Sunday, October 27, 2024

पत्रपत्रिकामा आज : सरकारी सम्पत्ति सित्तैमा प्रयोग, घरका फोहार र ढल पनि बाग्मतीमा

काठमाडौँ – आजका पत्रपत्रिकामा सरकारी सम्पत्ति सित्तैमा प्रयोग, फहोर र ढल पनि बाग्मतीमा, हटेन असारे विकास, वन फँडानी रोक्न निर्देशन लगायतका शिर्षकमा समाचार प्रकाशित भएको छ ।

कान्तिपुर
– आजको कान्तिपुर दैनिकले ‘हटेन असारे विकास’ शिर्षकमा समाचार प्रकाशित भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा सुर्खेत बरहाताल गाउँपालिकामा नयाँ योजना सम्झौता गर्नेको घुँइचो छ । गाउँपालिका कार्यालयमा दैनिक ५–६ वटा योजनामा सम्झौताको रकम फस्र्यौट हुने गरेको छ । ‘असार मसान्तभित्र काम सम्मन्न गर्नैपर्ने बाध्यताले विभिन्न कारण रोकिएका योजनाका सम्झौता गरिरहेका छौं, गाउँपालिका उपाध्यक्ष शोभा शर्माले भनिन्, केही दिनदेखि अवरुद्ध विकासका कामले तीव्रता पाएका छन्, ’ समाचारमा उल्लेख छ ।

त्यस्तै कान्तिपुरमै घरका ‘फोहार र ढल पनि बाग्मतीमा’ भन्ने शिर्षकमाा समाचार छापिएको छ । हरेक साता बाग्मती सफा गर्ने नाममा केही व्यक्ति, सरकारी अधिकारीर सुरक्षा निकायलगायतका मानिस सहभागी हुन्छन् । सरसफाइ अभियान देशका नेता र नाम चलेका व्यक्तिहरूसहित हजारौँ सहभागी भइसको, र हुने क्रम जारी छ । हालसम्म १२ हजार मेट्रिकटनभन्दा बढी फोहोर निकालिसकिएको छ । बाग्मती सरसफाइ अभियानले जनाएको छ । २०७० को जेठमा सुरु भएको बाग्मती सरसफाइ अभियानका क्रममा बाग्मती सरसफाइ अभियानका क्रममा बाग्मतीको मुहान गोकर्ण, पशुपति, तिलगंगा, सिनामंगल, बानेश्वर, थापाथली पुल, टेकु लगायतका स्थलमा सरसफाई कार्यक्रम भइरहन्छन् । हप्तैपच्छिे ग्लोभ्स र बुट लगाएर आफूलाई पायक पर्ने स्थानमा बाग्मती सफा गर्न नदीमा उत्रनेको संख्या उल्लेख्य छ । तर त्यसभन्दा बढी छन् बाग्मतीमा फोहोर फाल्ने । अभियन्ता भन्छन्, मुख्य कारण त मान्छेमा जनचेतना नै छैन । नदीमा फाहोर फाल्छन्, मंगाल र सेफ्टिट्यांकीको फाहोरसमेत मिसाइदिन्छन्’ समाचारमा लेखिएको छ ।

अन्नपूर्ण पोस्ट
-अन्नपूर्ण पोस्टले ‘मेलम्चीमा सीएमसीको रजाइँ, सरकारी सम्पत्ति सित्तैमा प्रयोग’ शिर्षकमा समाचार छापेको छ । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीले सरकारी निर्माण सामाग्री सित्तैमा प्रयोग गर्दै आएको छ। सन् २०१३ मा चिनियाँ कम्पनी सीआरसीसीसँग ठेक्का सम्झौता तोडेपछि स्वतः सरकार मातहतमा आएको रेल(माटो बोक्ने), बिस्फोटक पदार्थ, जेनेरेटर स्टीललगायतका दर्जनभन्दा बढी निर्माण समाग्री भाडा नतिरी प्रयोग गरिरहेको समाचारमा उल्लखे छ ।

त्यस्तै अन्नपूर्णमै ‘वन फँडानी रोक्न निर्देशन’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएको छ । वैज्ञानिक वन व्यवस्थानपनका नाममा जथाभावी वन फँडानी गर्न नमिल्ने भन्दै प्रदेशसभा सदस्यसहित तीन नगरपालिकाका मेयरले तुरुन्त कटान रोक्न निर्देशन दिएका छन् । हरिपुर १ जानकीनगरस्थित जानकीनगर साझेदारी वनमा वन व्यवस्थापनका लागि सालका पूराना रुख काट्न थालिएपछि स्थानीवासीले त्यसविरुद्ध रोक्न जनप्रतितिधिहरूलाई गुहारेका थिए । वन मासिँदा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्ने भन्दै स्थानीयवासीले कटान रोक्न माग गर्दै आएका समाचारमा उल्लेख छ ।

नागरिक
– नागरिक दैनिकले ‘गोदावरी सफाइ अभियान’को समाचार प्रकाशित गरेको छ । गोदावरी क्षेत्रलाई स्वच्छ र सुन्दर बनाउने अभियानअन्तर्गत शुक्रबार गोदावरी कलिङ अभियान सुरु गरिएको छ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले शुक्रबार एक कार्यक्रमबीच अभियानको सुरुवात गरे । गोदावरीसँग जोडिएका विभिन्न सरकोकारवाला निकायको उपस्थितिमा अभियानको सुरुवात गर्दै मेयर महर्जनले गोदावरी क्षेत्रको वतावरण प्रदूषणमा प्लाष्टिक र बोटल सबैभन्दा ठूलो चुनौतिका रुपमा देखिएको बताएको समाचारमा उल्लेख छ ।

त्यस्तै ‘सुरु भयो मनसुन’ भन्ने शिर्षकमा अर्को समाचार छापिएको छ । नेपालमा यसपटकको मनसुन दुई दिन पहिले अर्थात शुक्रबारबाट सुरु भएको छ । सामान्यतः जुन १० बाट मनसुन सुरु हुने भएपनि यस पटक दुई दिन अघि नै शुक्रबार दिउँसो करिब दुई बजेको आसपासमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको जनाएको छ । शुक्रबारबाट नेपाल प्रवेश गरेको मनसुन एक साताभित्र मुलुकभर सक्रिय हुने मौसविद समिर श्रेष्ठले जनाए ‘मनसुन पश्चिम हुँदै सुदुरपश्चिमसम्म पुग्न एक साता लाग्छ’ उनले भनेको समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार