Sunday, September 8, 2024

दशैँ : स्वच्छ खाद्यान्न कसरी चिन्ने ? यस्तो छ खाद्य अनुसन्धान अधिकृतको सुझाव

खाद्य वस्तुहरू दुई किसिमका हुन्छन्। एउटा स्वास्थ्यलाई असर गर्ने। अर्को स्वास्थ्यलाई असर नगर्न तर, केहि मात्रमा गुणस्तर कम हुन्छ। खाद्य वस्तुको परिचय उपभोग गर्न मिल्ने मिति समेत टाँस गरिएको लेबलले दिन्छ। उपभोक्ताले कस्तो खानेकुरा खाँदैछु त्यो कुरा जानकारीका लागि त्यो वस्तुको लेबल हेर्नुपर्ने हुन्छ। यो कहिले बनेको हो। कहिलेसम्म उपभोग गर्न मिल्छ। यसमा केके राखेको छ। खरिद गरेर लगेपछि कहाँ राख्नुपर्छ। जस्ता कुराहरु लेबलमै उल्लेख हुन्छन्।
खाद्य वस्तु वा पेय प्रदार्थ खोलेपछि कहिलेसम्म उपभोग गर्न भन्ने कुरा पनि लेबलमै उल्लेख हुन्छ। त्यसैले राम्रोसँग प्याक गरेर उल्लेखित समयभित्रै उपभोग गरिसक्नुपर्छ। यदी गरेन भने त्यसमा अरु अखाद्य वस्तु मिसिएर दूषित बन्न सक्छ।
दोस्रो कुरा प्याकेट खोलिसकेपछि बासना वा गन्ध कस्तो आउँछ। त्यसको रङ्ग कस्तो छ। यो सब कुरा उपभोक्ताले खाद्यवस्तु किन्दा खेरी विचार गर्नुपर्ने कुरा हो।

उपभोक्ताले ध्यान दिनुपर्ने कुरा
विषेश गरेर चाडपर्वमा माछामासु र मिठाइको बढी उपभोग हुने गर्छ। यी चिज खाँदा उपभोक्ताले विषेश ध्यान पुर्याउन जरुरी छ।

दशैँ र तिहारमा धेरै मासु, मिठाइ किनेर ल्याएर राख्ने चलन छ। फेरि दसैंमा पाहुना आउने हुनाले पनि धेरै मासु पकाएर फ्रिजमा राख्ने चलन नेपालीहरुको छ। त्यसो गर्नै छ भने डिप फ्रिजमा राख्ने गर्नुपर्छ। अर्को कुरा जुन भाडोमा पकाउँछ त्यही भाडो फ्रिजमा लगेर राख्ने फेरि त्यसै तताएर खाने चलन पनि छ। त्यसो गर्नुहुँदैन। जति चाहिने हो त्यति मात्र तताउने।

चार्डपर्वमा बढी मात्रामा पेय प्रदार्थको पनि प्रयोग हुन्छ । सकभर यसको प्रयोग नगरौं। यसले कुनै पोषण दिँदैन।
बजारमा बिक्रीमा राखेका मिठाइ लोभलाग्दा हुन्छन्। किनौं किनौं लाग्ने मिठाइमा रङ्गहरुको प्रयोग गरिएको हुन्छ। पहिले मिठाइमा अखाद्य रङ्गको प्रयोग हुन्थ्यो। अहिले प्राकृतिक रङ्गको प्रयोग गरिन्छ तर, मिठाइ पसलमा उपभोक्ताले सोध्ने कस्तो रङ्गको प्रयोग गरेको हो भनेर। मिठाइमा चिल्लो र गुलियो बढी हुनाले दसैंको समयमा कम मात्रमा खादा राम्रो।

दसैं–तिहारजस्ता चाडपर्वमा स्वस्थ रहन खानपानमा निकै ध्यान दिन जरुरी छ। विमारीहरु तथा रोगीहरुले अझ खाना खाँदा झनै बढी ध्यान दिनुपर्छ।

हामीहरु विषेश त मासु ताजा अर्थात काट्न साथ पकाएर खानुपर्छ भन्ने छ तर,त्यो राम्रो होइन । मासु काटेर डिप फ्रिजमा जमेको मासु खरिद गर्न वा खानुपर्दछ।

मासु पसल सफा छ कि छैन त्यो विचार गर्नुपर्छ। मासुको गन्धबाट पनि त्यो ताजा हो या होइन भन्ने पनि थाहा हुन्छ। अझ मासु किन्दा आफूले सधैँ ल्याउने मासु पसलबाट ल्याउनुपर्छ। मासुको अनुगमन गर्दा अस्वस्थकर मासु बिक्री भैरहेको पनि पाएका छौं त्यसैले यी सब उपाय अपनाउन सके स्वास्थ्य खानेकुरा खान सकिन्छ।

तेलमा निगरानी 
चाडपर्वमा अखाद्य वस्तु विक्री बढी हुने भएकाले दैनिक जसो अनुगमन गरेका छौं। विषेश गरी दसैं, तिहार र छठमा तेलमा विभिन्न परिकार पाक्ने भएकाले। अस्वस्थ्यकर तेल बिक्री वितरणमा रोक तथा मिठाइ पसलमा हाम्रो निगरानी बढी हुन्छ। धेरै मिठाइ पसलले धेरै पटक एकै तेलमा खानेकुरा पकाएको पाएका छौं। धेरै पटक प्रयोग भएको तेलमा पकाउदा स्वास्थ्यका लागि हानिकारक हुन्छ।

सुझाव
घरमै मासु पकाउँदा स्वास्थ्यमा हानि नपुर्याउने गरेर पकाएर खानुपर्छ। मासुमा भएको बोसो फाल्ने,उमालेर खाने, बढी तेल हालेर नपकाउने। यसो गर्दा मोटोपन पनि हुँदैन।

दसैंंमा मासुसँगै सागसब्जी, फलफूल, पानी र सलाद खानुपर्छ राम्रो। दसैंमा जबरजस्ती खानेकुरा खुवाउने चलन पनि छ। तर, सन्तुलित भोजन मात्र गर्न। साथै, खाना पचाउनका लागि दही, मही र सलाद खानुपर्छ । दसैंमा पेय प्रदार्थ र मासु जुन आफन्तकामा जाँदा पनि खानुपर्छ त्यसैले आफूले ध्यान दिने। बरू कागतीपानी खाने । चाडपर्वको समयमा घरमा अनिवार्यरुपमा जीवनजल राख्नुपर्छ।

(वस्ती खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हुन्)

ताजा समाचार

सम्बन्धित समाचार