Monday, October 28, 2024

पत्रपत्रिकामा आज : सीमान्तकृत बस्तीमा बाढीको त्रास, बाढी नियन्त्रण गर्न ड्याम

काठमाडौँ – आजका पत्रपत्रिकाले विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन्। सीमान्तकृत बस्तीमा बाढीको त्रास, दशैंअघि उपत्यकामा मेलम्चीको पानी आउने, केरौँजावासी तीन वर्षदेखि पहिरोमुनि, बाढी नियन्त्रण गर्न ड्याम लगायतका शिर्षकमा समाचार प्रकाशित भएको छ ।
नागरिक
–आजको नागरिक दैनिकले सीमान्तकृत बस्तीमा बाढीको त्रास शिर्षकमा समाचार छापेको छ । पश्चिम सिरहाको कल्याणपुर २ चत्तरी टोलका पशुपति मुखियालाई बादल मडारिन थालेपछि गत वर्ष बाढीले सताएको सम्झना आउँछ । गत वर्ष कमला नदी, लोहजारा र घुर्मी खोलामा आएको बाढी बस्ती पस्दा उनका भैँसी, गोरु र बाख्रा बगे । अन्नपात बग्यो, छोराछोरी र आफ्नो ज्यान बल्लतल्ल जोगाए उनले । दुई दिनसम्म बस्तीनजिकको स्कुलमा गएर बस्नुपरेको थियो उनको परिवार । त्यतिबेलाको पीडा सम्झिँदा बसाइँ सर्न मन लाग्ने उनले बताएको समाचारमा उल्लेख छ ।

त्यस्तै नागरिकमै मेलम्चीमा म्याद थपः दशैंअघि उपत्यकामा पानी आउने शिर्षकमा समाचार छापिएको छ । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीलाई तीन महिना म्याद थप गरेपछि उसले दशैंअघि मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रतिबद्धता जनाएको छ । इटालियन ठेमेदार कम्पनी सिएमसीबीच गत शुक्रबार भएको सम्झौताअनुसार आगामी दशैंभित्रै खानेपानी काठमाडौँ ल्याउने सहमति भएको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोस्ट
–अन्नपूर्ण पोस्टमा करौंजावासी तीन वर्षदेखि पहिरोमुनि शिर्षकमा समचारमा छापिएको छ । पहिरै पहिरोको गाउँ भनेर चिनिने केरौँजा गाउँको तीन वर्षदेखिको परिचय अझै पनि फेरिएको छैन् । गाउँमाथि अजंगको पहिरो छ, गाउँमुनि पनि जताजतै पहिरो । छेउछाउमा पनि केरौँजालाई पहिरोले नै घेरेको छ । अति जोखिमको सूचीमा रहेका यहाँका ३ सय ४८ घरधुरीलाई विभिन्न स्थानमा सार्न सरकारले दिएको निर्देशन कागजमा मात्रै सीमित रहेको स्थानीय आशामान गुरुङले सुनाएको समाचारमा उल्लेख छ ।

त्यस्तै बाढी नियन्त्रण गर्न ड्याम शिर्षकमा अर्काे समाचारमा छापिएकाे छ । माडी नगरपालिका ६ रामराज्यपुरका पूर्णबहादुर सुनारलार्इ हरेक वर्ष बर्खा लागेपछि बाढीकाे चिन्ताले सताउँछ । पानी पर्न थालेदेखि राति निन्द्रासमेत लाग्दैन् । पटक पटक बाढीकाे त्रासबाट अाजित बन्दै अाएका उनलार्इ गत वर्ष साउन अन्तिम साता अाएकाे बाढीले तर्साएकाे सम्झना पनि दिमागमा ताजै छ । तर, यस वर्षबाट भने उनी केही ढुक्क भएका छन् । बाँदरमुढे खाेलामा जालीसहितकाे ड्याम  निर्माण भएपछि पहिलेजस्ताे समस्या नहुने उनले बताएकाे समाचारमा उल्लेख छ ।

कान्तिपुर
–कान्तिुपरमा सडककाे सास्ती हटाउन विकल्प  शिर्षकमा समाचार छापिएकाे छ । सामान्य पानी पर्नेबित्तिकै काठमाडाैँ महानगरपालिकाका सडकहरू  हिलाम्मे हुन्छन् । पानी जमेर सडकमा पाेखरी र दह बनेकाे हुन्छ । सवारीसाधनहरू गुड्नुकाे साटाे पाैडेका देखिन्छन् । पैदलयात्रुहरूले जताजतै खनिएकाे ढल, नाली र मेलम्ची खानेपानीका भ्वाङमा ज्यानकाे जाेखिम माेलेर यात्रा गर्नुपर्छ । गत वर्ष सामाखुसी चाेकमा पानीले भरिएकाे नालीमा बालिका सत्या सापकाेटा झुक्किएर डुब्न पुगिन् । डुबेकाे केही समयमै नालीमा बग्दै केही तल पुगेकी उनकाे भाग्यवश सकुशल उद्धार भएकाे थियाे । यस्ता घटना बर्सेनी दाेहारिन्छन् । महानगरवासीले बर्सेनी खेप्दै अाएका छन् । यस वर्ष जुन ८ देखि मनसुन सुरू भइसकेकाे छ । विगतका वर्षझैँ सडकमा सवारी चलाउन पैदल यात्रा गर्न समस्या सुरू भइसकेका छन् । बर्खामास बर्सेनी दाेहाेरिने यस्ता समस्यालार्इ कम गर्न महानगरपालिकाले दुर्इ विकल्प अघि सारेकाे भाैतिक शाखाका इन्जिनियर रामबहादुर थापाले बताएकाे समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार