Monday, October 28, 2024

पत्रपत्रिकामा आज : बालुवा खानी नेताकै लगानी, सरकारको निर्देशन विपरीत दूषित पानी बिक्री

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निमार्ण तथा वातावरणीय मुद्दाको विभिन्न विषयलाई समाचार बनाइएको छ। बाढी पहिरो र त्यसको क्षतिका समाचारलाई बढी प्राथमिकताकोसाथ प्रकाशित गरिएको छ ।

कान्तिपुर
–आजको कान्तिपुरमा कर्णाली राजमार्ग : तीन दिनदेखि बाटैमा शिर्षकमा समाचार छापिएको छ । अविरल वर्षासँगै खसेको पहिरोले कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ । कालीकोट र दैलेखको सिमानानजिकै कालिका गाउँपालिका–१, गगनेखोलामा एक किलोमिटर माथिबाट पहिरो खसेको हो ।
सडक थुनिएपछि यात्रुको बिचल्ली छ । तीन दिनदेखि बाटैमा अलपत्र परेको मुगुबाट आएका हीरा बोहराले बताए । ‘नेपालगन्ज हिँडेको तीन दिन भइसक्यो, अझ कहिले खुल्ने हो थाहा छैन,’ उनले भने ।
सडक खुलाउन एक्साभेटर चलाइए पनि माथिबाट पहिरो खस्नेक्रम रोकिएको छैन । करिब दुई सयको संख्यामा बस, ट्रक, मिनीटाटा, ट्रयाक्टर, जिप दैखोला, गगनेखोला, हुल्म, मान्म, गल्ली, राँचुलीलगायत ठाउँमा रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । गगनेखोलाको सय मिटर चौडा पहिरो पानी पर्नेबित्तिकै झर्ने गरेको समाचारमा उल्लेख छ।

त्यस्तै नारायणगढ–मुग्लिन सडक : ‘भौगर्भिक अध्ययनै नगरी स्तरोन्नति’ शिर्षकमा अर्को समाचार छापिएको छ । स्तरोन्नतिका क्रममा विस्तृत भौगर्भिक अध्ययन नगराइँदा नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्नेक्रम बढेको भूगर्भविद्हरूले बताएका छन् । तीन वर्षअघि सडक स्तरोन्नति सुरु भएसँगै पहिरोको जोखिम बढेको हो ।
‘कति पहाड कटान गर्न मिल्छ भनेर भौगर्भिक अध्ययन गराएर मात्र स्तरोन्नति गर्नुपथ्र्यो,’ त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र केन्द्रीय विभाग प्रमुख लालुप्रसाद पौडेलले भने, ‘इन्जिनियरहरूले मात्र डिजाइन गरे, बिना अध्ययन निर्माण थालिएकाले यो समस्या आएको हो ।’ उनले यो सडकमा अझै ५र७ वर्ष पहिरोले दुःख दिन सक्ने खतरा रहेको औंल्याए ।
२०१५ अप्रिल २० मा सुरु स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ । पिच गर्ने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । तर वर्षा सुरु भएसँगै पहिरो खस्नेक्रम बढेपछि दैनिक सवारी आवागमन प्रभावित भएको समाचारमा उल्लेख छ ।

नागरिक
– आजको नागरिकमा धादिङका सडक वर्षाले बेहाल शिर्षकमा समाचार छापिएको छ । वर्षा सुरु भएदेखि ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे भएका छन्। सदरमुकामदेखि जिल्लाको उत्तरी क्षेत्रमा जाने सांकोस– तिप्लिङ सडकखण्ड र मुरलीभन्ज्याङ–सल्यानटार सडकखण्डको बाटो अहिले विजोग बनेको छ। ग्रामीण क्षेत्रका कच्ची सडक त्यसमाथि वर्षाले हिलाम्मे बनेपछि यात्रा जोखिमपूर्ण बन्दै गएको छ। वर्षातका कारण कच्ची सडकहरू ठाउँ–ठाउँमा भत्किनुका साथै हिलाम्मे भएपछि यात्रुले गाडी धकल्दै लैजानु पर्ने अवस्था सिर्जना भएको छ। सडकको अवस्था हेर्दा रोपाईं गर्न बनाइएको खेतजस्तो देखिन्छ।
यात्राको करिब आधा समय त गाडी धकल्दैमा बित्ने यात्रु बताउँछन्। अर्थात् यात्रुलाई गाडीले होइन की यात्रुले गाडीलाई गन्तव्यसम्म पुर्याउनुपर्ने अवस्था छ। जोखिम मौल्दै भए पनि गन्तव्यतर्फ पुग्नुको विकल्प नभएको रुविभ्याली गाउँपालिका २ का सुल्फा तामाङले बताए। ‘गन्तव्यमा पुग्नु पनि छ,’ तामाङले भने, ‘त्यसैले कहिले बिग्रिएको बाटो सम्याउँदै त कहिले गाडी धकेल्दै गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ।’
पानी परेपछि न सवारीसाधन चल्छ न मान्छे नै हिँड्न सकिन्छ। अरू समयमा तीनरचार घण्टामा पुग्न सकिने ठाउँमा पुग्न अहिले दिनभरी लाग्ने गरेको यात्रु बताउँछन्। ठाउँ–ठाउँमा पहिरो गएका तथा हिलाम्मे बनेका सडक दुर्घटना पर्खिरहेको जस्ता देखिन्छन्। तर ती सडकमा न सवारीसाधन चलाउन छाडिएको छ न त मर्मतका लागि सम्बन्धित पक्षले ध्यान नै दिएको समाचारमा उल्लेख छ।

त्यस्तै सरकारको निर्देशन विपरीत दूषित पानी बिक्री शिर्षकमा अर्को समाचार छापिएको छ । उपत्यकामा विभिन्न खानेपानी कम्पनीले बिनास्टिकर पानी बेचिरहेको भेटिएको छ । सरकारले पानीको वर्गीकरण अनुसार ट्यांकरमा स्टिकर टाँस्न निर्देशन दिए पनि कतिपयले टेरेका छैनन्।
सरकारले उपत्यकामा बोरिङको पानी अनुगमनका क्रममा ट्यांकरले स्टिकरबिना नै पानी वितरण गरेको भेटिएको हो । बर्खा लागेसँगै पानीको मुहानमा फोहोर पस्ने र पानीजन्य रोग फैलने भएकाले सरकारले उपत्यकाको खानेपानी मुहान र स्रोतमा अनुगमन थालेको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पाेस्ट
–अाजकाे अन्नपूर्ण पाेस्टमा बालुवा खानी नेताकै लगानी शिर्षकमा समाचार छापिएकाे छ । धादिङका अधिकांश बालुवा खानी र क्रसर उद्याेगमा नेकपा र काँग्रेसका स्थानीय नेता तथा जनप्रतिनिधिले प्रत्यक्ष लगानी गर्दै अाएका छन् । स्थानीय नेताकाे संलग्नताका कारण पानीकाे मुहान सुक्दा, बालुवा निकालेकाे खाल्डाेमा परेर स्थानीयकाे ज्यान जाँदा र नियम मिचेर उद्याेग चलाउँदासमेत प्रशासनले कुनै कारबाही गर्न  नसकेकाे समाचारमा उल्लेख छ ।

राजधानी
–अाजकाे राजधानीमा मध्य बर्खामा बजेट सक्ने चटाराे शिर्षकमा समाचार छापेकाे छ । चालू अार्थिक वर्ष सकिन १३ दिन मात्र बाँकी छ । याे बाँकी अवधिमा साढे ११ महिनासम्म भएबराबरकाे रकम खर्च गर्ने चटाराे चाैतर्फी रूपमा सुरू भएकाे छ । पछिल्ला दिनमा दैनिक अर्बाैँ रूपैयाँ बजेट खर्च हुन थालेकाे छ । वर्षकाे अधिकांश समय कानमा तेल हालेर बसेका निकाय विगत वर्षमा जस्तै यस वर्ष पनि अार्थिक वर्षकाे अन्तिम महिनाकाे अन्तिम दिनमा सलबलाउन थालेकाे समाचारमा उल्लेख छ ।

गाेरखापत्र 
-अाजकाे गाेरखापत्रमा बाढी बहिराेमा २२ जनाकाे मृत्यु शिर्षकमा समााचार छापिएकाे छ । बाढी, पहिराे र डुबानमा परेर साेमबार र मंगलबार गरी मुलुकका विभिन्न स्थानमा २२ जनाकाे मृत्यु भएकाे छ । गृहमन्त्राल अन्तर्गतकाे राष्ट्रिय अापत्कालीन कार्य सञ्चालन केन्द्रले मंगलबार साँझसम्म नाै जना घाइते  तथा दुर्इ जना बेपत्ता भएकाे जनाकारी समेत  दिएकाे समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका 
–अाजकाे नयाँ पत्रिकामा सिंहदरबारमै असारे विकास शिर्षकमा समाचार छापिएकाे छ । अार्थिक वर्षकाे अन्त्यमा लिपापाेती गरेर बजेट सक्ने विकृति दुर्इतिहाइ बहुमतकाे सकारले पनि राेक्न सकेकाे छैन् । बरू, सर्वाेच्च सचिवालयकाे अाँगनमै विकासका नाममा मध्यअसारपछि पैसा बगाउने काम भइरहेकाे छ । अहिले फुटपाथ भत्काएकाले सिंहदरबार हिलाम्मे छ । फुटपाथका स्ल्याब निकालेर हतारहतार नयाँ राखिँदै छ । सिंहदरबारकाे मर्मतसभारकाे जिम्मा पाएकाे सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले भने कार्यक्रम स्वीकृत नै ढिलाे भएकाले अन्तिम अवस्थामा काम गर्नुपरेकाे जनाएकाे समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार