Sunday, April 20, 2025

वन्यजन्तुका तस्कर लोडु डिमे भारतबाट पक्राउ

निराजन पौडेल
प्रहरीको फरार सुचीमा रहेका वन्यजन्तु तस्करीमा संलग्न अभियुक्त लोडु डिमेलाई प्रहरीले भारतबाट पक्राउ गरेर नेपाल ल्याएको छ । चार वर्षअघि नुवाकोटको ककनीबाट ठूलो परिणामको बाघको छाला र हड्डी सहित तस्करीमा संलग्न मुख्य आरोपी डिमेलाई पुनरावेदन अदालत(हालको उच्च अदालत पाटन) ले २०७१ फागुणमा ५ वर्षको कैद सजाय सुनाएको थियो । डिमेलाई नेपाल प्रहरीको ईन्टरपोल शाखाले सोमबार एयर ईण्डियाको फ्लाईटबाट नेपाल ल्याईएको हो ।
दुई वर्ष अघि पुनरावेदन अदालत पाटनले कैद सजाय तोकेपछि तस्करीका मुख्य आरोपी डिमे फरार थिए । बाघको छाला तस्करीमा संलग्न भएका अन्य सहयोगी मध्ये गाडी चालक नकुल तामाङ र डिकी छिरिङ एक लाख रुपयाँ जरिवानामा रिहा भईसकेका छन् । जिल्ला वन कार्यालय नुवाकोटका तत्कालीन बन अधिकृत प्रेमप्रसाद खनालले आफ्नै ईजलास तोक्दै सबारी धनी रसुवा चिलिमेका सुकबहादुर तामाङलाई ९ वर्ष कैद र ६० हजार रुपयाँ जरिवानाको फैसला सुनाएका थिए । जिल्ला बनका अधिकृतको फैसला पछि जेल सजाए पाईरहेका सुकबहादुर तामाङले एकै अपराधमा संलग्न भएका मध्ये आफुलाई मात्रै सजाए भएको भन्दै पुनराबेदन गरेका थिए । तर, तामाङको रिट माथी पुनरावेदनले बन कार्यालयकै सजाय सदर गरिसकेको छ ।
२०७० चैत्र २० गते खनालको एकल ईजलासले फरार डिमेलाई एक लाख रुपयाँ जरिवानामा छाड्दै संलग्नता नभएको भन्दै निर्णय गरेका थिए । पुनरावेदन अदालत र सम्पत्ति शुद्धिकरण बिभागले हिरासतमा राख्न निर्देशन दिएको डिमेकी श्रीमती डिकी छिरिङलाई समेत उनले ८० हजार रुपयाँ धरौटीमा रिहा गरेका थिए । प्रहरीले काठमाण्डौको बौद्ध स्थित डिमेको घरमा छापा मार्दा वन्यजन्तुको अंगका भन्डार नै फेला पारेको थियो । लामो समयदेखि तस्करीमा सक्रिय रहेर अकुत सम्पत्ति कमाएका आशंकामा सम्पति शुद्धीकरण बिभागले करिव ४० लाख धरौटी वा जमानत लिएर मात्र डिकीलाई छाड्न जिल्ला कारागार नुवाकोटलाई २०६९ चैत्र ८ गते पत्र लेखेको थियो । त्यति बेला तत्कालिन अधिकृत खनालले पाटन अदालको निर्णय उल्टाउदै सामान्य धरौटीमा छाड्ने आदेश दिए । वन्यजन्तुको कुनै पनि मुद्धाको किनारा लाग्न कम्तिमा दुई वर्ष लाग्छ । तर, खनालले बदनियत पुर्ण तरिकाले मुद्धा ६ महिनामा फैसला गर्नुले उनको नियत प्रष्ट भएको थियो ।
बाघको छाला हड्डी अन्य वन्यजन्तुका अंग लगायत दर्जनौ अबैध बस्तुका मुख्य तस्कर डिमेलाई अनुसन्धान प्रक्रिया नटुंगदै हतारहतारमा छाडिएको थियो । राष्टिय निकुञ्ज संरक्षण ऐन २०२९ को प्रावधान दुरुपयाृग गरी गम्भिर अपराधको अभियोग लागेकालाई न्युनतम सजाय तोकेपछि तत्कालिन बन अधिकृत खनाललाई बन मन्त्रालयले नुवाकोटबाट सरुवा गरेको थियो ।
बाघको छाला सहित नुवाकोट ककनी ३ बाट प्रहरी चेक पोष्टबाट पक्राउ परेका सबारी चालक नकुल तामाङ र सबारीधनी सुकबहादुर तामाङको सावीति बयानमा डिमे नै दुर्लभ वन्यजन्तु ओसार पसारमा मुख्य व्यक्ति भएको बताएका थिए । पक्राउ परेकाहरुको बयानको आधारमा नुवाकोट प्रहरी काठमाण्डौमा रहेको डिमेको बौद्ध ६ मा रहेको घरमा पुस २९ गते राती छापा मारेको थियो । छापा मार्दा प्रहरीले ठुलो परिणाममा बन्यजन्तुको दर्जनौ अंग बिदेशी मुद्रा, मानव खप्पर पासपोर्ट लगायत सामग्री फेला पारेपछि श्रीमती डिकीलाई पक्राउ गरेर नुवाकोट लगिएको थियो ।
राष्टिय निकुञ्ज संरक्षण ऐन २०२९ को दफा २६ ले वन्यजन्तु र तिनका अखेटापहरा ओसारपसार गरेको प्रमाणित भए, पाँच देखि १५ बर्ष सम्म जेल सजाय वा एक लाख रुपयाँ जरिवानाको व्यवस्था गरेको छ ।
प्रहरीले डिमे र डिकीको घरबाट मानबखप्पर ४ थान, बिभिन्न बन्यजन्तुको छाला १० थान, बिभिन्न जातका बन्यजन्तुको छाला जडित कपडा १२ थान, तिबत्ती भाषाको लोगो अंकित छाप ७ थान, क्युरियो फ्रेम १४ थान, हड्डीको बिड भएको चक्कु १ थान, हड्डीबाट बनेको प्याला ४० थान,हड्डीबाट बनेको १ थान डमरु, हड्डीबाट बनेको हात्तीको मुर्ती,ढलौटको मुर्ती, १७ वटा,सुन जडित मुगाको माला १ थान, मुगाको माला ४ वटा,बिभिन्न बैकका १२ थान चेकहरु,हात्तीको दाराबाट बनेको सानो मुर्ती १ थान,पुरानो मोडलको भिडियो चक्का लगाएतको सामग्री सहित लोडु डिमेलाई फरार अभियुक्त भन्दै श्रीमती डिकी छिरिङ सहित ३ जनालाई सार्बजनिक गरेर मुद्धा चलाईएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार