Sunday, April 20, 2025

संरक्षित क्षेत्रको एक तिहाई बाघ हराउने जोखिममा ः एक अध्ययन

काठमाण्डौ, फाल्गुण २०
बाघको जनसंख्या संरक्षित गर्न लगानी आवश्यक

संरक्षित क्षेत्रमा गरेको नयाँ तथ्याङ्क अनुसार एक सय बाघमा गरिएको अध्ययनमा करिब १३ प्रतिशले मात्रै विश्वव्यापी स्तर प्राप्त गरेको देखाएको छ । विश्व वन्यजन्तु कोषले जारी गरेको प्रेस विज्ञप्ति अनुसार दक्षिण पूर्वी एशियाली मुलुकमा एक तिहाई भन्दा बढि बाघ जोखिमको अबस्थामा छन् । एक दशक यता बाघको संख्या नाटकीय ढंगले घट्दै गईरहेको तथ्याङ्कले दखाएको छ । उक्त अध्ययनको क्षेत्रहरु जहाँ ७० प्रतिशत बाघहरुमा रहन्छन् ।

सर्वेक्षणको दुई तिहाई क्षेत्रहरुलाई मजबूत प्रबर्धनमा उचित रिपोर्ट बनाईएको छ । यद्यपि, आधारभूत आवश्यकताहरु जस्तै पोषणको विरुद्ध प्रवर्तन, स्थानीय समुदायहरुलाई संलग्न गराउने र ब्यवसाय र वन्यजीवको बीचको विवाद व्यवस्थापन गर्ने सबै सर्वेक्षणमा कमजोर पाईन्छ ।

सर्वेक्षण अनुसार, ११ वटा प्रमुख संरक्षण संगठन र बाघ रेंज सरकारहरू द्वारा संचालित जो ऋब््रत्क् पार्टनरशिपको भागको रुपमा लिन सकिन्छ । एशिया भरमा साइटमा आधारित बाघ संरक्षण को पहिलो र सबैभन्दा ठूलो मुल्याङ्कन हो।

ऋब््रत्क् (संरक्षण आश्वासन ÷बाघ मानकहरू) एक मान्यता प्रणाली हो जुन बाघ संरक्षण क्षेत्रहरूको व्यवस्थापन र सुधार गर्न डिजाइन गरिएको छ । यो ऋब््रत्क् साझेदारी द्वारा संचालित छ, जसले बाघका रेन्ज, सरकार, अन्र्तवार्तात्मक एजेन्सीहरू, संरक्षण संगठन र अन्य संस्थाहरू समावेश गरेको छ । ऋब््रत्क् को सचिवालय ÷टीएस श्व वन्यजन्तु कोषद्धारा आयोजना गरिएको हो ।

तस्करीको निशानामा बाघहरु पर्ने भएकाले संरक्षणमा ठुलो चुनौती सामाना गर्नुपर्ने अबस्था छ । सर्वेक्षण अनुसार ८५ प्रतिशत क्षेत्रहरुको निरिक्षण गर्ने जनशक्तिको अभाब छ । जसको निगरानी प्रभावकारी ढंगले गर्न सकिएको छैन । दक्षिणप्रर्व एशियाको ६१ प्रतिशत क्षेत्रहरुमा तस्करी नियन्त्रणमा मात्रै सिमित गरेको अध्ययनले देखाएको छ ।

दक्षिण एशियाको क्षेत्रहरुमा वन्यजन्तुको तस्करीले हतोत्साहित बनाईरहेका बेला नेपालको चितवन राष्ट्रिय निकुञ्जमा सन् २०११ देखि यता गैडाको तस्करीलाई शुन्यमा झार्न सफल भएको विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधी डा.घनश्याम गुरुङले बताए । नेपालको चितवन राष्ट्रिय निकुञ्जमा मात्रै अहिले बाघको संख्या १ सय २० बाट बढेर १९८ सम्म पुगेको अनुमान गरेको छ ।

विश्व वन्यजन्तुको कोषका नेपाल प्रतिनिधी डा.गुरुङका अनुसार बाघ संरक्षणका लागि राष्ट्रिय निकुञ्जका अधिकारी, प्रशासन व्यवस्थापन, नेपाली सेना, स्थानीय समुदायहरु, स्थानीय स्तरमा प्रभावकारी सम्बन्धको बिस्तार अबैध गतिबिधीमा नियन्त्रणमा सबैको महत्वपूर्ण भुमिका रहन्छ ।

संरक्षण क्षेत्रको व्यवस्थापन हुन नसक्दा र लगानीको वातावरण नबन्दा दक्षिण एशियाली मुलुकमा यो अबस्था आएको हो । दक्षिण एशियाको ८६ प्रतिशत क्षेत्रहरु रुस चीन राष्ट्रहरुको वित्तिय क्षेत्र दिर्घकालीन बाटोमा रहेका छन् । तुलनात्मक रुपमा ३६ प्रशित दक्षिणपूर्वी मुलुक समान स्थानमा रहेका छन् ।

‘सरकारले यि साईटहरुको सुरक्षामा निरन्तर लगानी गर्न नसकेसम्म बाघको जनसंख्या अत्यधिक रुपमा घट्दै जान सक्ने देखिन्छ । जुन पछिल्ला केही दशकहरुमा नै बाघको अबस्था भयाभय भईसकेको छ, विश्व वन्यजन्तुकोषका कार्यकारी प्रमुख माईकल बाल्टजरले एक विज्ञप्ति मार्फत भने,‘ हामीले दिन लागेको रकम विशेषगरी दक्षिण एशियाका धेरै क्षेत्रहरुका लागि बाघको संरक्षणमा सहयोग पुग्ने छ ।’ मार्च ३ अघि विश्व वन्यजन्तु दिवश अगाडी एक विज्ञप्ति जारी गरिएको हो । यो वर्षका लागि ठूलो बाघको सुरक्षाका लागि उक्त रिपोर्ट प्रकाशनमा आएको हो । उक्त रिपोर्टले बाघको बासस्थान सुरक्षित गर्न र स्थानीय समुदायहरुसँगको सहकार्यमा वन्यजन्तुको संरक्षणमा टेवा पु¥याउने उद्धेश्य रहेको छ ।

डाटाको सर्वेक्षण अनुसार आधारभुत रुपमा बाघको संरक्षणमा संरक्षित क्षेत्रका प्रबन्धकहरु, सरकार यस विषयमा जानकार छन् भन्ने बुझ्न सकिन्छ । ‘बाघ सम्बन्धि रिपोर्टहरुले बाघको संरक्षणलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा मद्धत पु¥याउने देखिन्छ । बाघ संरक्षणमा सबै एक साथ भएर अगाडी बढ्नुको बिकल्प देखिदैन,’ एकीकृत बाघका संयोजक अन्तर्राष्ट्रिय संरक्षण संघ९क्ष्ग्ऋल्०। प्रतिनिधी सुगाटो रायले भने ।

 

ताजा समाचार

सम्बन्धित समाचार