काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा पुरातात्त्विक बगैँचा जोगाउन आग्रह शिर्षकमा नीतु घलेको समाचार छापिएको छ। संंस्कृतिविद् सत्यमोहन जोशीले पाटन दरबार परिसरमा रहेको भण्डारखाल क्षेत्रलाई पुरातात्िवक बगैंचा बनाएको बताएका छन्। निकै परि श्रमले बगैंचा बनाए पनि अहिले त्यो लथालिंग देखेर मन दुखेको उनको भनाइ छ। ‘१५ सालअघि त्यहाँ ब्रिगेडियर जनरलको हुकुम चल्थ्यो। ब्रिगेडियर बन्नेमा सबै राणा पृष्ठभूमिका हुन्थे’, पाटन संग्रहालयको २१औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘भण्डारखाल क्षेत्रमा राणाहरूले ठेक्कामा तरकारी लगाउँथे।
सरकारी सम्पत्तिमा उनीहरू मोज गर्थे। उनीहरूकै हुकुम चल्थ्यो।’ त्यसैले लथालिंग रहेको बगैंचा पुनर्निमार्ण गर्नुपर्नेमा उनले जोड दिए। भण्डारखाल क्षेत्रमा कम्तीमा १५ रोपनी जग्गा रहेको दरबार हेरचाह तथा संरक्षण विभागका प्रमुख काजी प्याकुरेलले जानकारी दिए। ०१५ सालको चुनावपछि कांग्रेस सरकारमा आयो।
कान्तिपुर
–अाजकाे कान्तिपुरमा कुमारीघर टेकाेकाे भरमा शिर्षकमा दामाेदर न्याैपानेकाे समाचार छापिएकाे छ । वसन्तपुर अाएका बेला पुरात्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले कुमारीघरका लागि बजेट परिसक्याे, अब छिट्टै बन्छ भनिदिए। कुमारीघरका संरक्षक गाैतम शाक्य खुसीकाे सीमा रहेन । बुझ्न पुरातत्त्व विभाग धाए । साेधखाेज गरे । दाहालले दुर्इ कराेड रूपैयाँ पर्याे भनेका थिए, गाैतम भन्छन्, अनि बुझ्न गएँ । केकाे पर्नु? एक पैसा रहेनछ ।
तीन वर्ष बित्याे कुमारीघरमा भुइँचालाेले क्षति पुर्याएकाे । जीवित देवी कुमारी बस्ने याे घर अझै टेकाेकै भरमा छ । कसले बनाउने भनेर अझै टुंगाे लागेकाे छैन। महानगरले बनाउने भनेर अाश्वासन दिएकाे छ । शाक्य भन्छन्, तर बनाउने कुनै सुरसारै छैन्।
नागरिक
–अाजकाे नागरिकमा कमजाेर अनुगमनले सिक्टा अलपत्र शिर्षकमा रूद्र खड्काकाे समाचार छापिएकाे छ । सिक्टाका तत्कालीन आयोजना प्रमुख महेश्वरनरसिंह केसीले अघिल्लो वर्ष कोस्टाल पप्पु कन्स्ट्रक्सनको काम सन्तोषजनक नभएको भन्दै सिँचाइ विभागसँग ठेक्का तोड्ने निर्णय माग गरे।
२०७४ पुस ३० गते केसीले गरेको आग्रह विभागले न सुन्यो, न आफैंले बाँकेमा निर्माण भइरहेको सिक्टा सिँचाइ नहरको पर्याप्त अनुगमन नै गर्यो । कारबाही गर्ने निकायले वास्ता नगरेपछि पप्पु अटेरी भयो । अन्ततः ठेक्का लिएको २८ महिना कामै नगरी खेर फाल्यो।
मोबिलाइजेसन र केही काम गरेबापतको करिब ११ करोड रुपैयाँ लिइसकेको पप्पुले सम्झौता अवधिभर कामै नगरेपछि चौतर्फी विवाद खेप्न नसक्दा अहिले आएर विभाग पप्पुसँगको ठेक्का तोड्न बाध्य भयो । अघिल्लो वर्ष नै काम नगर्ने पप्पुसँगको ठेक्का तोड्ने निर्णय हुन सकेको भए यतिखेर एकातिर सिक्टाको रौनक नै फरक हुन्थ्यो भने अर्कोतर्फ सोही कामका लागि राज्यले गर्ने लगानी पनि बच्थ्यो ।
नयाँ पत्रिका
–अाजकाे नयाँ पत्रिकामा साढे तीन अर्ब लगानीमा लिफ्टसहितकाे धरहरा निर्माण शुरू शिर्षकमा अर्जुन पाैडेलकाे समाचार छापिएकाे छ । भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जिआइइटिसी रमन जेभीलाई दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुनर्निर्माणको जिम्मेवारी दिएको बताए । ‘नयाँ धरहरा बनाउन खाल्डो खन्ने काम सुरु भएको छ,’ उनले भने, ‘अब धरहरा निर्माणले गति लियो।’ भत्किएको पुरानो धरहराको अवशेषलाई पारदर्शी सिसाले ढाकेर संरक्षण गरिने पनि उनले बताए ।
निर्माण सामग्री र जग खन्दा निस्कने माटो सैनिक मञ्चमा राखिने भएको छ । यसका लागि नेपाली सेनासँग प्राधिकरणले सहमति लिएको मानन्धरले जनाए ।
राजधानी
–आजको राजधानीमा वायु प्रदूषणका कारण बिरामी बढ्दै शिर्षकमा समाचार छापिएको छ। वायु प्रदूषणका कारण काठमाडाैँ उपत्यकावासीको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का डा. खेम कार्कीले वायु प्रदूषणका कारण मुटु एवम् फोक्सोको बिरामीहरूको संख्या बढीरहेको बताउँदै वायु प्रदूषणका कारण उपत्यकामा मुटु रोगी ७२ प्रतिशतले बढेको बताए।
उनले वायु प्रदूषणले दमखोकीका बिरामी अस्पताल भर्ना हुने दरमा १ दशमलव ३ प्रतिशत, निमोनियाबाट भर्ना हुनेमा ३ दशमलव ४ प्रतिशत बढेको छ भने श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु हुने दर ३ दशमलव ६ प्रतिशतले बढेको अनुसन्धानबाट देखिएको बताए ।
त्यस्तै उपत्यकामा अाठ वर्षदेखि ट्राफिक लाइट बन्द शिर्षकमा काैशिला कुँवरकाे समाचार छापिएकाे छ । काठमाडाैँ उपत्यकाभित्रका अधिकांश ट्राफिक लाइट लामाे समयदेखि चालू अवस्थामा छैनन् । कतिपय ट्राफिक लाइट अाठ वर्षदेखि बन्द छन् ।
ट्राफिक लाइट व्यवस्थापनसमेत अस्तव्यस्त हुँदै अाएकाे छ । ट्राफिक प्रहरीसमेत त्यही कारण हैरानीमा छन् । बाग्मती अञ्चलमा मात्रै करिब १२ लाख सवारी दर्ता भएकाे यातायात व्यवस्था विभागकाे रेकर्ड छ । उपत्यकामा दैनिक करिब १० लाखकाे हाराहारीमा सवारीसाधन गुड्ने गरेकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्त बताउँछन्।