रेडियो सगरमाथाबाट प्रत्येक शनिबार साँझ ७.१५ बजे प्रशारण हुन्छ रेडियो नाटक ‘मितिनी’ । यो रेडियो नाटक बालविवाहविरुद्धको सचेतनामुलक कार्यक्रम हो ।
‘बालबालिकाको इच्छाः विवाह हैन शिक्षा’ भन्ने नाराका साथ २०७३ असारबाट साप्ताहिक रुपमा देशभरका ५५ एफएम स्टेसनबाट बाल विवाहविरुद्ध अभिभावकलाई शिक्षित तुल्याउने उद्देश्यले रेडियो नाटक ‘मितिनी’ सुरु भएको थियो । हालसम्म ‘मितिनी’को ९९ भाग प्रशारण भैसकेको छ ।
बाल विवाह गर्नु हुँदैन, बाल विवाह गर्दा बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक रुपमा कस्तो असर पर्छ र बालविवाहबारे कानुनले के भन्छ ? जस्ता विषयमा प्रशारण हुने रेडियो नाटक हो ‘मितिनी’ ।
कार्यक्रम प्रस्तोताः नवराज बुढाथोकी
(प्रस्तोता बुढाथोकी रेडियो सरगरमाथामा काम गर्न थालेको १५ वर्ष भएको छ । उनी रेडियो सगरमाथामा कार्यक्रम निर्माताका रुपमा काम गर्दै आएका छन् ।)
[zoomsounds_player artistname=”Mitini” songname=”Mitini – Episode 97″ type=”audio” dzsap_meta_source_attachment_id=”1004″ source=”http://www.hakahakionline.com/np/wp-content/uploads/2018/02/Mitini-part-97-final-074-09-15.mp3″ thumb=”http://www.hakahakionline.com/np/wp-content/uploads/2018/02/mitini-pro.jpg” config=”default” autoplay=”off” loop=”off” open_in_ultibox=”off” enable_likes=”off” enable_views=”off” play_in_footer_player=”off” enable_download_button=”off” download_custom_link_enable=”off”]