Saturday, April 19, 2025

कलुवाको साहस

माछा मार्दा बम, विषादी, करेन्ट र ठुला ठुला महाजालको साटो कलुवा थारुको सिको गर्न सके माछामा आश्रित समुदायको पेशालाई दीगो र भरपर्दाे बनाउन टेवा पुग्नेछ ।

कलुवा थारु साँझ ५ बजेपछि सँधै माछा मार्न साथीसँग खोलामा जान्छन् । कलुवा थारु र उनका सात जना साथीहरुले माछा मार्ने कामलाई नै आफ्नो पेशा बनाएका छन्, परिवार पाल्ने बलियो आधार बनाएका छन् । टहराबाट लामो बाटो हिंडेर कलुवा माछा मार्न खोलामा जाने गर्छन् ।

पहिला जस्तो अहिले गेरुवा कर्णालीमा पानी मात्रै घटेको छैन, माछा पनि कम पाईन्छ । पहिला कर्णालीको दुई तिहाई पानी गेरुवा भंगालोतर्फ बग्थ्यो तर अहिले नदी हिउँदमा गेरुवातर्फ बग्दैन । नदीको पानी यता नबग्दा जलचरहरु घटेका छन् । पानीको परिणाम कम हुँदा कलुवाको दैनिकी पनि कष्टकर बनेको छ ।

कलुवाले पहिला २० देखि २५ केजी कमका माछा पहिला १० केजी सम्मको हुन्थ्यो । अचेल कम मात्रामा पाईन्छ । बेलुकीपख माछा पर्ने भएकाले कलुवा नदीमा जाल थाप्न पुग्छन् । माछा मार्नका लागि जाल थापेर नदी किनारामा बनाएको घरमा रात बिताउने गरेका छन् । चिसोमा जंगली जनावरबाट बच्न र रात बिताउन आगो बाल्ने व्यवस्था गर्ने गरेका छन् ।

‘बेलुका माछा मार्न हिड्यौं भने समुहमा मिलेर बस्छौं,’ केलुवाले भने, ‘दुई जनाको दरले छुट्टिएर माछा मार्न नदीमा पस्ने गरेका छौं ।’ माछा मारेर फर्कंदा सँधै राती जंगली जनावर भेट्ने गरेको उनले बताए । फर्कंदा कहिलेकाहीं हात्तीले पनि लखेट्छ ।

ठुलो जाल प्रयोग गरेर धेरै माछा मार्ने र धेरै पैसा कमाउने रहर कलुवा थारुको पनि नभएको होइन । तर उनलाई ठूलो जाल प्रयोग गर्दा नदीमा माछा घटेर भविष्यमा आफ्नो आयश्रोत घट्ने चिन्ता हुन्छ ।

‘माछा अण्डा भा बेलामा त्यो माछा मार्न हुन्न,’ उनले भने, ‘त्यो अण्डा पार्ने बच्चा निकाल्ने समयमा त्यति बेला नि माछा मरिरहेका हुन्छन् तर त्यो बेला माछा मार्न छोडीदियौं भने माछाको जनसंख्या कहिले नि घट्दैन ।’

‘भोलीका दिनमा माछा नै अब पाइन्न भने केही केही विकल्प त गर्नुपर्छ,’ उनले भने । ‘कहीं कमाउन जानुपर्ने छ कि केही गरेर जीविकोपार्जन गरौंला भनेर त्यतिबेला नै सोच गरौं कि’ भन्ने लागेको उनको भनाई छ ।

माछाको अभाव हुन थालेपछि कलुवाले आफुले जानेको उपाय लगाउन थालेका छन् । सानो माछा मार्न पर्ने जाल प्रयोग गर्न छाडेका छन् । जालमा सानो माछा परिहाले पानी मैँ छोडिदिने गरेका छन् । ‘हामीले प्रयोग गर्नेे माछा भनेको त्यही १०० ग्रामदेखि माथिको माछा हो,’ उनले भने, ‘सानो २५ ग्रामको माछा पर्याे भने छोडिदिने, बच्चा छ भने शहर माछा ठुलो त्यही कार्तिक महिनामा ३० केजी सम्म मारेको छु ।’

खोलामा कति थरीका माछा छन् छन् तर आजकल बैखा फस्छ, सुजा फस्छ, राहु पसेर हैरान बनाउँछ । साँझको समयमा खोलामा माछा मार्न जाल थाप्ने गर्छन् । थापेको जाललाई बिहानको झिसमिसेमा निकाल्ने गर्छन् । नजिकैको कोठियाघाट बजार उनीहरुको माछा बेच्ने ठाउँ हो । माछा लिएर कलुवा सँधै झैँ यो बजार पुग्छन् ।

बिनासकारी जाल प्रयोग नगर्नु, अलि सानो माछा नमार्नु जलचर संरक्षणका लागि बैज्ञानिक उपाय हो । यो कुरा कलुवा थारुले राम्ररी बुझेका छन् । माछा मार्दा बम, विषादी, करेन्ट र ठुला ठुला महाजालको साटो कलुवा थारुको सिको गर्न सके माछामा आश्रित समुदायको पेशालाई पनि दीगो र भरपर्दाे बनाउन टेवा पुग्नेछ ।

(पानी भिडियो कार्यक्रमबाट)

ताजा समाचार

सम्बन्धित समाचार