Thursday, November 7, 2024

सन्ततिका लागि ताल जोगाऔं

नेपाल धेरै ताल भएको देश हो। यहाँ धेरै ताल, पोखरी र कुवा छन् । राष्ट्रिय ताल संरक्षण विकास समितिको तथ्यांक अनुसार नेपालमा ५ हजार ३ सय ५८ वटा ताल छन्।

यो समितिले २ वर्ष लगाएर सन् २०१२ मा सो तथ्यांक सार्वजनिक गरेको थियो। ती ताल तराई–पहाड–हिमाल सबै ठाउँमा छन्। मानवीय अतिक्रमण, जलवायु परिवर्तन लगायतका कारण तालको अस्तित्व खतरामा मात्र पुगेको छैन। कतिपय ताल बिलय भएर पनि गइसकेका छन्।

तालको संरक्षण, पहिचान र सदुपयोगका लागि २३ फागुन २०६३ मा राष्ट्रिय ताल संरक्षण समिति गठन भएको हो । यो समिति पर्यटन मन्त्रालय अन्तर्गत रहेपनि वन र वातावरण मन्त्रालयसँग पनि सहकार्य र समन्वय गर्नुपर्ने अवस्था छ।
समितिले विगत १२ वर्षदेखि तालको पहिचान एवं संरक्षणको काम गरिरहेको छ। ती ताललाई संरक्षण गर्न प्रशस्त मात्रमा जनशक्ति र बजेट नहुनु मुख्य चुनौती हो। स्थानिय तहमा पनि यसको संरक्षण गर्न जनचेतना मुलक काम भएका छन्, तर प्रभावकारीता देखिएको छैन।

स्थानीय सरकार आइसकेपछि अब द्रुतगतिमा ताल संरक्षण विकास, प्रवद्र्धन गर्नपर्ने अवस्था आएको छ। तालबाट पर्यटकीय, धार्मिक र उत्पादनको महत्व छ।

तालबाट ताजा माछा उत्पादन गर्नुका साथै यहाँबाट बिजुली पनि निकाल्न सकिन्छ। कतिपय ताल धार्मिक एवं पर्यटीय दृटिले पनि महत्वपूर्ण छन्। साउनमा गोसाइँकुण्डमा पूजा गर्न जाने भक्तजनको भीड लाग्छ । अनि फेवातालमा पूजा गर्न नजाने हो भने पोखराको महत्व त्यतिक्किै घट्छ।

हाम्रा थुप्र ताल छन् जसले आफ्नै गहना देखाएका छन् र महत्व बोकेका छन्। तर, हामीले त्यो गहनालाई देखाउँदै संरक्षण गर्न सकेका छैनौं।

जीवजन्तुको वासस्थान
कतिपय ताल तथा सिमसार क्षेत्रमा मौसमी अनुसारका चराचुरुङ्गीहरू आएर बस्ने गरेका छन्। विसहजारी तालमा साइबेरियादेखि चरा आएर बस्ने गरेका छन्। कतिपय तालमा जंगली जनावर आएर पानी खान्छन्। गोही, सर्प, भ्यागुता, कछुवा लगायतका उभयचर प्राणीदेखि माछा लगायतका पानीमै आश्रित जीव पनि बस्ने गरेका हुन्छन्।

समितिको उपलब्धी
हामीले पहिले नेपालमा ताल कति छन् भन्ने कुरा पत्ता लगायौं। त्यसपछि हामीले तालको इन्भेन्ट्री निकालेका छौं। ६२ जिल्लाको इन्भेन्ट्री राष्ट्रिय ताल संरक्षण समितिले बनाएको छ । यस्तै, १३ जिल्लाको समितिको समन्वयमा वन विभागले निकाल्न लागेको हो। केही समयमा प्रकाशित हुने इन्भेन्ट्रीमा तालको अवस्था, संख्या, बनावट लगायतका विषय उल्लेख हुनेछ।

ताल समिति गठन भैसकेपछि ७१ जिल्लामा पुगेर ताल संरक्षण त्यसको प्रवद्र्धन र विकासका बारेमा छलफल र बहस भइसकेको छ। स्थानीय उपभोक्तालाई पनि तालको महत्व, संरक्षणको आवश्यकता र फाइदाका बारेमा बुझाएका छौं, तालिम दिएका छौं। अन्तर्राष्ट्रिय स्तरमा ताल संरक्षणका लागि अन्तर्राष्ट्रिय ताल संरक्षण तथा वातावरण समिति छ। त्यसमा आवद्ध भइ नेपालका धार्मिक, सांस्कृतिक, पर्यटकीय तालको प्रचारप्रसार र संरक्षण गर्नुपर्छ भन्ने कुरा गरेका छौं। गत वैशाख २८ देखि ३० गतेसम्म पोखरामा अन्तर्राष्ट्रिय ताल सम्मेलन पनि गरेका छौं।
दक्षिण एसियामा ताललाई एकीकृत रुपमा व्यवस्थापन गरेर लैजानपर्छ र त्यसका लागि फोरम बनाउनुपर्छ भनेर मान्डेट दिइएको थियो।

त्यसको सचिवालय नेपालमा हुनुपर्छ भनेका थियौ। जापानमा हुने १७औँ विश्व ताल सम्मेलनले पनि यसमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ। दक्षिण एसियाको बारेमा प्लेटर्फम बनाएर ताललाई संरक्षण कसरी गर्ने र प्रवद्र्धन गर्ने विषयमा कुरा अगाडि बढिरहेको छ।

ताल बिलयका कारण
मानवीय कारणले नै तालको अस्तित्व खतरामा परेको हो। सुशासनबाट तालको संरक्षण हुन्छ। तालको प्रर्वद्धन गरेर त्यसबाट फाइदा लिन सकिन्छ।
तर, यथेस्ट फाइदाका लागि हामीसँग जनशक्ति र बजेटको कमी छ।
जलवायु परिवर्तन तीव्र छ। यो अवस्थामा हामीले ताललाई प्रमुख बिषय वस्तु बनाएर काम गर्नुपर्छ। तर हामीसँग बजेटको कमी छ। जसले गर्दा हामीले सोचे जस्तो काम गर्न सकेका छैनौ ।
जलवायु परिवर्तनको असर अन्य स्थानमा जस्तै तालमा पनि परेको छ। जीवजन्तु र मानवको लागि पानी अपरिहार्य हो, ताल। अब कतिपय ताल, हिमताललाई
बचाउन सकेमा वन्यजन्तुहरुलाई बचाउन सक्छौं। तापक्रम वृद्धिले गर्दा हिमताल
फुट्ने तथा निरन्तरको वर्षाले बाढीपहिरो आउने हुँदा कति ताल पुरिने या मासिने हुनसक्छन्। चीनमा त कृतिम ताल बनाउन शुरु गरिएको छ, भने
हामीले प्राकृतिक ताललाई पनि संरक्षण गर्न सकिरहेका छैनौं।
त्यसैले सरकारले विशेष ध्यान दिएको खण्डमा हामीले पर्यटकीय र धार्मिक हिसाबले र उत्पादनको हिसाबले अगाडि बढाउन सक्छौं। त्यसैले राज्यले यसलाई विषेश ध्यान दिनुपर्ने अवस्था आएको छ।

ताल संरक्षणका लागि बजेट
हाम्रो आवश्यकता अनुसार बजेट धेरै थोरै छ। यसको बारेमा जनमानसमा विभिन्न तालिम समितिले दिएको छ। तर, हामीलाई २—३ करोडले मात्रै पैसा हामीलाई केही हैन यो पैसा धेरै जस्ता तालिमको लागि मात्र उपर्युक्त छ। हामीले व्यवस्थापकीय योजना बनाउदा संरक्षणका काम गर्दै आएका छौं।

