हामी पानीको पहिलो अंक लिएर उपस्थित भएका छौँ । यस कार्यक्रममा हामी पानीमा आधारित पारिस्थितिकीय प्रणाली र मानव जीवनको समृद्धिका विषयलाई उठाउने छौँ । यसका लागि हामी महाकाली, कर्णाली र राप्ती नदीका आठ वटा जलाधार क्षेत्रमा पुग्ने छौँ ।
जलाधार र सम्बन्धित क्षेत्रको संरक्षणमा अनुकरणीय काम गरेका व्यक्ति, संस्था र समुदायलाई पनि प्रस्तुत गर्नेछौँ । यस्ता अभियन्ताहरुको भोगाई, सिकाइ र अनुभव कार्यक्रमको अभिन्न अंगका रुपमा रहने छ ।
आजदेखि हामी हरेक शनिबार साँझ ६ः३० बजे एभिन्युज खबरमार्पmत हामी तपाइको घरघरमा आउने छौँ ।