काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ ।
नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा सातवटै स्थानीय तहले लगाए नदी ठेक्का शिर्षकमा रामकृष्ण थापाको समाचार छापिएको छ । सिन्धुपाल्चोकका सातवटा स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन गर्न व्यवसायीसँग ठेक्का सम्झौता गरेका छन् । तर, महँगोमा टेन्डर आह्वान गरेको भन्दै सुनकोसीका दुई र इन्द्रावती नदीको एउटा ठेक्का भने अझै लागेको छैन । ढिलो गरी ठेक्का सम्झौता भएको भन्दै व्यवसायीले घाटा हुने गुनासो गरेका छन् ।
आर्थिक वर्षको चार महिनापछि महँगोमा ठेक्का सम्झौता गर्नुपरेकाले घाटा व्यहोर्नुपर्ने अवस्था आएको व्यवसायीको गुनासो छ । चालू आर्थिक वर्षको तीन महिना अवधिसम्म सिन्धुपाल्चोकका नदीमा कुनै पनि ठेक्का सम्झौता भएन ।
त्यस्तै भारतले पानी रोकेपछि गण्डकमा विद्युत् उत्पादन ठप्प शिर्षकमा ज्ञानु पंगेनीको समाचार छापिएको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–७ स्थित गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन ठप्प भएको छ । भारतले गण्डक नहरमा पानी बन्द गर्दा १५ मेगावाट क्षमताको केन्द्रमा विद्युत् उत्पादन ठप्प भएको हो ।
भारत सरकारले नहर मर्मत र सरसफाइका लागि भन्दै ४० दिनका लागि नहरमा पानी बन्द गर्दा विद्युत् उत्पादन प्रभावित भएको पावर हाउसका प्रमुख कपिलदेव महाजनले बताए । भारतले प्रतेक वर्ष कात्तिकमा ४० दिनसम्म नहरमा पानी रोक्ने गरेको छ । २५ अक्टुबरबाट भारतले नहरमा पानी बन्द गरेपछि विद्युत् उत्पादन पनि बन्द भएको महाजनले जानकारी दिए ।
१५ मेगावाट क्षमताको पावर हाउसमा पछिल्लो समय चार मेगावाट मात्रै विद्युत् उत्पादन हुँदै आएको छ । केन्द्रका तीनवटा टर्वाइनमध्ये अहिले एउटा मात्रै सञ्चालनमा छ । ‘दुईवटा टर्वाइन बिग्रेका कारण जम्मा चार मेगावाट मात्रै विद्युत् उत्पादन हुन्छ,’ केन्द्र प्रमुख महाजनले भने,‘५र५ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता भएका तीनवटा टर्वाइन जोडिए पनि उत्पादन भने एउटाबाट मात्रै हुने गरेको छ ।’
भारत सरकारले सन् १९६६ सालमा गण्डकमा पावर हाउस प्रोजेक्ट सुरु गरेको थियो । प्रोजेक्टबाट सन् १९७९ मा विद्युत् उत्पादन सुरु भयो । नेपाल–भारत गण्डक सम्झौताअनुसार सन् १९८१ मा भारतले नेपाललाई आयोजना हस्तान्तरण गरेको हो ।
कान्तिपुर
–आजको कान्तिपुरमा टेर्दैनन् ठेकेदार शिर्षकमा शिव पुरीको समाचार छापिएको छ । ठेकेदारले सम्झौताअनुसार काम नगर्दा रौतहटमा निर्माणाधीन झन्डै दर्जन पुल अलपत्र परेका छन् ।
लालबकैयापारिका बन्जाराहा, औरैया, मठियालगायत गाउँका स्थानीयलाई सदरमुकाम गौरसँग जोड्न गौर–४, टिकुलिया घाटमा निर्माणाधीन पुलको काम चार वर्षदेखि ठप्प छ । पप्पु कन्स्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार १ सय पचास रुपैयाँ ठेक्का सकारेर २०७१ असार २९ गते पुल बनाउने सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७४ असार २५ गतेसम्ममा पुल बनिसक्नुपर्ने थियो । तत्कालीन ठेकेदार हरिनारायण रौनियारले पुलको काम बीचैमा छाडिदिए । यसबीच सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले काम सम्पन्न गर्न पप्पु कन्स्ट्रक्सनलाई पटक–पटक निर्देशन दिइसकेको छ । तर सञ्चालक र कुनै पनि प्रतिनिधि सम्पर्कमा नआएको इन्जिनियर श्यामनारायण मिश्रले बताए । ‘हामीले पटक–पटक काम सुरु गर्नुस् भनेका छौं,’ उनले भने, ‘ठेकेदारलगायत सबै जना सम्पर्कविहीन छन् । काम सुरु गर्ने छाँटै छैन ।’
