Sunday, November 3, 2024

कुलतबाट छुटाउन तरकारी खेती

बलेवा – कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना गरिएको पुनःस्थापना केन्द्र बागलुङले प्लास्टिक घरभित्र तरकारी खेती गर्न शुरु गरेको छ।

कुलतबाट छुटाउन युवालाई कृषि कर्ममा लगाउने उद्देश्यले सो प्लास्टिक घर निर्माण गरिएको हो । कृषि उत्पादनमा अब्बल मानिएका मुलुकमा प्रयोग गरिँदै आएको अत्याधुनिक पलास्टिक घर प्रविधि पुनःस्थापना केन्द्रले भित्र्याएको हो । जापानमा कार्यरत बागलुङका राजन भारी र सिन्धुपाल्चोकका मिङमार शेर्पाले रु सात लाखको लागतमा प्लास्टिक घर निर्माण गरेका हुन्।

युवालाई कुलतमा फस्न नदिई सुधारको काममा सक्रिय गराउन पुनःस्थापना केन्द्रमा दुई प्लाष्टिक घर निर्माण गरिएको छ । यस प्रविधिबाट बेमौसमी बन्दागोभी, काउली, गाजर, साग तथा गोलभेँडा उत्पादन दोब्बर गर्न सकिने भएकाले प्रविधि भित्र्याइएको भारीले बताए।

निश्चित ठाउँमा प्लास्टिक, फाइवर वा तापक्रम नियन्त्रण गर्न सक्ने वस्तुले चारैतिर ढाकेर प्लाष्टिक घरभित्र तरकारी खेती गर्दा बढी उत्पादन गर्न सकिन्छ। प्लाष्टिक घर राख्ने ठाउँमा माटो र मलको मिश्रण गरिन्छ। प्लाष्टिक घरतर्फ किसानलाई आकर्षित गर्न योजना बनाइने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। रासस

ताजा समाचार

सम्बन्धित समाचार