Friday, September 20, 2024

कालीमाटी तरकारी बजारमा ‘बिचौलिया’ को जगजगी

काठमाडौं– देशका प्रायः स्थानबाट आउने तरकारी र फलफूल कालीमाटीमा जम्मा हुने गर्दछ। खुद्रा व्यापारीले त्यहीबाट तरकारी ल्याएर बेच्छन्।

तर, कालीमाटी फलफूल तथा तरकारी बजारमा लामो समयदेखि एक प्रकारको सिन्डिकेट अर्थात् एकाधिकार छ। त्यहाँ केही निश्चित बिचौलिया र व्यापारीले भने अनुसार मात्र तरकारी र फलफूलको बिक्री गर्न पाइन्छ ।

सामान्य किसानले आफूले उत्पादन गरेको तरकारी आफैंले ल्याएर त्यहाँ बेच्न पाउँदैनन्। केही निश्चित व्यापारी तथा ठेकेदारले त्यसको जिम्मा लिन्छन, त्यसबाहेक अरुले कालीमाटी तरकारी तथा फलफूल बजारमा बिक्रीका लागि भित्र प्रवेश नै पाउँदैनन्। जसले गर्दा कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्। यही कारणले आफ्नो उत्पादन आफैं बेच्न चाहने कृषकले पनि बेच्न पाएका छैनन् ।

फलफूल तथा तरकारी बिक्रीबापत कृषकले अत्यन्तै कम मूल्य प्राप्त गर्दछन्। तर, उपभोक्ता अत्याधिक मूल्य तिर्न बाध्य छन्। तर, बिचौलियाको कमाइ मनग्य हुन्छ। सामान्य किसान केही परिमाणको तरकारी बिक्री गर्न बजार जान सक्दैन। उत्पादित सबै तरकारी गाउँमै खपत नहुन पनि सक्छ।

तर, किसानले उत्पादन गरेको तरकारी तथा फलफूलको मूल्य स्वंयले तोक्न पाउँदैनन्। तरकारी बजारको मूल्य बिचौलियाको हातमा हुन्छ । बिचौलियाले भनेअनुसारको मूल्यमा तरकारी नदिइ बारीमै सडन बेर हुँदैन। गत महिना मात्र झापाका किसानले टमाटरको मूल्य नपाएर सडकमै फ्याँकेका थिए, त्यो एउटा उदाहारण हो।

केही समय अघि कृषि मन्त्रालयको एक टोलीले गरेको अध्ययनमा तरकारी तथा फलफूल उप्पादन हुने ठाउँको मूल्य र उपभोक्ताले किन्ने मूल्यमा ठूलो ‘ग्याप’ देखिएको थियो । तर, कालीमाटी बजारको तरकारीको भाउमा सरकारको अहिलेसम्म समायोजन गर्न सकेको छैन।

यति मात्र होइन, कालीमाटीमा अत्याधिक मात्रामा विषादीको प्रयोग भएका तरकारीको पनि बिक्री हुने गर्छ । पाक्ने बेला नै नभएका फलफूल कालीमाटी तथा बल्खुमा ल्याएर विभिन्न विषादी मिसाएर पकाइन्छ। सिजन नै शुरु भएको हुँदैन, तर, कतिपय फलफूल बजारमा पाइन थाल्छन्।

कालीमाटी तरकारी बजारमा तरकारी कसरी भित्रिन्छ र विचौलियाको उपस्थितिलाई कसरी शून्यमा झार्न सकिन्छ भनेर निरिक्षण गर्न गएको एक सरकारी टोली सोमबार व्यापारीको बन्धकमा पर्‍याे। यसले त्यहाको अवस्था कस्तो छ भन्ने स्पष्ट रुपमा देखाउँछ।

अनुगमनको विरोध भयो जसले गर्दा सरकारी टोली नै कालिमाटी बजारमा लामो समय थुनियो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागको अनुगमन टोलीलाई बिचौलियाको समूहले आतंकित पार्न खाजेको थियो।

अनुगमनमा गएको सरकारी टोली बिल र कुनै कागजात नभएका तरकारी र फलफूल बोकेका केही ट्रकहरु नियन्त्रणमा लिएपछि परिस्थिती नै तनावग्रस्त वनेको थियो। प्रहरीले केही व्यापारीहरुलाई पक्राउ गर्यो भने अवस्थाको निरीक्षणका लागि उद्योग तथा वाणिज्यमन्त्री मात्रिका यादव आफैं कालीमाटी पुगेका छन्।

कालीमाटी फलफूल तथा तरकारी बजार काठमाडौंका लाखौं मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो । यो बजारलाई व्यवस्थित नगर्दा लाखौं कृषकले आफूले उत्पादन गरेको तरकारी तथा फलफूलको उचित मूल्य पाउन सकेका छैनन्, जसलाई एक प्रकारले शोषण भन्न सकिन्छ।

