Friday, October 18, 2024

चुरे क्षेत्रमा डोजर र क्रसर चलाउँदा पानीको मुहान सुक्यो : पूर्व राष्ट्रपति यादव (भिडियो अन्तर्वार्ता)

काठमाडौँ – पूर्व राष्ट्रपति रामवरण यादवले चुरेका पहाडमा डोजर चलाएर क्रसर उद्योग सञ्चालन गर्दा पानीको मुहान सुक्दै गएको बताएका छन्।

चुरे अन्तर्गत पर्ने पहाडी क्षेत्रमा गिट्टी तथा बालुवाका लागि एक्साभेटर चलाएको तथा वन फडाँनी भएको कारण पहाडी तथा तरार्इ भेगमा पानीका मुहानहरू सुकेको उनको भनाइ छ।

चुरे दोहनले दाङ, सुर्खेत, डोटी, डडेलधुरालगायतका क्षेत्रमा पानीको मुहान पूर्ण रुपमा नष्ट भएको बताउँदै उनले भने, ‘चुरेमा क्रसर चलाउँदा मध्य पहाडी क्षेत्रमा पानीको मुहान सुकेको छ । यसका साथै पहाडमा पहिरो र तराई क्षेत्रमा बाढीको प्रकोप बढिरहेको छ ।’

हाकाहाकीसँग कुरा गर्दै उनले चुरे क्षेत्र संरक्षणका लागि बनेको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले सोचे अनुरुपको काम गर्न नसक्नाले चुरेको दोहन बढेको बताए।

पहाडी क्षेत्रमा वन फँडानी गर्दै एक्साभेटर प्रयोग गरी भूमी दोहन भइरहेकोे बताउँदै उनले समितिले यसमा नियन्त्रण गर्न नसकेको जनाए।

यदि चुरे भावर क्षेत्रको संरक्षण नहुने हो भने नेपालमा जलवायु परिवर्तनको असर बढ्दै जाने र अब आउने पुस्तालाई पानीको ठूलो समस्या उत्पन्न हुने उनी बताउँछन्।

ताजा समाचार

सम्बन्धित समाचार