Sunday, October 27, 2024

टिप्परको आतंक : मान्छे मार्नेदेखि नदीको दोहनसम्म

काठमाडौं – घटना नं. १ : बुधवार जडीबुटीमा अनियन्त्रित रूपमा आएको एक टिप्परले ठक्कर दिदा एक जनाको मृत्यु भयो ।जडीबुटीबाट बालुवा बोकेर कोटेश्वरतर्फ जाँदै गरेको टिप्परले कोटेश्वरतर्फ नै गइरहेको बा ७० प ९३९९ स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार काभ्रेपलान्चोक घर भएकी २४ वर्षीया अस्मिता भण्डारीको मृत्यु भएको कोटेश्वर प्रहरी प्रभागले जनाएको छ ।घाइते भण्डारीलाई उपचारका लागि ललितपुरस्थित बिएण्डबी अस्पतालमा लगिएकामा अस्पतालले मृत्यृको घोषण गरेको थियो । आक्रोशित स्थानीयबासीले टिप्परमा आगजनी गरेका छन् ।

घटना नं. २ः सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिकाको पाखरमा टिप्परले ठक्कर दिँदा स्कुटर चालक सरिता खड्काको मृत्यु भएको थियो ।फागुन २७ गते शनिबार राति दोलखाबाट काठमाडौं जादैँ गरेको बा १६ प १९३० नम्बरको स्कुटरलाई पछाडिबाट आईरहेको बा ४ ख ३८९५ नम्बरको टिप्परले धक्का दिँदा बलेफी गाउँपालिकाकी खड्काले ज्यान गुमाउनु परेको थियो ।

घटना नंं. ३ः नुवाकोट, काठमाडौँ– टोखा– छहरे सडक खण्डमा टिप्परले पुलमा साइड दिएर रोकेको मोटरसाइललाई ठक्कर दिँदा दुई जना घाइते भएका थिए । मोटरसाइकल चालक र पछाडि सवार शिवराम न्यौपानेलाई टिप्परले ठक्कर दिदा घाइते भएका थिए । उनीहरूलाई स्थानीयले अस्पताल लगेका थिए ।

यि तिनवटा घट्नाक्रमहरुले सडकमा टिप्परहरुले कस्तो आतंक मच्चाइरहेको छन् भन्ने प्रष्ट हुन्छ । यस्ता घट्नाहरु दिनहुँ भइरहेको छन् ।

वुधबारको घट्ना दिउँसोको समयमा भएका कारण बढी चर्चामा रह्यो । पछिल्लोपटक सडक दुर्घटनाको मुख्य कारण नै टिप्परहरु बनेका छन् । सरकारी निकाय र नीति निर्माताहरुको कम ध्यान गएको तर एउटा गम्भीर समस्याको रुपमा यो रहेको छ ।

अहिले त यतिसम्म भएको छ कि सडकमा भएको कुनै दुर्घटनाको कारण के रहेछ भनेर सोध्दा प्रायजसो दिने उत्तर हो–टिप्परले ठक्करले भन्छन् । धुलो उडाउँदै सहर प्रवेश गर्ने टिप्परको आतंकले यतिबेला पैदल यात्रुदेखि,मोटरसाइकल चालक र अन्य निजी सवारी चालकहरू समेत प्रभावित छन् । तर, यो व्यथा कसरी सुनाउने, कता उजुरी गर्ने ?

सडकमा टिप्पर चालकले कुनै पनि अनुशासन मानेको पाइदैन । टिप्परका चालकहरु सडकमा अन्य गाडीहरूलाई बेवास्था गर्दै चलाईरहेका हुन्छ । ढुंगा,गिट्टी,बालुवा बोकेर सहर पस्ने टिप्परले सडकलाई धुलाम्मे र हिलाम्मे मात्र बनाएका छैन् सडक दुर्घटनाको मुख्य कारण पनि बन्दै गएको छ ।

सरोकार निकायको कम ध्यान गएको तर दैनिक यात्रा गर्ने सबैले भोगेको यो समस्या समाधानको लागि खासै ध्यान गएको देखिदैन् । यतिसम्म आतंक छ कि सडकमा पिटर देख्ने वित्तिकै निजी सवारी चालक र पैदल यात्रु साधन किनारमा रोकेर नै बस्ने गर्दछन् र टिपर गएपछि मात्र हिड्छन् ।

यति मात्र होइन, देशभरका नदीका किनारमा टिप्परहरूको लामो लाइन देखिन्छ । प्राकृतिक स्रोत साधानको जथाभावी दोहन भईरहेको स्थानमा जाने हो भने टिप्परहरूको ठूलो संख्या देखिन्छ । त्यसैले टिप्परको आतंक सहरमा मात्र छैन गाउँ–गाउँमा समेत पुगेको छ ।

यति मात्र होइन, अन्यन्तै सानो सडक, बन्दै गरेका सडकहरूमा समेत ठूला ठूला टिप्परले निर्माण सामाग्रीहरू ओसारी रहेका छन् जसले गर्दा बाटोको अवस्था खराब बनिरहेको छ । यस तर्फ स्थानीय तहको कुनै ध्यान गएको देखिदैन । कमजोर बाटो भएका स्थानहरुमा ठूला–ठूला ट्रि«परहरु गएर बाटो नै विग्रेका धेरै उदाहरणहरु समेत रहेका छन् ।

टिप्परका कारण सडक दुर्घटना बडेकोबारे महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनाली भन्छन्–‘विकास निर्माणको कार्य भैरहेकोले टिप्पर बढी चलिरहेका छन्,’उनले भने ‘तर नियम पालना नगर्ने,लापरवाही गर्न,बढी भार बोक्ने टिप्परलाई कारवाही पनि गरिरहेका छौं । ’ प्रवक्ता मैनालीले अहिले सडक दुर्घटना बढ्नुमा सडक मर्मत,अत्याधिक गाडी,नियमपालना नगर्नु र चालनकको लापरवाही रहेको बताउँछन् ।

तर, टिप्परलाई कार्यालय समयमा रोक्ने, अनुशासनका नियमहरु पालन गराउने सम्बन्धमा भने सरकारी निकायहरुले कुनै चासो दिएका छैनन् । काठमाडौंको ट्राफिक सुधारमा लागेका गृहमन्त्रीले यसमा विशेष ध्यान दिन सर्वसाधारणको आशा छ ।

ताजा समाचार

सम्बन्धित समाचार