Sunday, April 20, 2025

बाइस जातजातिको जीविकोपार्जनको प्रमुख स्रोत तालतलैया

काठमाडौं २४ फागुन– नेपालका २२ जातजातीको जिविकोपार्जनको प्रमुख स्रोत तालतलैया रहेको विज्ञहरुले बताएका छन् । ती जातजाती र समुदाय तालतलैयामा आश्रित रहेको उनीहरुले उल्लेख गरे ।

राष्ट्रिय ताल संरक्षण विकास समितिको १२ औं स्थापना दिवसका अवसरमा ‘दिगो उपयोगिताका लागि ताल तथा सिमसार संरक्षण’ अन्र्तक्रियामा राष्ट्रिय ताल संरक्षण विकास समितिका कार्यकारी निर्देशक लंकबहादुर शाहीले कार्यपत्र पस्तुत गर्दैे उक्त कुरा बताएका हुन । उनले जनगणना २०६८ लाई उदि«त गर्दै भने, ‘ताल संरक्षणलाई सबैले प्राथमिकतामा राख्नुपर्छ ।’

शाहीका अनुसार बाँतरसर्दार, बाह्रामुस, बोटे, दनुवार, दरै, दुसाध, गोंगी, झांगड, केवट, खँवास (राझी), खुना, कुमाल, कुसहर (कुसाहा), माझी, मल्लाह, मुखिया (बिहिन), मुसहर, पोडे, सहनी, सतार, सुनाहा र थारुहरुको जीविकोपार्जनको प्रमुख स्रोत नै ताललैया हो ।

उनले कृषि तथा जीविकोपार्जनको दृष्टिकोणले रुपा ताल, चिमडी ताल, सुनसरीका ताल तलैया,जगदिशपुर रिजरभ्वाईर र विषेशगरी तराईका तालहरु महत्वपूर्र्ण रहेको जानकारी दिए ।

शाहीले करिव ७ सय टोपोग्राफि नक्साहरुको अध्ययन गरि नेपालमा ५ हजार ३ सय ५८ प्राकृतिक तालहरु रहेको तथ्याङ्क निकालेको बताए । ‘नेपालमा सबै भन्दा बढि ताल भएका पाँच जिल्लाहरु छन् । जसमा हुम्ला ३८१, ताप्लेजुङ्ग ३८१, कपिलबस्तु ३५१, सोलुखुम्वु ३३९ र रुपन्देही २८९’,निर्देशक शाहीले भने । उनले तालको संरक्षण गर्नेमा मानव सिर्जित प्रदूषण प्रमुख कारण भएको बताएका छन् ।

कार्यक्रममा सहभागी डा. तेजकुमार श्रेष्ठले विश्वमा नपाईने माछा नेपालमा तालहरुमा पाईएको जानकारी दिदै भने, ‘दूर्लभ जलचर जोगाउन पनि तालको संरक्षण अपरिहार्य छ ।’ उनले रारा तालमा संसारमै नभएको माछाको प्रजाती पाइएको र त्यसबारे आफुले अध्ययन गरेको जानकारी पनि दिए ।

अन्य सहभागीहरुले मानविय गतिविधी र प्राकृतिक कारणले तालहरु पुरिने क्रम बढेको उल्लेख गरेका थिए । अतिक्रमण, प्रदुषण र प्राकृतिक विनाश ताल संरक्षणका प्रमुख चूनौतीको रुपमा रहेको उल्लेख गरे । समितिले देशभरका तालको अतिक्रमीत क्षेत्रहरु फिर्ता ल्याउन तत्काल पहल गर्नुपर्ने बताएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार