दाङ लमही नगरपालिका ३ का प्रेमलाल चौधरी वर्षोदेखि जखेरा तालको संरक्षणमा लाग्ने अभियन्ता हुन् । उनको दैनिकी विहान ८ बजे सम्म घरायसी कामकाजमा बित्छ । विहानको दैनिकीपछि चौधरी दिनभर ताल संरक्षणमा समय बिताउँछन् । उनको जिउने आधार भनेको खेतीपाती र पशुपालन हो ।
ताल संरक्षणका अगुवाले लोकप्रिय चौधरी जीवनको अधिकांश समय ताल संरक्षणमा बिताउने गरेका छन् । ‘ताल संरक्षणमा लाग्दा खुसी सँगै सन्तुष्टि मिलेको छ,’ अभियन्ता चौधरीले भने, ‘ताल संरक्षणको जति काम भयो उति सन्तुष्टि हुन्छु, जुन हिसावले हामीले सोच बनाएका थियौ त्यो त क्रमस काम हुदै गईरहेको छ ।’
चुरे पहाडको मुनी प्रेमलालको गाउँ छ । बर्षाका वेला चुरेबाट बगेर आउने पानी तलको समथर भू भागमा जमेर ताल वन्ने गरेको छ । प्राकृतिक रुपमा शदियाँै देखी चलेको यो क्रमले तलको समथर क्षेत्रमा लस्करै प्राकृतिक तालहरु भेटिन्छन । यस्ता तालको भरमा पे्रमलालका पुर्खाले खेतीपाति र पशुपालन गरेका छन् । उनको पालासम्म आईपुग्दा चुरेबाट हुने भुक्षय लगाएतका कारणले आदिमकाल देखिका ताल अहिले सुक्न थालेका छन् । ताल सुक्दा त्यसको असर स्थानीयको कृषि पेशा र पशुपालनमा प्रत्येक्ष रुपमा पर्न थालेको छ । यस्तो समस्यावाट बच्न पे्रमलाल लगायत स्थानीयहरुले पोेखरी संरक्षण गर्ने निर्णय गरका हुन् । उनले उक्त क्षेत्रको जखेरा तालबाट संरक्षणबाट आफ्नो अभियान शुरु गरेका हुन् ।
‘ताल सुक्ने जोखिम बढेपछि समिती गठन गरेर स्थानी उपभोक्ता बोलाउने काम ग¥यौ, संरक्षण अभियन्ता चौधरी भन्छन्,’ ‘तालको वर्तमान अबस्था र भविष्यमा यसले पार्न सक्ने प्रभावका विषयमा उपभोक्तालाई बुझाएपछि संरक्षणको काम शुरु गरेका हौ ।’ जखेरा ताल संरक्षणमा झण्डै १८ वर्ष निरन्तर काम गरेको प्रेमलाल बताउँछन् । ताल संरक्षणका लागि बनेको पहिलो कार्यसमितीको कोषाध्यक्ष बनेका थिए । कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका उनले पछि १२ वर्ष ताल संरक्षणका लागि अध्यक्ष बनेर काम गरिसकेका छन् । थोरै पानी रहेको तालमा अजम्बरी झारले ढाकिएको थियो ।
स्थानीयलाई सहयोगमा लिएर बनेको उनको नेतृत्वमा समिती बनेपछि तालको रुप फेरियो । तालको सरसफाईका लागि शुरुका दिनमा ८० हजार रुपयाँबाट काम शुरु गरेको अभियन्ता चौधरीको भनाई छ । तालको संरक्षणका लागि जाली लगाउने कार्य भएका छन् । दुई वर्ष भित्रै भूक्षय बग्ने ठाउँसम्म जाली लगाउने योजना रहेको उनको भनाई छ । तालमा माथीबाट माटो नआओस् पानी तैरिएर आओस् भनेर दुई वर्षसम्म काम गरिसकेका छौ । दुई वर्षपछि पिकनिक स्पोर्ट, बाटो र वाल बनाईएको छ ।
१२ वर्षमा त खोला नि फर्कन्छ भन्ने नेपाली उखान जस्तै प्रेमलालले १२ वर्षे नेतृत्वमा जखेरा तालको मुहार फेरिएको छ । प्रेमलालले आफ्नो संरक्षण यात्रामा धेरैलाई संरक्षणमा लाग्न प्ररेणा दिएका छन् । प्रेमलालसँगै उनका संरक्षणका साक्षी ताल संरक्षणका उपाध्यक्ष रामसिंह केसी बनेका छन् ।
‘उहाँले ताल संरक्षण गरेर यो अबस्थासम्म ल्याउनुभएको छ, अब निरन्तर सक्रिय टिम बनाएर लाग्नुपर्नेछौ,’ अभियन्ता रामसिंह केसीले भने, ‘उहाँको काममा आफु पनि सक्रिय हुने चाहना छ । प्रमेलालले देखेको सपनालाई रामसिंहले युग सुहाँउदो ढंगबाट पुरा गर्ने अठोट लिएका छन् । मैले गर्नुपर्ने कामहरु थुप्रै छन् । यहाँ गाडी पार्किङको व्यवस्था छैन, खानेपानीको व्यवस्था छैन, रामसिंहले भने, ‘मेला, पिकनिकमा आउने धेरै महिलाहरुका लागि शौचालयको समस्या छ । यि चार समस्या मेरा मुख्य अजेण्डा हुन् ।’
विगतमा सिचाइ र पशुपालनका लागि सिमित जखेरा ताल सुक्खा समयमा यस भेगका वन्यजन्तुका लागि भरपर्दो पानीको स्रोत वनेको छ । यसै कारण स्थानीयले यहाँ पर्यटनको गतिलो सम्भावना देखेका छन । हिजो किसानका लागि पानीको समस्या थियो अहिले त्यो नभएर सबैभन्दा ठुलाकुरो जंगली जनावर, चराचुरुङ्गीलाई तालले बचाएको ताल संरक्षणका उपाध्यक्ष रामसिंह केसी बताउँछन् । ताल संरक्षणपछि अहिले मानिसको चहलपहल बढेको छ । बनभोजका लागि आउनेको भीड पनि बढेको देख्दा आफुलाई खुसी लाग्ने संरक्षण अभियन्ता प्रेमलाल बताउँछन् । उनका अनुसार तालको क्षेत्रवरपर शनिबारका दिन १५ जना महिलाहरुले काम पाउने गरेका छन् । जखेरा तालको महत्व बुझेर यहाँका स्थानीयले आफ्नो समुदाय क्षेत्रवरपर रहेका ताल संरक्षणमा जुटेका छन् । जखेरा तालको संरक्षणबाट पाठ सिक्दै फल्कापुर गाउँको फल्कापुर तालको संरक्षणमा पनि स्थानीय लागिपरेका छन् । उक्त तालको संरक्षणको नेतृत्व पनि प्रमेलालले गरिरहेका छन् ।
जखेरा तालको संरक्षणपछि अभियन्ता प्रेम चौधरीकै सल्लाहमा सबै जना अग्रसर भएर समिती गठन गरेर काम शुरु गरेको लमही नगरपालिका ३ का यमलाल घिमिरे बताउँछन् । अर्को स्थानीय रामप्रसाद पौडेलका अनुसार संरक्षण अभियन्ता प्रमेलालकै पहलमा ताल संरक्षणमा सहयोग गरेको हो । पहिलाको तुलनामा अहिले ताल क्षेत्रवरपर जंगल पनि राम्रो भएको छ । घाँस काट्न जादाँ शरीरमा टासिएर आउने किर्नाहरुले जंगलमा जरायोको संख्या पनि उल्लेख्य रहेको स्थानीयको अनुमान छ ।
जखेरा तालको संरक्षण पछि पूर्व पश्चिम महेन्द्र राजमार्गबाट झण्डै १ किलोमिटर उत्तरमा अवस्थित सिसहनियाको कालापानी तालले अहिले नया जीवन पाएको छ । ताल जोगाउन स्थानीयले अम्रिसो रोपेका छन । बर्खाका वेला चुरे क्षेत्रवाट वगेर आउने माटो सिधै पस्न नपाओस भनेर ताल वरिपरीको भाग अग्लो पारेका छन् । संरक्षणका यस्ता प्रयासले तालमा पानीको मात्रा वढेर स्थानीयले सिचाइका लागि समेत प्रयोग गर्न थालेका छन । यो प्रयास संवेदनशील चुरेको फेदका पानीका मुहान सुक्ने मुलुकभरकै समस्यामा नया समाधानको रुपमा आएको छ । जुन संरक्षणपे्रमिहरु माझ प्रशंसा योग्य भएको छ ।