सुर्खेत, असार ५— कर्णाली प्रदेशमा सबैभन्दा पछि जेठ ५ मा कोरोना संक्रमण देखियो । तर, यसको फैलावट यति तीब्र भयो कि असार ४ गतेसम्म १ हजार २ सय २४ मा पुष्टि भइसकेको छ । दैनिक सरदर ३८ जनाको दरले नया“ संक्रमित थपिने गरेको तथ्यांकले देखाउ“छ ।
पछिल्लो समय भारतबाट आउने नागरिकको संख्या अधिक हुनु र तिनीहरुको चुस्त व्यवस्थापन हुन नसक्नु संक्रमण फैलिनुको प्रमुख कारण बनेको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयका अनुसार लकडाउन सुरु भएदेखि जेठ महिनासम्म कर्णालीमा भारतबाट ३८ हजार ७ सय ५५ व्यक्ति आएका छन् । संक्रमण पनि भारतबाट आएका व्यक्तिहरुमै बढी देखिएको छ । केही सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा संक्रमण देखिए पनि यो संख्या निकै न्यून रहेको छ ।
‘भारतले आकस्मिक रुपमा यातायात सेवा सुरु गर्ला र हाम्रा नागरिकहरु यति ठूलो संख्यामा घर फर्केलान् भन्ने हामीले कल्पनै गरेका थिएनौं,’ मुख्यमन्त्री महेन्द्रबहादुर शाही भन्छन्, ‘एक्कासि यति धेरै मान्छेहरु आएपछि प्रदेश र स्थानीय सरकारलाई व्यवस्थापन गर्नै मुस्किल भयो ।’
वैशाख अन्तिममा भारतले सार्वजनिक यातायात सेवा सुरु गरेपछि त्यसको सबैभन्दा ठूलो मार कर्णालीले खेप्नुप¥यो । कर्णालीले आप्mना कति नागरिक घर फर्किन्छन् भन्ने कल्पनै गर्न सकेन । ‘भारतले आकस्मिक रुपमा यातायात सेवा सुरु गर्ला र हाम्रा नागरिकहरु यति ठूलो संख्यामा घर फर्केलान् भन्ने हामीले कल्पनै गरेका थिएनौं,’ मुख्यमन्त्री महेन्द्रबहादुर शाही भन्छन्, ‘एक्कासि यति धेरै मान्छेहरु आएपछि प्रदेश र स्थानीय सरकारलाई व्यवस्थापन गर्नै मुस्किल भयो ।’
मुख्यमन्त्री शाहीले भने झैं सुरुवाती चरणमा कर्णालीको अनुमान सामान्य थियो । संक्रमित क्षेत्रबाट आएका व्यक्तिलाई राख्नको लागि चैत पहिलो साता वीरेन्द्रनगरमा १ हजार बेडको क्वारेन्टाइन बनाउने निर्णय गर्नुले पनि यसको संकेत गर्छ । यद्यपि उक्त निर्णयअनुसार हालसम्म २ सय १० बेडमात्र सञ्चालनमा आएका छन् । अर्कोतर्फ जेठ सुरुदेखि भारतबाट मान्छे आउन थालेपछि पनि प्रदेश सरकारले सही रुपमा भित्रिने संख्या आ“कलन गर्न सकेन । यसरी आउने व्यक्तिको स्वास्थ्य परीक्षण र चुस्त व्यवस्थापन गर्न नसक्नु पनि कमजोरी रह्यो । जेठ २ गते मुख्यमन्त्रीको अध्यक्षतामा बसेको मन्त्री, सुरक्षा अधिकारी र स्वास्थ्यकर्मीको बैठकमा भारतबाट करिब २० हजार व्यक्ति भित्रिने अनुमानसहित व्यवस्थापनबारे छलफल भएको थियो । प्रदेश प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईमा ‘स्क्रिनिङ सेन्टर’ राख्ने र आरडीटी परीक्षणमा पोजिटिभ देखिएकालाई त्यही“ राख्ने निर्णय भएको थियो । बबईमा भने न आरडीटी परीक्षण हुन सक्यो, न त ‘स्क्रिनिङ सेन्टर’ नै स्थापना भयो । प्रदेश सरकारले बबई वा सुर्खेतमा भारतबाट आएका व्यक्तिलाई एक–दुई दिन राखेर परीक्षणपछि सम्बन्धित जिल्ला वा स्थानीय तहमा पठाउने व्यवस्था गरेको भए संक्रमण यसरी सहजै जिल्लामा पुग्ने र फैलिने अवस्था रहने थिएन ।
त्यसो नहु“दा भारतबाट आएका व्यक्तिहरु सिधै गाउ“का क्वारेन्टाइनमा बस्ने अवस्था आयो । विद्यालय र क्याम्पसमा बनेका यस्ता क्वारेन्टाइनको भद्रगोल व्यवस्थापनले कोरोना नियन्त्रणभन्दा बाहिर गयो । एउटै कोठामा २०–२५ जना मान्छेहरु खा“दिएर बसे । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने झैं गाउ“का क्वारेन्टाइनहरु ‘कोरोना केन्द्र’ बन्न पुगे । कर्णालीका संक्रमितमध्ये आधाभन्दा बढी ७ सय २२ जना (५९ प्रतिशत) दैलेखका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार जेठ महिनामा मात्र भारतबाट करिब ११ हजार ५ सय व्यक्ति जिल्लामा भित्रिएका छन् । यसरी आएका व्यक्तिलाई एक–दुई दिनसम्म नारायण नगरपालिकाको ‘होल्डिङ क्वारेन्टाइन’ राखेर आ–आप्mनो स्थानीय तहमा पठाउने गरिएको थियो । यसले गर्दा पनि दैलेखमा सबैभन्दा बढी संक्रमण नारायणका क्वारेन्टाइनमा देखिएको छ । प्रजिअ कट्टेलको विचारमा संघीय सरकारले नेपाल–भारतको सीमा क्ष्ँेत्र वा प्रदेश सरकारले सुर्खेतको कुनै स्थानमा ‘होल्डिङ क्वारेन्टाइन’ बनाएर निश्चित संख्यामा मात्र पठाइदिएको भए यस्तो अवस्था आउने थिएन । एकै दिन ८–९ सय व्यक्ति आउ“दा स्थानीय तहलाईसमेत व्यवस्थापन गर्न हम्मे भएको प्रजिअ कट्टेल सुनाउ“छन् ।
‘असार ४ गतेसम्म कर्णालीमा २० हजार १ सय १ जनाको स्वाब परीक्षण भएको छ । तर, सबैभन्दा बढी संक्रमित रहेको र जोखिमपूर्ण ठानिएको दैलेखमा परीक्षणको गति निकै सुस्त छ । जेठ ४ गतेसम्म ४ हजार जनाको स्वाब संकलन भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन थीरबहादुर रेग्मीले बताए ।’
परीक्षणमा पक्ष्ँपात
असार ४ गतेसम्म कर्णालीमा २० हजार १ सय १ जनाको स्वाब परीक्षण भएको छ । तर, सबैभन्दा बढी संक्रमित रहेको र जोखिमपूर्ण ठानिएको दैलेखमा परीक्षणको गति निकै सुस्त छ । जेठ ४ गतेसम्म ४ हजार जनाको स्वाब संकलन भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन थीरबहादुर रेग्मीले बताए । उनका अनुसार दुई हप्ताअघि संकलन गरेर पठाइएको स्वाबको रिपोर्टसमेत अझै आएको छैन । कति नमुनाको रिपोर्ट आयो भन्नेबारे पनि अन्योल हुने गरेको उनको भनाइ छ ।
दैलेखमा पहिलो संक्रमण देखिनुका साथै संक्रमितको संख्या बढेपछि जिल्लामै आरटी–पीसीआर मेसिन राखेर परीक्षण बढाउन माग नभएको होइन । दैलेखका स्थानीय तहदेखि जिल्लाका सांसद र नागरिक समाजले जेठ दोस्रो सातामै मेसिन ल्याउन प्रदेश र संघीय सरकारस“ग आग्रह गरेका थिए । तर, दुबै तहका सरकारले नसुनेपछि नारायण नगरपालिकाले सांसद पूर्वाधार विकास कोषको बजेटबाट पीसीआर मेसिन किनेको छ । मेसिन जिल्लामा पुगेर परीक्षण भने सुरु भएको छैन । यही कारण जेठ ३१ गते दैलेखका नारायण नगरपालिका र डुंगेश्वर गाउ“पालिकाका क्वारेन्टाइनमा रहेका व्यक्तिहरु बाहिर निस्कि“दा प्रहरीस“ग झडपको अवस्था निम्तिएको थियो । ‘प्रदेश सरकारले दैलेखको पीडा सुन्न नसक्दा पनि केही समस्या भएको हो,’ त्यहा“का प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।
क्वारेन्टाइनमै आइसोलेसन
दैलेख र जुम्लामा बाहेक अन्य जिल्लाका अधिकांश संक्रमितलाई क्वारेन्टाइनमै राखिएको छ । क्वारेन्टाइनको भद्रगोल अवस्थाले संक्रमण नियन्त्रण हुनुको साटो झन् बढिरहेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जेठ दोस्रो साता प्रदेशका २४ स्थानमा १ हजार ६० वटा क्वारेन्टाइन बेड बनाउने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । दैलेखको चार स्थानमा २ सय बेड बनाउने भनिएको थियो । तर, अहिले पनि संक्रमितहरु क्वारेन्टाइनमै बसिरहेका छन् ।
असार ४ गतेसम्मको तथ्यांक केलाउ“दा कूल संक्रमित ७ हजार ८ सय ४८ जनामध्ये १ हजार २ सय २४ जना (१५ दसशमलब ६० प्रतिशत) कर्णालीमा छन् । देशका अन्यत्र स्थानमा संक्रमण देखिएको दुई महिनापछि मात्र कर्णालीमा पहिलोपटक संक्रमण देखिएको थियो । भारतबाट आउने संख्या अझै घटेको छैन, न त क्वारेन्टाइन र आइसोलेसनको अवस्था सुधारिएको छ । प्रदेश सरकारले जेठ मसान्तसम्म २५ करोड ६७ लाख रुपैया“ खर्च भइसकेको जनाएको छ । आगामी आर्थिक वर्षको लागि १ अर्ब ५० करोडको कोरोना कोष स्थापना गर्ने सोमबार प्रस्तुत बजेटमा उल्लेख छ । यद्यपि, आफैले गरेका निर्णय प्रभावकारी रुपमा कार्यान्वयनका साथै चुस्त व्यवस्थापन गर्न नसक्दा कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा कर्णाली सरकार चुक्दै आएको छ ।