Friday, October 18, 2024

मेयर महर्जनसँग भिडियाे अन्तर्वार्ता, ‘सिसडोल भरिँदा ललितपुरमा फाेहाेर बढ्याे’

काठमाडौँ – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरका विभिन्न चोकमा फोहोर थुप्रिनुको मुख्य कारण सिसडोल ल्याण्डफिल साइटमा हुने अवराेधसँगै प्राविधिक समस्या मुख्य कारण भएकाे बताएका छन्।

हाकाहाकीकर्मी शालिक भट्टसँग कुराकानी गर्दै उनले सिसडोल ल्याण्डफिल साइट भरिँदै जानुका साथै सडक बिग्रदा समस्या भइरहेकाे बताएका हुन्। काठमाडाैं उपत्यकाकाे फाेहाेर  सिसडाेल ल्याण्डफिल साइटमा बिसर्जन गर्ने गरिन्छ।

मेयर चिरिबाबुले चक्रपथको चार स्थानमा फ्लाई ओभर राख्नका लागि संभाव्यता अध्ययन भइरहेको समेत जानकारी दिए। साथै उनले पुलचोकदेखि थापाथलीसम्मको १.४ किलोमिटर पनि फ्लाई ओभर निर्माण गर्न संभाव्यता अध्ययन भइरहेको जानकारी दिए ।

पुनर्निर्माणको सन्दर्भमा अन्यमा भन्दा सम्पदा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको र अहिलेसम्म ८० प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भएको उनको भनाई छ।

उनीसँग भएको कुराकानीको विस्तृत रुपमा हेर्न तलकाे भिडियोमा क्लिक गर्नुहोस् ।

ताजा समाचार

सम्बन्धित समाचार