डिभिजनले २०७४ माघ २९ गते सम्झौताअनुसार काम किन नसकेको भन्दै पत्राचार गरेको थियो । उक्त पत्रलाई ठेकेदार रौनियारले बेवास्ता गरिदिए । चैत ६ गते डिभिजनले अर्को पत्र पठाएर काम चित्तबुझ्दो नभए सार्वजनिक खरिद ऐनअनुसार कारबाही हुने चेतावनी दियो । त्यसपछि पनि पप्पु कन्स्ट्रक्सनले कुनै प्रतिक्रिया दिएन । डिभिजनले चैत २५ गते अर्को पत्र काटेर ७ दिनभित्र कामको प्रगति विवरणसहित उपस्थित हुन निर्देशन दियो । हदम्याद तोकेर निर्देशन आएपछि पप्पुले निर्माण सामग्री अभाव, बन्द, हडताल, भूकम्प, वर्षा, बाढी, दशैँ तिहारलगायतको बहाना बनाएर ठेक्काको समयावधि थप गर्न निवेदन दियो । जबकि त्यतिबेलासम्म सम्झौता अवधि सकिएको ७ महिना भइसकेको थियो ।
उक्त पुलमा ७ वटा पिल्लर राख्नुपर्छ । लामो समयदेखि ठेकेदार, उसको प्रतिनिधि र प्राविधिक कोही पनि फिल्डमा छैनन् । उपकरण सबै खिया लागेर सड्न थालेको छ । पुल नबन्दा स्थानीयले सास्ती भोग्नुपरेकै छ । यही पुलको पिल्लरमा ठोक्किएर एक महिनाअघि डुंगा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो । बडहर्वा, समनपुर, लालबकैया, राजपुर तुल्सीको झाँझपुल, चादी, भकुवा, वागमती, झाँझ र विश्रामपुरलगायत स्थानका दर्जन पुल निर्माणको काम समयमा सम्पन्न भएको छैन । कतिपय सम्झौता अवधि सकिँदासम्म आधा पनि काम हुन सकेको छैन ।
त्यस्तै सार्वजनिक जग्गामा घरटहरा शिर्षकमा टीकाप्रसाद भट्टर्को समाचार छापिएको छ । चुचुरेको गर्जाङ्गमा रहेको फराकिलो समथर फाँट स्थानीयले अतिक्रमण गरी घरटहरा बनाएका छन् । सार्वजनिक जग्गामा मनलागी घर टहरा बनाउने क्रम बढेको छ ।
गर्जाङ्गमा घर बनाउनेहरूका अन्यत्र मनग्ये जग्गा छ । सुकुम्बासी कोही छैनन् । सबैका आफ्नो या परिवारका सदस्यको नाममा सुरक्षित स्थानमा जग्गा छ । गर्जाङ्गका ठूला फाँटमा घर हुनेहरू आफ्नो जग्गा छोडेर सार्वजनिक जग्गा अतिक्रमण गर्न पसेका हुन् । एकपछि अर्को गर्दै साविकको स्थानमा घरपरिवार घटिरहेका छन् । सार्वजनिक जग्गामा बढिरहेका छन् । सबै सार्वजनिक जग्गामा ओइरिएपछि पहिलेको बसोबास क्षेत्र सुनसान बन्न थालेको छ । सार्वजनिक जमिनमा बजार केन्द्र बनेको र चहलपहल बढदो छ ।
जग्गा नहुने सुकुम्बासीले समेत सार्वजनिक जग्गामा घर टहरा हालेर बस्दा सरकारले घर भत्काएर लखेटेका थुपै्र उदाहरण सुनेका चुचुरेको गर्जाङ्गबासी भने आफ्नो घडेरी भएको जग्गामा खतप गरेका छन् । भूकम्पपछि सार्वजनिक जग्गामा बसोबास बढेको हो । सार्वजनिक जग्गामा घर बनाएर बस्नका लागि उनीहरूलाई कुनै निकायले थुनछेक गरेको छैन । खुल्ला ठूलो चौर ढाक्ने गरी जता मन लाग्यो त्यतै घर बनाउने निर्धक्क छन् । हालसम्म ७३ परिवारको उक्त सार्वजनिक जग्गामा घर टहरा हालेर बसोबास भइसकेको बजार व्यवस्थापन समितिका अध्यक्ष दिलु कार्कीले बताए ।
गर्जाङ्गमा अहिले बजार नै बसेको छ । यो बजार क्षेत्र द्वन्द्वकाल अर्थात् २०५७ सालसम्म जिरी पशु विकास फार्मले आफ्नो भनेर चर्चेको थियो । जग्गा दर्ताका लागि प्रक्रिया थाले पनि उक्त जग्गा फार्मको नाममा गइसकेको थिएन । युद्धका बेला माओवादीले फार्ममा रहेका गाई फुकाएर धपाउँदै गोठलगायतका संरचनामा आगो लगाएर ध्वस्त पारेपछि उक्त जग्गा स्थानीयले मिच्न थालेका हुन् ।
नागरिक
–आजको नागरिकमा पुराना घरलार्इ ‘रेट्रोफिट’ गरी भूकम्प थेग्ने बनाइँदै शिर्षकमा मधुसुधन गुरागाईंको समाचार छापिएको छ । वि. सं. २०७२ को भूकम्पमा ढुंगामाटोको घर चिराचिरा परेपछि काभ्रेको पनौती–१, मानेदोभानकी माया लामाको परिवारले अस्थायी टहरोमा चार बर्खा र तीन हिउँद बिताइसकेको छ। चौथो हिउँद भने उनको परिवार पुरानै घरमा फर्कंदै छ । ‘पुर्खाले बनाएको पुरानो घरलाई नभत्काई बलियो बनाउन सकिने तरिका रहेछ । बाटो छेउकै घर भएर होला इन्जिनियरहरू आएर जाँच्नुभयो र घर नभत्काइकनै भुइँचालो थेग्न सक्ने बनाइदिन मद्दत गर्छौं भन्नु भएपछि मान्यौं,’, मायाले भनिन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्वीकृतिले युएन अफिस फर प्राजेक्ट सर्भिसेज९युएनओपिएस०को सहयोगमा गैरसरकारी संस्था बिल्ड चेन्जका प्राविधिकहरूले लामाको घरलाई ‘रेट्रोफिट’ अर्थात् प्रबलीकरण गरेका हुन् । पुरानै संरचनामा नयाँ सुविधा थप गर्नुलाई रेट्रोफिट भनिन्छ । विशेषतः कमजोर तथा चर्केका घरलाई भूकम्पको जोखिमबाट मुक्त गर्न यो प्रविधि अपनाइन्छ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा मुग्लिन–नारायणघाट सडक : पाँच पुल जोखिममा शिर्षकमा राजु बाँस्कोटाको समाचार छापिएको छ ।
मुग्लिन–नारायणघाट सडकखण्डका पाँचवटा पुल जोखिममा छन्। सडक विभागको पुल महाशाखा प्रमुख अर्जुनजंघ थापाले क्षमता विस्तार गर्नुपर्ने १४ वटा पुलमध्ये पाँचवटा जोखिममा रहेको जानकारी दिए। मुग्लिनबाट नारायणघाटतर्फका पाँच पुल बनाइएका स्थान साँघुरो र जीर्ण पनि हुँदै गएकाले जोखिम बढेको छ। महाशाखाको टोलीले सोमबार यो सडकखण्डका पुल अनुगमन गरेको छ। टोलीले तत्कालै पुनर्निर्माण गर्नुपर्ने र नयाँ निर्माण प्रक्रिया थाल्नुपर्ने १४ वटा पुलमध्ये पाँचवटालाई जोखिमको सूचीमा राखेको हो।
बललबउगचलब उयकत
३६ किलोमिटर लामो यो सडकखण्डका १८ वटा पुलमध्ये चारवटा ठेक्का लागेर निर्माणको चरणमा छन्। बाँकी १४ वटा मर्मत गरेर फराकिलो र नयाँ बनाउनुपर्ने अवस्था छ। यो सडक स्तरोन्नति पूरा भएर सञ्चालनमा आइसकेको छ। तर, पुलकै कारण सवारी आवागमनमा समस्या हुने देखिएको छ। अहिले सडक राम्रो भएको र सवारीको चाप नपर्ने हुँदा समस्या छैन। तर, पाँचवटालाई भने कसरी निर्माण गर्ने र विकल्प के हुन सक्छ भनेर अनुमगन गरिएको थापाले बताए।
एसियाली स्तरको बनेको यो सडकका १४ वटा पुल जतिसक्दो छिटो बनाउनुपर्ने चुनौती सडक विभागलाई छ। यी पुल तीन महिनाभित्र ठेक्का प्रक्रियामा गइहाल्ने गरी विभागले गृहकार्य पनि अघि बढाएको छ।