Friday, October 18, 2024

‘घरेलु प्रदूषणका कारण शिशुहरूको गर्भमै मृत्यु भइरहेको छ’ (भिडियो)

 काठमाडौँ – पछिल्लो समय नेपालमा वायु प्रदूषणका कारण विभिन्न व्यक्तिहरूले ज्यान गुमाइरहेका छन् । विशेषगरी ग्रामीण भेगमा घरबाटै उत्पन्न हुने प्रदूषणबाट बढी असर परेको देखिन्छ। राष्ट्रिय योजना आयोगले गरेको एक सर्वेक्षण अनुसार ग्रामीण भेगमा घरेलु प्रदूषणका कारण प्रायः शिशुहरूको गर्भ मै मृत्यु हुने पाइएको छ।

वातावरणीय क्षेत्रमा देखिएको समस्या समाधानमा आयोगको योजना तथा नीतिका विषयमा हाकाहाकीकर्मी शालिक भट्टसँग कुराकानी गर्दै आयोगका सदस्य कृष्णप्रसाद ओलीले नेपालमा अधिकांश मानिस वायुप्रदूषणका कारण विभिन्न रोगबाट ग्रसित भएको बताए।

उनका अनुसार ग्रामीण भेगमा प्रयोग हुने दाउरा, गुइठा, मट्टितेल आदिबाट उत्पन्न हुने कार्बनबाट ठूला मानिसमा मात्र नभइ गर्भ भित्र रहेको शिशुलाई पनि प्रत्यक्ष असर पारिरहेको छ। साथै शहरी क्षेत्रमा गाडीबाट निस्कने धुवाँका कारण फोक्सो, मुटु तथा श्वासप्रश्वास सम्बन्धी रोगीहरू बढीरहेका छन्। यो सबै समस्याको समाधान तथा न्यूनीकरणका लागि योजना आयोगले पञ्चवर्षे योजना अगाडि सारेको उनको भनाई छ। उनीसँग भएको विस्तृत कुराकानी माथिकाे भिडियोमा हेर्नुहाेस्।

ताजा समाचार

सम्बन्धित समाचार