माघ १८, २०७४
आँखीभ्mयालको यस अंकमा सम्पदा पुनर्निर्माण, वसन्तपुर क्षेत्रमा निर्माणाधिन भवन विवाद र घरघरमा वडाध्यक्षजस्ता सामग्री समेटिएको छ ।
रिपोर्ट १
पुराना शैलीका भवनहरुलाई त्यहि शैलीमा पुनर्निर्माण गर्न सम्भव होला ? आधुनिक सुविधासँगै त्यस्ता शैलीहरुलाई कायम राख्न सकिन्छ भन्ने उदाहरण यल मण्डलाको पुनर्निर्माणमा देखिएको छ । शोभा मानन्धरको रिपोर्ट ।
यसैगरी, बसन्तपुर दरवार क्षेत्रमा भने अहिले सम्पदाको विषयलाई लिएर विवाद चुलिएको छ । यहाँ बन्दै गरेको एक व्यवसायिक भवनले सम्पदा मापदण्डलाई नपछ्याएको आरोप केहि स्थानीयले लगाएका छन् । निर्माणपक्षले भने नीति नियमभित्र भवन बनिरहेको बताएको छ ।
रिपोर्ट २
अबको पालो घरघरमा वडाध्यक्षको । प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नं. ८ का समस्या र समाधानका उपायबारे स्थानीय र वडाध्यक्षसँग कुरा गरी गोपालजंग थापाले तयार पारेको रिपोर्ट ।
आजको अंक हेरेपछि तपाइका सुझाव तथा प्रतिक्रिया भए पठाउने ठेगाना होः कार्यक्रम आँखीभ्mयाल, पो. ब. नं. ५१४३, काठमाडौँ ।
लभाभव२mयक।अयm।लउ मा इमेल गर्न पनि सक्नुहुन्छ ।
आँखीभ्mयाल फेसबुक र युट्युबमा पनि हेर्न सकिन्छ ।