Friday, September 20, 2024

चाबहिल–जोरपाटी सडक पुगेर मन्त्री महासेठले दिए ठेक्का रद्ध गर्ने चेतावनी (फोटो फिचरसहित)

काठमाडौं–भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले चाबहिल–बौद्ध–जोरपाटी सडकखण्डको काम समयमै सम्पन्न नभए ठेक्का रद्ध गर्ने चेतावनी दिएका छन् ।


बिहीबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्री महासेठसहितको टोली अनुगमन तथा निरीक्षणका लागि चाबहिल पुगेको थियो ।

मन्त्री महासेठले सडकमा रहोक खाल्डाखुल्डी आगामी भदौ १२ गतेभित्र पुरिसक्न निर्देशन दिँदै भने, ‘अहिले कालोपत्र हुँदैन । बेस सर्भिस राखेर गाडी गुुड्न लायक बनाउँछौं ।’

तर, सडक कालोपत्रको काम चालू आर्थिक वर्षभित्र नसके ठेक्का रद्ध हुने उनले चेतावनी दिए। ‘काममा प्रगति भएन भने ठेक्का रद्ध हुन्छ,’ उनले भने ।

निर्माण व्यवसायीले भने बर्खा सकिएलगत्तै कालोपत्रको काम सुरु हुने बताएका छन् ।

यसअघि २७ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सडकको सुधार गर्न तथा खाल्डाखुल्डी पुर्न निर्देशन दिएका थिए ।तस्वीरहरू : अमिष रेग्मी



 


सम्बन्धित समाचार

प्रम ओलीको निर्देशनपछि पनि चाबहिल-जोरपाटी सडक हिलाम्य

 चाबहिल–जोरपाटीको हिलाम्ये सडकमा रोपाइँ, कवितामार्फत् सरकारलाई ब्यंग्य

 कलंकी-नागढुंगा सडकः ‘सरकारले बनाएन, हाम्रो सडक हामी बनाउँछौं’

ताजा समाचार

सम्बन्धित समाचार