ताल संरक्षणमा सरकारको योजना
ताल संरक्षणका लागि सरकारसँग स्पष्ट कुरा गरेका छौं। हामीसँग स्वच्छ पानी भएका ताल छन्, ती बचाउन अपरिहार्य छ।
ती ताल जोगाउन सकेनाैँ भने हाम्रा सन्ततिलाई ठूलो घाटा पुग्छ। यसलाई अझै पनि हामीले बजेट र म्यानपावरका हिसाबले हेर्ने हो भने अझैं अगाडि बढाउनु पर्ने छ।
हाल आएर ताल जोगाउन पर्छ भनेर जनचेतना बढेको छ। उपभोक्ताले त्यसको महसुस गरेका छन्।
अब स्थायी सरकार आएको छ। स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार
रहेका छन्। अब तीनवटै सरकारको समन्वयमा हामीले हाम्रो ताललाई बचाउन
सक्यौं भने ताल पनि अर्थतन्त्रको ठूलो मेरुदण्ड बन्न सक्छ। तालको संरक्षण पर्यापर्यटन, धर्मसंस्कृति र उत्पादन जोडिएको छ।
यसलाई राम्रो ढंगले लग्ने हो भने नेपाल समृद्ध राष्ट्र बन्न सक्छ। राष्ट्रको परिचयको लागी ताल पनि महत्वपूर्ण
नेपालमा रारा, फोक्सुन्डो, गोक्यो र फेवाताल पहिचान दिलाउने ताल हुन्। नेपालको ताललाई ‘वाटर टावर’ पनि भनिन्छ। यस खण्डमा नेपाल सरकारले ध्यान दिएमा हामीले निकट भविष्यमा तालको हब राष्ट्रका रुपमा परीणत गर्न सक्छौं।

तालमा देखिएका समस्या
ताल प्रदूषित हुँदै गएको सर्वविधितै छ। यसमा पनि पछिल्लो समय पोखराको फेवाताल अतिक्रमणमा परेको छ। यदि हामीले यो अतिक्रमण हुँदै गएका ताललाई समयमै जोगाउन सक्यौं भने त्यसले भोलि निकट भविष्यमा सूचकको रूपमा ताल आउन सक्छ।

पोखराका फेवातालमा अतिक्रमण
२०६५ सालमा समितिले पोखराको ९ वटा तालमा अतिक्रमण भएको पुष्टि गर्यो।
ती तालहरू पोखराको मात्र नभइ देशकै सम्पत्ति हो। विश्वमै परिचित गराउने गुणहरू यसमा रहेको छ। अतिक्रमण भइसकेपछि जग्गा रोक्का गरेका छौं।
स्थानीय सरकार आइसकेपछि त्यसलाई छलफल गरेर निर्धारण गरेर कसरी जाने भन्ने छ। सर्वोच्च अदालतमा परेको मुद्दा पनि फैसला भएको छ।
त्यो स्थानीय सरकारले कार्यान्वयन गर्ने कुरा हो। जनतालाई पनि असर नपरोस् ताललाई पनि अतिक्रमण नहोस्। जनतामा ताल प्रतिको अपनत्व कायम रहोस्।

तालप्रतिको चेतना
तालको महत्वका बारेमा धेरै बुझेर जनता अगाडि बढेका छन्। कतिपय ताल नजिकका समुदाय ताल संरक्षण आफैं जुटेका छन्, भने कतिले समितिमार्फत् सहयोग गरिदिन र जनचेतनामूलक तालिमको आयोजना गर्न आह्वान गरिरहेका छन।्
नेपालमा रहेका तालका प्रकृति आ–आफ्नै तवरको छ। डोल्पा जाने पर्यटकहरूफोक्सुण्डो हेरेर फर्कन्छन्। रारामा स्थानीय पर्यटकहरु वृद्धि भइरहेको छ।

डुंगा सयर गर्नका लागि २ साल अगाडि समितिले त्यहाँ डुंगा हस्तान्तरण गरेपछि स्थानीय पर्यटक बढेका हुन्। नेपालमा हिमालका साथै ताल हेर्न पनि पर्यटक आउने गरेका छन्। तराईका धेरै तालबाट माछा उत्पादन गरेर त्यहाँबाट आर्थिक आम्दानी गर्न सकिन्छ। समितिले विगत ८ वर्षदेखि पोखराको रुपा ताललाई सहयोग गर्दै आएको थियो। सो तालले राम्रो आम्दानी गरेको छ। वर्षमा करोडभन्दा बढी आम्दानी उसले गरेको छ। त्यस्तै आम्दानी अरु तालले पनि गर्नुपर्ने देखिन्छ।(शाही राष्ट्रिय ताल संरक्षण विकास समितिका सदस्य सचिव हुन्)

ताजा समाचार

सम्बन्धित समाचार