परम्परागत शैलीमै बुढीकुलो संचालन गर्ने मात्र होईन सुशासन र पारदर्शिता कार्यान्वयनमा पनि सोमप्रसाद चौधरी उत्तिकै चनाखो छन् ।

खोलाको पानी व्यवस्थित गर्न नसक्दा कतिपय खेतियोग्य जमिन बाँझै छन् । यदि पानी व्यवस्थापन गर्न सके नेपालको माटोमा सुन फलाउन सकिन्छ भन्ने दृष्टान्तहरु धेरै छन् ।
पानीको व्यवस्थापन गर्न सके बाँझो जग्गालाई पनि हराभारा बनाउन सकिन्छ भन्ने उदाहरण बर्दिया राजापुर नगरपालिका वडा नम्बर २ नयाँ गाउँ बनेको छ । नयाँ गाउँका मेहनती समुहले परम्परागत रुपमा कुलो ब्यवस्थापन गरी बाँझो जमिनलाई सिंचित गरी विभिन्न बाली नाली उब्जाएका छन् ।
राजापुर गाउँका स्थानीय सोमप्रसाद चौधरीसँगै स्थानीयहरु पानीको मुुलमुहानबाट बुढीकुलो हुँदै नयाँ गाउँका खेतसम्म पानी पु¥याउनु अघि कुलो सफा गर्ने काम गर्छन् । उनीहरुले पानी सुकाएर मात्र कुुलो सफा गर्छन् । कुलो सफा गर्दा नान हाल्ने गरिन्छ । लठ्ठीले नापेर कामको भागबण्डा लगाउने कामलाई स्थानीय भाषामा नान हाल्ने भनिन्छ । बुढीकुलो संचालन समितिका अध्यक्ष र बडघरले निर्देशन दिएपछि सचिवले नान हाल्छन् । त्यसपछि सबैले आ—आफनो भागमा परे अनुसार कुलो सफा गर्छन् ।
स्थानीयको बुढीकुलो संचालन गर्ने परम्परागत विधि हो । यो विधिलाई कार्यान्वयन गर्न दिनरात खटिएका छन् बर्दिया राजापुर—२ नयाँ गाउँका सोम प्रसाद चौधरी । उनी बुढीकुलो संचालन समितिका अध्यक्ष हुन् । उनी कुलो संरक्षणको नेतृत्व लिनेमध्येका सातौं पुस्ता हुन् । २०३९ सालमा बुबाको मृत्यु भएपछि उनले यो जिम्मेवारी लिएका हुन् ।
परम्पराअनुसार यसको सञ्चालन गर्न र नयाँ पुस्तालाई यो विधि सिकाउन उनी निरन्तर लागि परेका छन् । ‘कानुनको कुरा गर्दा बिना कानुन देश पनि चल्दैन भन्छन्,’ बुढीकुलो संचालन समितिका अध्यक्ष चौधरीले भने, ‘प्रत्येक ठाउँमा आफनो कानुन छ ।’
केन्द्र पनि कानुनअनुसार चलेको छ । पहिलाका पुर्खाहरु जसरी चलिराखेको थियो, त्यही हिसावबाट उनीहरुले पनि कुलोमा पानी चलाएकै हुन् । ‘नियम बनाईसकेपछि कसैलाई समस्या पर्देन,’ अध्यक्ष चौधरीले भने, ‘कसैले यताउता गर्न पाउँदैन भनेर रहेछ । जिजुबाजेहरुको, पुर्खाहरुले पनि काम गरेको नाताले, मैले यो बुढिकुलोमा ९काम गर्न० छोड्न पनि सकिरहेको छैन ।’ उनले थपे, ‘कानुन जेसुकै होस्, तर पहिलेको लगानी, पहिलेको श्रम, हाम्रो पुर्खाहरुको देनले गर्दा नै अहिलेसम्म निःशुल्क काम गरिरहेको छु ।’
न्याय नपाए गोर्खा जानु भन्ने पुरानो भनाई छ । तर, बर्दियाको नयाँ गाउँमा पानीको स्रोत बाँडफाडमा अन्याय भएको महसुस कसैले ग¥यो भने न्याय माग्न अन्त जान पर्दैन । कसैलाई अन्याय भए बुढीकुलो सञ्चालन समितिका अध्यक्ष, बडघर र स्थानीयहरुबिच गाउँमै छलफल हुन्छ र निचोड निस्कन्छ । एकले अर्कालाई सम्मान गर्ने संस्कार पनि उत्तिकै प्रशंसनिय छ ।
