Friday, November 8, 2024

पत्रपत्रिकामा आज : पदमार्ग बचाउन ३० वर्षसम्म सडक नखनिने, दुर्इ वर्षभित्र हजार मेगावाट बिजुली थपिँदै

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ ।

नागरिक
–आजको नागरिकमा सात महिनामा आधा काम शिर्षकमा दिलिप पौडेलको समाचार छापिएको छ । मुलुकको पेट्रोलियम कारोबारमा महत्त्वपूर्ण मानिए पनि मोतिहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना बनाउन करिब दुई दशक कुरा मात्र गरियो । नेपालले उच्च प्राथमिकता दिएको यो परियोजना बनाउन भारतको दोधारे नीतिका कारण यति धेरै सयम लागेको थियो । तर, निर्माण सुरु भएपछि भने मुलुकका अन्य परियोजनाभन्दा यसको अवस्था भिन्न देखिएको छ । एउटा आयोजना पूरा हुन दशकौं लाक्ष्ने मुलुकको अहिलेको अवस्थामा यो परियोजनाको निर्माण सुरु भएको सात महिनामै ५० प्रतिशत काम पूरा भएको छ ।

रक्सौलदेखि अमलेखगञ्जसम्म ३७.३५ किलोमिटरमध्ये १९ किलोमिटर पाइप बिछ्याउने काम सकिएको नेपाल आयाल निगमले बताएको छ । निगमका पाइपलाइन परियोजना संयोजक भानुभक्त खनालका अनुसार पाइप बिछ्याउने काम आधा सकिएको छ । ‘पाइपलाइनको ५० प्रतिशत निर्माण पूरा भएको छ,’ खनालले भने, ‘माघसम्म परियोजना निर्माण सम्पन्न गर्ने लक्ष्य छ।’

त्यस्तै दुर्इ वर्षभित्र हजार मेगावाट बिजुली थपिँदै शिर्षकमा विष्णु बेल्वासेकाे समाचार छापिएकाे छ । मुलुकका विभन्न ठाउँमा निर्माणाधीन अायाेजनाहरूबाट अागामी दुर्इ वर्षभित्र हजार मेगावाट बिजुली थपिने भएकाे छ । निजी क्षेत्रका निर्माणाधीन अायाेजनाबाट करिब दुर्इ सय मेगावाट र नेपाल विद्युत प्राधिकरण मातहत निर्माणाधीन अायाेजनाबाट करिब अाठ सय मेगावाट गरी एकैपटक हजार मेगावाट थपिन लागेकाे समाचारमा उल्लेख छ।

नयाँ पत्रिका
–अाजकाे नयाँ पत्रिकामा वर्षाकाे पानी साेस्न सक्ने ब्लक उत्पादन हुने शिर्षकमा समाचार छापिएकाे छ । गाेर्खा इनकाे प्यालनअन्तर्गतकाे गाेर्खा प्रिकास्ट एण्ड विण्डाेर प्रालिले पानी साेस्ने क्षमता भएकाे बाटाेमा छाप्ने ब्लक बनाउने भएकाे छ। नेपालमै पहिलाेपटक यस प्रकारकाे ब्लक बन्न लागेकाे कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार अहिले सडक पेटी तथा  खुला मैदानमा प्रयाेग भइराखेका ब्लकले पानी साेस्न सक्दैनन् । ती ब्लककाे कापबाट  निश्चित मात्रामा मात्रै पानी साेसेर सीधै जमिनमुनि पठाउने क्षमता राख्ने कम्पनीले दाबी गरेकाे समाचारमा उल्लेख छ।

नेपाल समाचारपत्र
–अाजकाे समाचारपत्रमा १० वर्षदेखि अलपत्र खैरेनीघाट पुल शिर्षकमा मधुसुदन रायमाझीकाे समाचार छापिएकाे छ ।१० वर्ष अघि निर्माण कार्य सुरु भएको सिन्धुली काभ्रे जोडने सुनकोसीस्थित खैरेनीघाटको पक्की पुल अलपत्र परेको छ। तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएपछि निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले पुल निर्माण गर्न सकेको छैन् । हरेक वर्ष सम्पन्न हुने आशामा रामेछापवासीले दस वर्ष बिताइसकेका छन्। तर ठेकेदारले भने पुल बनाउने उद्यारो आश्वासन दिदै झुक्याउदै आएको छ। दस वर्षको अवधिमा निर्माण कम्पनीले पटक–पटक पुल निर्माण गर्ने लिखित सम्झौता गरेपनि कार्यान्वयन गरेको छैन्।

निर्माण कार्यमा ढिलासुस्ती गरेको भन्दै स्थानीयले आन्दोलन नै गर्ने अवस्था सृजना भएपछि डिभिजन सडक कार्यालय खुर्कोटले पुल निर्माण जिम्मेवारी पाएको खम्पाचे/लामा/कन्काई जेभीलाई कालोसूचिमा राख्ने सूचना प्रकाशित गरेको थियो । सूचना प्रकाशित भएपछि निर्माणको जिम्मेवारी पाएको कम्पनीले काम अगाडि बढाएको थियो। बर्षाको समयमा सुनकोसी नदीमा पानीको बहाप बढी हुने भएको कारणले काम गर्न नसकिने र हिउदको समयमा पनि बर्षा लाग्ने बेलामा मात्र ठेकेदारले केही काम गरेर झारो टार्दै आएको गुनासो स्थानीयले गर्दै आएका छन्।

त्यस्तै पदमार्ग बचाउन ३० वर्षसम्म सडक नखनिने शिर्षकमा अर्काे समाचार छापिएकाे छ । अन्नपूर्ण पदमार्गका धेरै स्थानमा सडक पुगेपछि धुलाे उड्दा पर्यटकहरू नक थुनेर यात्रा गर्दै अाएका छन् । तर, अन्नपूर्ण पदमार्गमा पर्ने झिनुदेखि अन्नपूर्ण अाधार शिविरसम्मकाे पदमार्गलार्इ जाेगार्इ राख्न स्थानीयवासीले ३० वर्षसम्म सडक नखन्ने प्रतिबद्धता जनाएकाे समाचारमा उल्लेख छ ।

राजधानी
–अाजकाे राजधानीमा सडक मर्मत नहुँदा सास्ती शिर्षकमा निमेन्द्र शाहीकाे समाचार छापिएकाे छ। बाजुराकाे सदरमुकाम मार्तडीदेखि पूर्वाेत्तर क्षेत्रका चार स्थानीय तहलार्इ जाेड्ने मार्तडी–काेल्टी ४३ किलाेमिटर सडक १८ वर्षदेखि निर्माण कार्य पूरा नहुँदा यात्रु सास्ती बेहाेर्न बाध्य छन् । याे बाटाे भएर यात्रा गर्ने हुम्ला, मुगु र यस जिल्लाका बूढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकाका बासिन्दाले सास्ती बेहाेर्नुपरेकाे समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार