Sunday, July 7, 2024

डढेलोले अमेरिकी जनजिवन प्रभावित

२० असार, काठमाडौं
अमेरिकाको क्यालिफोर्नियास्थित थम्पसनमा आगलागी भएपछि जनजिवन प्रभावित बनेको छ ।

मंगलबार (१८ असारमा) उत्तरी क्यालिफोर्निया र सेन्ट्रल कोस्टको आधा दर्जन बढी डढेलोमध्ये थम्पसन आगो निकै जोखिमपूर्ण बन्यो । जोखिम उच्च भएपछि ओरोभिल र बुट्टे काउन्टी वरपरका २८ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

आगलागी नियन्त्रणमा लिन १ हजार ४ सय भन्दा बढी अग्नी नियन्त्रकले ८ हेलिकप्टर ४६ वटा बुलडोजर, ठुला ठुला फिक्स–पिङ ट्याङ्कर विमानलगायतका साधन र उपकरण प्रयोग गरे । बढ्दो गर्मीले तापक्रम बृद्धि र हावा चलिरहेकाले आगलागी भइरहेका क्षेत्र वरपर जोखिमको अवस्था तत्काल नघट्ने अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

आगो निभाउने क्रममा केही अग्नी नियन्त्रण घाइते भएका छन् । थम्पसन आगोले क्यालिफोर्नियाको बुट्टे काउन्टीमा ३ हजार ५ सय एकड जमिन जलेको छ । ओरोभिल, क्यालिफोर्निया क्षेत्रका करिब १३ हजार व्यक्तिहरू आफ्ना घर खाली गर्न बाध्य पारेको छ ।

यसअघि सन् २०१८मा वन डढेलोमा परेर क्यालिफोर्नियामा ८५ व्यक्तिको निधन र हजारौं घरहरूमा क्षति भएको थियो । अमेरिकी आगलागीमा सो घटनालाई ठुलो मानवीय क्षतिका रूपमा स्मरण गरिन्छ ।

क्यालिफोर्नियामा अहिले २० भन्दा बढी क्षेत्रमा डढेलो फैलिरहेको छ । चर्को गर्मीमा सयौं अग्निनियन्त्रकहरू आगो निभाउन संघर्ष गरिरहेका छन्। बढ्दो डढेलोसँगै तापक्रम बृद्धि हुँदा अग्नी नियन्त्रकहरूलाई आगलागी नियन्त्रण गर्न सकस भइरहेको छ । ओरोभिलमा तापक्रम १ सय १३ डिग्री हाराहारी पुग्ने प्रक्षेपण गरिएको छ ।

एजेन्सीहरूको सहयोगमा

ताजा समाचार

सम्बन्धित समाचार