‘बुढिकुलोको अध्यक्ष भए पनि म गाउँको नाताले सदस्य हुँ,’ सोमप्रसाद चौधरीले भने, ‘मैले ठान्नुपर्छ कि म यो ठाउँको सदस्य हँु । यो पदमा मेरो मान्यता छ तर बडघर अथवा शाखा चौधरी अथवा टोलको जुन बडघरहरु छन्, उहाँहरुले बोलाएपछि म त्यहाँ गएर बसेर मात्र सुन्ने हो ।’
रामचन्द्र चौधरी नयाँ गाउँका बडघर हुन् । उनी भन्छन्, ‘सहकुलो समितिको निर्णय हुन्छ । अध्यक्षले त्यही निर्णय गर्छन् । निर्णय गरिसकेपछि गाउँमा आएर फाट लगाउँछन् । फलानो मान्छे जाने भनेर नाम टिप्न लगाएर चौकिदारलाई खबर गर्न लगाए ।’
खेतसम्म पानी ल्याउनुअघि कुलो सफा गर्न नजाने प्रत्येक सदस्यले एक दिन बराबरको ज्याला तिर्नुपर्छ । स्थानीयहरु यसलाई खारा तिर्ने भन्छन् । बडघर, अध्यक्ष वा कुनै ठूलो पदमा भएको व्यक्तिले पनि यो नियमको पालना गर्नुपर्छ । सोमप्रसाद र स्थानीयहरु ठूलो पदमा रहेका व्यक्तिले पनि नियम कानुनको पालना गर्नुपर्छ भन्ने सन्देश दिन सफल छन् ।
‘यदि कुनै किसिमको बडघरले काम अरायो भने र म गयो भने जस्तै बाटो घाटो बनाउनुपर्ने, कुलो सफा गर्नुपर्नेमा यदि म गईन भने घर परिवारले जरिवाना तिर्नुपर्छ,’ अध्यक्ष चौधरी भन्छन्, ‘सानो ठुलो भन्ने हुन्न, म महामन्त्री र सभासद भएपनि मैले जरिवाना तिर्नुपर्छ ।’
नयाँ गाउँका स्थानीय सुरज नारायण थारुले बिरामी परेको बेलामा समेत कुलो खन्न जानुपर्ने बाध्यता रहेको बताउँछन् । ‘बडघरले भन्छ कि यति यति दिनमा सबैजना मिलेर कुलो खन्न जाम । दुःख बिरामी प¥यो र किसानसँग माग्न गयो भने त ठिकै छ । कि म दुख बिरामी परेको छु भन्दा पनि उनीहरु मान्दैनन् । हामीलाई किन खबर गरिनस् भनेर डाड–खारा तिर्नुपर्छ,’ सुरज थारुले भने ।
काम गर्न नआएका मान्छे लगाए दण्डस्वरुप दिनको ३०० रुपैयाँ जरिवाना लिने गरेकोे बडघर रामचन्द्र चौधरी बताउँछन् । ‘हामीले गाउँका किसान जुटाउँदा आएनन् भने एक हाजिरीको १० रुपैयाँ लिन्छौं । यदि काम गर्न आएन भने हामीले दण्डस्वरुप जरिवाना एक दिनको ढ्यारी बराबर ३०० रुपैयाँ लिन्छौं,’ बडघर रामचन्द्रले भने, ‘एक टाईम आएन भने १०० रुपैयाँ । विहान आएर, खाना खान गएर आएन भने १०० रुपैयाँ जरिवाना पर्छ, त्यसपछि आएन भने फेरी १००, अनि लास्टसम्म आएन भने त्यसले ३०० रुपैयाँ तिनुपर्छ ।’
बर्दिया जिल्लाको राजापुर क्षेत्र उर्बर भुमि हो । कर्णाली नदी र यसको एक भंगालो गेरुवा नदीको बीच भाग भएर बग्ने बुढिकुलोले अन्नबाली उब्जाउन निकै सहयोग पु¥याएको छ ।
बुढिकुलोले राजापुर क्षेत्रको १०,४०० हेक्टर क्षेत्रफलमा सिंचाई गरेको छ । गेरुवा गाउँपालिका वडा नं १ स्थित ओखरियामा बुढीकुलोको मुल ईन्टेक छ । नेपाल सरकार र अन्र्तराष्ट्रिय सहयोगमा २०५८ सालमा ईन्टेक निर्माण कार्य सम्पन्न भएको हो । ईन्टेक निर्माण भएपछि बुढीकुलोबाट नयाँ गाउँ, पाताभार, गोला, झबही र दौलतपुरलगायत ११ वटा शाखामार्फत् पानीको स्रोत बाँडफाड गरिएको छ ।
द्धन्द्धको समयमा सोमप्रसाद चौधरी गाउँबाट विस्थापित भएका थिए । त्यतिबेला बुढीकुलो संचालनमा निकै समस्या आएको थियो । शान्ति प्रक्रियासँगै सोमप्रसाद फेरी गाउँ फर्किए । ‘म आएपछि बुढिकुलो कृषक उपभोक्ताहरुले खुसीसाथ भन्छन् कि बुढिकुलोमा सोम प्रसाद सातौं पुस्ता भएपनि एकदम पानी चलाउने क्षमता रहेछ,’ उनी भन्छन् । ‘मैले पनि आफ्नै पुर्खाहरुको श्रोत, आप्mनै पुर्खाहरुको देनले गर्दा मैले आप्mनो जिम्मेवारी, आप्mनै दायित्व र भुमिका बढाएर बुढिकुलोको मुल सिंचाईमा ध्यानाकर्षण गरेको छु । आजसम्म पनि मैले बुढिकुलोलाई कुनै किसिमको समस्या पर्न दिने छैन भनेर विश्वास लिएको छु,’ अध्यक्ष सोमप्रसादले भने ।
बर्षाको समयमा बुढीकुलोमा प्रशस्त पानी हुन्छ । यतिबेला पानी बाँडफाडमा समस्या हुने कुरै भएन । तर, हिउँदको समयमा बुढीकुलोमा पानीको स्रोत घट्दै जान्छ । कहिलेकाँही पानीको स्रोत बाँडफाँडमा समस्या आउने गर्छ । ११ वटै शाखाका अध्यक्षले पानीको स्रोत बाँडफाँडकालागि नियम बनाउने गर्छन् । सोहिअनुसार बडघरलाई काम गर्न निर्देशन दिन्छन् ।
‘बुढिकुलोकोे निर्णय अध्यक्ष लिएर आफनो गाउँमा जान्छन् । गाउँमा बडघर हुन्छन् । बडघर र चौधरीहरु गएर गाउँमा भन्छन् । बुढिकुलोमा हाम्रो यस्तो यस्तो निर्णय भयो भनेर सुनाउँछन् । सोही निर्णयअनुसार सबैलाई यसरी पानी लिनुपर्छ भनेर बडघरले गाउँ टोलमा भन्छन्,’ अध्यक्ष सोमप्रसादले भने, ‘बुढिकुलोमा कुनै किसिमको बादविबाद आउँदैन । निर्णयअनुसार नै हामीले कार्यान्वयन गरेका छौं । समितिको निर्णयअनुसार यताउता आवाज आउँदै आउँदैन ।’
बुढीकुलोमा ईन्टेक निर्माण भएकाले कर्णाली र गेरुवा नदीमा ठुलै बाढी आएपनि राजापुर क्षेत्र पहिले जस्तो डुबानमा परेको छैन । पहिले बुढीकुलोमा धेरै पानी आउँदा स्थानीयहरु झारपात र स्याउलाले पानी रोक्ने काम गर्थे । ईन्टेक बनेपछि बुढीकुलोमा झारपात र स्याउलाले छेक्न पर्देन । तर कहिलेकाहिं ईन्टेकमा स्याउला अड्किंदा पानी राम्ररी बग्न पाउँदैन । त्यसबेला ११ वटै शाखाबाट ईन्टेक सफा गर्न पालैपालो बेगारी जानुपर्छ । आ—आफनो पालोमा विना पारिश्रमिक काम गर्न जानुलाई स्थानीय भाषामा बेगारी भनिन्छ । बुढीकुलोको ईन्टेक र नाला सरसफाई गर्न राजापुरबासीलाई पहिले जस्तो अप्ठेरो भने छैन ।
‘नेपाल सरकारबाट एउटा स्काभेटर पनि प्राप्त भएको छ ११ विकास समितिलाई । बिघौति उठाएर हामी स्काभेटरको खर्च, ईन्धन, अपरेटर भत्तालगायतका खर्च उपभोक्ताबाट नै बेहोरेका छौं,’ अध्यक्ष सोमप्रसादले भने ।
बुढीकुलोको पानी खेतसम्म पु¥याएर सिंचाई गर्ने मात्र होईन । स्थानीयहरुले यहाँको बालुवा निःशुल्क रुपमा घर बनाउन प्रयोग गर्ने गरेका छन् । बिना लगानी स्थानीय स्रोत र साधनको उपयोग गर्न पाउँदा स्थानीयलाई धेरै फाइदा भएको छ । पानीको स्रोत बाँडफाड ब्यवस्थित बनेका कारण किसानहरुलाई सिंचाई गर्न कुनै समस्या छैन ।
‘सिंचाई कुलो व्यवस्थित बनेपछि नयाँ गाउँका किसानले समूहमार्फत तरकारी खेती पनि गरेका छन् । हिउँदे र बर्षे बालीमात्र होईन बुढीकुलोको पानी तरकारी खेतीका लागि पनि उत्तिकै उपयोगी बनेको छ,’ गेरुवा गाउँपालिका वडा नं ६ पाताभारका हुमलाल चौधरीले भने ।
‘पानीको स्रोत भएपछि कृषक समुहले तरकारी रोपिरहेका छांै, तरकारीमा धेरै फाईदा छ । तरकारी लगाउँदा काँक्रो, करेला थोर बहुत लगाउने गर्छौ,’ सृजना कृषक समुह नयाँ गाउँकी विष्णुदेवी चाौधरीले भनिन् । ‘पहिला खेतमा पानी देख्नै मुस्किल हुन्थ्यो, अहिले चाहिं २४ सै घण्टा पानी चलेको छ, आनन्द भईरहेको छ,’ सृजना कृषक समुहकी रामकली देवी थारुले भनिन् ।
‘सिंचाई नहुँदा बाली हुन्न थियो, अहिले सबै ठाउँमा सिंचाई भएको छ, बाली पनि सप्रेको छ । सिंचाई आएपछि तरकारी खेती लगाउने तयारीमा छांै । तरकारी बिक्रिबाट आएको पैसा कोषमा राख्छौ,’ ईटवारीलाल थारुले भनिन् ।
‘हामी समुहमा मिलेर तरकारी लगाउँछौं, एक बिगाहामा ५० देखि ५५ क्विन्टलसम्म धान फल्छ । सिंचाई राम्रै छ । खोला नजिकै भएकाले सिंचाईको लागि हाम्रो यहाँ दुख छैन,’ योगिमाया चौधरीले भनिन्, ‘अरु ठाउँमा जस्तो बादलको पानी कुर्न पर्दैन । आफनो समय मिलाएर हामी पानी खेतमा हाल्न सक्छौं ।’
समुहको महत्व बुझेका नयाँ गाउँबासीले सिंचाई कुलो ब्यवस्थापनसंगै कृषि समुहमार्फत आप्mनो गाउँको नाम चिनाउन सफल भएका छन् । ‘मेला कृषि महोत्सव हुँदा हामी कृषि समुहबाट लिएर जान्छौं । आफुले उब्जाएको तरकारी र अन्य बाली त्यहाँ प्रर्दशनका लागि राख्दा खुसी लाग्छ । मेलामा प्रर्दशनी गरेर राख्दा प्रथम पनि भएका छौं,’ सृजना कृषक समुहका सचिव भिम बहादुर थारुले भने ।
कुलो सफा गर्ने नयाँ नयाँ प्रविधिहरु पनि छन् । तर नयाँ गाउँबासीका लागि समुह संचालन गर्ने र कुलो ब्यवस्थापन गर्ने पम्परागत नियम नै सफल साबित भएको छ । अन्य ठाउँमा पुराना संस्कारहरु हराउँदै जाने हुन् कि भन्ने चिन्ता छ, तर उनीहरुलाई यस्तो चिन्ता छैन । परम्परागत शैलीमै बुढीकुलो संचालन गर्ने मात्र होईन सुशासन र पारदर्शिता कार्यान्वयनमा पनि सोमप्रसाद चौधरी उत्तिकै चनाखो छन् । ‘कुलो निर्माणका विषयमा हामी सार्बजनिक सुनुवाई गर्छौ । बजेट १० लाख हुन्छ कि १ करोड हुन्छ, सबै सार्वजनिक सुनुवाई गरेर सार्वजनिक गर्ने गरेका छौं । सार्वजनिक सुनुवाई गर्दा पारदर्शिताका लागि नियम पनि बनाएका छौं,’ बुढीकुलो संचालन समितिका अध्यक्ष सोमप्रसाद थारुले भने ।
(पानी भिडियो कार्यक्रमबाट)
तस्बिरः प्राक्टिकल एक्सन