Friday, September 20, 2024

विदेशी पाहुनालाई स्वागत गर्न चिरिच्याट पारिँदै राजधानीका सडक (फोटो फिचरसहित)

काठमाडौं– अहिले काठमाडाैंकाे मुख्य सडकका खाल्डाखुल्डी धमाधम पुरिँदैछ, सडकका भित्तामा रंगरोगन हुँदैछ। महिनौदेखि मेटिएका जेब्राक्रसिङ र लेनले पनि जीवन्त पाउँदैछन्।

असर जुराइदिएको छ– बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनले।

बिमस्टेकको चौथो सम्मेलन १४ र १५ गते काठमाडौंमा हुने भएकाले अहिले काठमाडौंको सौन्दर्यकरण गर्न सरकारलाई हतारो छ। बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका सरकार र राष्ट्रप्रमुख आउने भएपपछि ‘देखाउनकै लागि’ भएपनि काठमाडौंलाई चिरिच्याट पारिँदैछ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सम्मेलन आयोजना स्थल सोल्टी होटलसम्मको सडक धमाधम मर्मत भइरहेको छ, फुटपाथले रंग भर्न पाएको छ, भने पोलमा लथालिंग रहेका तारहरू हटाइँदैछ। अनि बोटबिरुवा काट्छाटको काम धमाधम भइरहेको छ।

त्यतिमात्र होइन बिमस्टेक सम्मेलनमा आउने अतिविशिष्ठ पाहुनालाई गोकर्ण भिलेज रिसोर्टमा रात्रि भोज दिइने छ। जहाँ चाबहिल–बौद्ध–जोरपाटी–गोकर्ण सडक भएर जानुपर्छ। तर, स्थानीयले बर्खाभर सकस भोगेको उक्त सडक अहिले मर्मत भइरहेको छ। २४ साउनमा चाबहिल–बौद्ध–जोरपाटी सडकको अनुगमन गरेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ‘१२ भदौभित्र सडक मर्मत गरिसक्न’ निर्देशन दिएका थिए। अहिले सोही निर्देशन अनुसार मर्मतको काम भइरहेको छ । तस्वीर : अमिष रेग्मी

 

ताजा समाचार

सम्बन्धित समाचार