त्यसलै अनुगमन मात्र होइन, कालीमाटी लगायत उपत्यकाका अन्य तरकारी बजार, पसललाई व्यवस्थित गर्ने सरकारले गम्भीर रुपमा सोच्न आवश्यक छ। तरकारी बजारमा रहेको सिन्डिकेटको तत्काल अन्त्य गर्न जरुरी छ, भने अर्काेतिर मूल्यको विषयमा निरन्तर अनुगमन र छलछाम गर्नेलाई कारवाही गर्न आवश्यक छ।

सोमबारको घट्नाले कालीमाटी तरकारी तथा फलफूल बजारको वास्तविकताको उजागर गरेको छ, जुन विषयमा यअसघि सम्बन्धित निकायको पर्याप्त ध्यान पुगेको थिएन। कालीमाटी जाँदा सरकारी टोलीले त यो अवरोधको सामना गर्नुपर्छ भने सामान्य क्रेता र कृषकले कति समस्या भोगिरहेका छन्, सहजै अनुमान लगाउन सकिन्छ।

कालीमाटी फलफूल तथा तरकारी बजारकाे ४ भदाै २०७५ काे थाेक मूल्य सूची

दैनिक थोक मूल्य विवरण
भदौ  ४, २०७५
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो के.जी. ५० ५५ ५२
गोलभेडा सानो के.जी. २५ ३० २८
अालु रातो के.जी. ४५ ४७ ४६
अालु सेतो के.जी. ४० ४५ ४२
प्याज सुकेको के.जी. ३१ ३३ ३२
गाजर के.जी. १०० ११० १०५
बन्दा के.जी. ५० ५५ ५२
काउली स्थानिय के.जी. ९५ १०० ९८
मूला सेतो के.जी. २५ ३० २८
भन्टा लाम्चो के.जी. ५० ५५ ५२
बोडी के.जी. ७५ ८० ७७
घिउ सिमी के.जी. ९५ १०० ९८
भटमासकोशा के.जी. ९० १०० ९५
तितो करेला के.जी. ४५ ५० ४८
लौका के.जी. ५५ ६० ५८
परवर के.जी. ५० ५५ ५२
चिचिण्डो के.जी. ४५ ५० ४८
घिरौला के.जी. ४५ ५० ४८
झिगूनी के.जी. ३५ ४० ३८
फर्सी पाकेको के.जी. ३५ ४० ३८
फर्सी हरियो के.जी. ५० ५५ ५२
भिण्डी के.जी. ५५ ६० ५८
स्कूस के.जी. ३५ ४० ३८
रायो साग के.जी. १०० ११० १०५
पालूगो साग के.जी. १०० ११० १०५
चमसूरको साग के.जी. १०० ११० १०५
तोरीको साग के.जी. ६० ७० ६५
प्याज हरियो के.जी. १९० २०० १९५
च्याउ के.जी. १३० १४० १३५
न्यूरो के.जी. ७० ८० ७५
चुकुन्दर के.जी. ७० ८० ७५
जिरीको साग के.जी. १७० १८० १७५
सेलरी के.जी. १७० १८० १७५
पार्सले के.जी. १७० १८० १७५
पुदीना के.जी. १७० १८० १७५
गान्टे मूला के.जी. १०० ११० १०५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ७० ८० ७५
तोफु के.जी. ६० ७० ६५
गुन्दुक के.जी. १९० २०० १९५
स्याउ के.जी. १०० ११० १०५
केरा दर्जन ७० ८० ७५
कागती के.जी. १५० १८० १६५
अनार के.जी. १३० १४० १३५
तरबुजा के.जी. ४५ ५० ४८
मौसम के.जी. १३० १४० १३५
भुर्इ कटहर प्रति गोटा ९० १०० ९५
काक्रो के.जी. ३५ ४० ३७
नासपाती के.जी. ४५ ५० ४८
मेवा के.जी. ७० ८० ७५
अदुवा के.जी. १०० ११० १०५
खु्र्सानी सुकेको के.जी. २४० २५० २४५
खु्र्सानी हरियो के.जी. ५५ ६० ५८
भेडे खु्र्सानी के.जी. ७५ ८० ७८
लसुन हरियो के.जी. १९० २०० १९५
हरियो धनिया के.जी. ५४० ५५० ५४५
लसुन सुकेको चाइनिज के.जी. १२० १३० १२५
लसुन सुकेको नेपाली के.जी. ९० १०० ९५
माछा ताजा के.जी. २५० २६० २५५

स्राेत :कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

ताजा समाचार

सम्बन्धित समाचार