Monday, October 28, 2024

पत्रपत्रिकामा आज : छैनन् पैदलयात्रीमैत्री सडक, बाहिरी चक्रपथमा माेनाेरेल पनि

काठमाडाैँ – आजका पत्रपत्रिकाले विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् । छैनन् पैदलयात्रीमैत्री सडक, मनसुन सक्रिय हुँदै देशभर वर्षा हुने लगायतका शिर्षकमा समाचार छापिएका छन् ।

कान्तिपुर
– आजको कान्तिपुरले छैनन् पैदलयात्रीमैत्री सडक शिर्षकमा समाचार छापेको छ । जडीबुटीस्थित तरकारी तथा फलफूल बजार जाने बाटोमा केही स्थानमा जेब्राक्रस छन् । मुस्किलले तीन मिटर चौडाइको उक्त बाटोमा न फुटपाथ छ न त लेन नै । तर बाटो काट्न भनी तीनवटा सेता धर्सा भएको जेब्रा क्रस छ । काठमाडौं महानगरपालिकाको वडा नं। ३२ मा पर्ने सोही स्थान वरपर धेरै सडक छन् यस्तै किसिमका ।
महानगरपालिकाभन्दा बाहिर पनि यस्ता सडक थुप्रै छन् । जहाँ कम गतिविधि वा मान्छेको आवागमन कम हुने भएकाले साँघुरो सडक बनाइयो तर केही वर्ष बित्न नपाउँदै गाडी र मानिस दुवै बढ्न गई सडकको चौडाइ कम हुन पुग्यो । ‘पिक आवर’ मा झन् हिँड्नै गाह्रो हुने गर्छ, भीडभाडबीच गाडी पनि छिर्छ । दीर्घकालीन नीति नबनाई तत्कालको आवश्यकता पूरा गर्न सडक बनाउने परिपाटीले सडकमा दुर्घटनाको जोखिम पनि बढाएको समाचारमा उल्लेख छ ।

त्यस्तै कान्तिपुरमै बाढीले जलविद्युत्मा क्षति शिर्षकमा अर्को समाचार छापिएको छ । निर्माणाधीन माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजनाको संरचना बिहीबार राति बाढीले बगाएको छ । ७ दशमलव ५ मेगावाट क्षमताको आयोजनाको ‘अन्डर स्लुइस गेट’ र ‘ग्राभेल ट्राप’ बगेका हुन् । इवा खोलामा निर्माणाधीन बाँधको संरचना बगाएको प्रवद्र्धक कम्पनी तेह्रथुम पावर कम्पनीका प्रबन्ध निर्देशक मोहन डाँगीले जानकारी दिए । संरचना बगाउँदा १ करोड ५० लाख रुपैयाँ क्षति भएको कम्पनीले जनाएको छ । आयोजनाबाट २०७६ असार १ बाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । बाढीले क्षति पुर्‍याए पनि विद्युत् उत्पादन तालिका प्रभावित नहुने डाँगीले दाबी गरेको समाचारमा उल्लेख छ।

राजधानी
– अाजकाे राजधानी दैनिकले पहिरोको डरले चौध परिवार विस्थापित शिर्षकमा समाचार छापेकाे छ । जमिन भासिएपछि काठेखोला गाउँपालिका–५ काउलेका १४ परिवार विस्थापित बनेका छन् ।विस्थापित हुनेमा १३ दलित र एक जनजाति परिवारका ४६ जना छन् । उनीहरुले छिमेकीको घरमा आश्रय लिएको वडा अध्यक्ष शिव कँडेलले जानकारी दिए। जमिन धसिन थालेपछि पहिरोको डरले गाउँलेहरु बेलैमा सुरक्षित ठाउँतिर लागेका हुन् । “घरगोठ पनि चर्किएर बस्न नमिल्ने बनेका छन्,” वडा अध्यक्ष कँडेलले भन्नुभयो । खेती गर्ने जग्गा पनि धाँजा फाटेपछि गाउँलेहरु पीडामा छन् । लत्ताकपडा, खाद्यान्न, पशु चौपायासहित घर छोडेका विस्थापित राहत र पुनःस्थापनाको पखाइमा छन् । तत्कालका लागि अस्थायी बास बनाएर उनीहरुलाई राख्ने तयारीमा गाउँपालिका रहेकाे समाचारमा जनाइएकाे छ ।

त्यस्तै मनसुन सक्रिय हुँदै देशभर वर्षा हुने शिर्षकमा समाचार छापेकाे छ । मनसुन सक्रिय भएसँगै अागामी तीन  दिनसम्म देशका पूर्व र पश्चिमका धेरै जसाे स्थानमा वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे समाचारमा उल्लेख छ ।

नागरिक
–अाजकाे नागरिकमा धादिङका पहिरोपीडित भन्छन् : सरकार हामीलाई सुरक्षित ठाउँमा सार शिर्षकमा समााचार छापिएको छ । ‘बचाऊ बचाऊ१’ दिलबहादुर गुरुङको कानमा आवाज ठोक्किन आइपुग्यो। तर मुसलधारे वर्षा भइरहेका कारण उनले त्यो आवाजलाई स्पष्टसँग सुन्न सकेनन्। साँझ साढे ५ बजेदेखि परेको पानी राति १० बजेसम्म पनि नरोकिएपछि उनी वरपर छिमेकीकोमा पनि जान सकेका थिएनन्। उनी रातको खाना खाएर सुत्ने तरखरमा थिए । एक्कासि आएको ‘बचाऊ बचाऊ’ आवाजले उनलाई झस्कायो । यस्तो आवाज झन्झन् चर्को हुन थालेपछि दिलबहादुर वर्षाका बीच छाता ओढेर बाहिर निस्किए । बाहिर निस्कँदा पहिरोले घर बगाउन सुरु गरिसकेको थियो । मुसरधारे पानीको आवाजले नजिकै पहिरो गएको समेत थाहा पाउने स्थिति थिएन।
२९ घरधुरी रहेका उत्तरी क्षेत्रको खनियावास गाउँपालिका ५ सइस्वाँराको बस्ती २०७२ सालमा पनि भूकम्पले भताभुंग पारेको थियो । भूकम्पपछि जमिन चिराचिरा परेकाले कुनै पनि बेला पहिरो जान्छ भन्ने थाहा नभएको होइन तर पुस्तौंदेखि बस्दै आएको थातथलो छाड्न नसकिएको गुरुङ बताउँछन्।
यही असार १४ गते राति मुसलधारे वर्षासँगै गएको पहिरोले पुरेर यस गाउँका एकै परिवारका तीन जनाको ज्यान गयो। खनियावासकै वडा नम्बर ४ चिउरीबोटमा पनि सोही रात पहिरोले एकै परिवारका दुई जनाको मृत्यु भयोे । उक्त पहिरोमा परी ६ जना घाइते भएका छन् भने १२ घर पुरिएका समाचार उल्लेख छ।

रसुवामा १८%राेपाइँ सम्पन्न शिर्षकमा समाचार छापिएकाे छ । रसुवामा १८ प्रतिशत राेपाइँ सकिएकाे छ । समयमा मनसुन सक्रिय भएका कारण असार लागेसँगै जिल्लामा राेपाइँ सुरू भएकाे हाे । जिल्लामा गत वर्षा तीन हजार नाै सय तीन हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकाे समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पाेस्ट
अाजकाे अन्नपूर्ण पाेस्टमा बाहिरी चक्रपथमा माेनाेरेल पनि शिर्षकमा समाचार छापिएकाे छ । सरकारले बाहिरी चक्रपथमा माेनाेरेल चलाउन मिल्ने गरी निर्माण गर्ने तयारी थालेकाे छ । चक्रपथ निर्माणपछि जुनसुकै समयमा पनि माेनाेरेल बनाउँदा थप क्षतिपूर्ति दिनु नपर्ने भएकाले यस्ताे व्यवस्था गर्न थालिएकाे समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार