थियो । नेपाल नेशनल हस्पिटल कलंकी, अन्र्तराष्ट्रिय बालमैत्री अस्पताल महाराजगञ्ज, काठमाण्डौ मोडल अस्पताल र काठमाण्डौ अस्पताल त्रिपुरेश्वरलाई आईई गराउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । मन्त्रालयले वातावरण संरक्षण ऐन २०५६ को दफा ६ पालना नगरेपछि दफा १६ अनुसार कारबाही गरिएको हो ।
नियमावलीअनुसार वन क्षेत्र, राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा १० देखि ५० शैयासम्मको रिसोर्ट, होटेल निर्माण र सञ्चालन गर्न अनिवार्य रूपमा प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) गर्नुपर्छ ।
साथै अन्य स्थानमा ५० शैयादेखि १ सय शैयासम्मको होटेल स्थापना तथा सञ्चालन, विद्यमान विमानस्थलको क्षेत्रफल थप्ने, माछा वा अन्य जलचर भएको कुनै नदी वा तालमा इन्जिनजडित उपकरण र इन्धन ज्वलन गरी र्याफ्टिङ सञ्चालन गर्दा र तालमा स्थापना हुने आउस बोट (तैरने घर) सञ्चालन गर्नुपर्दा पनि प्रारम्भिक वातावरणीय परीक्षण अनिवार्य छ ।

ताजा समाचार

सम्बन्धित समाचार