काठमाडौँ – राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मुल नहर बारम्बार भत्किएपछि उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको छानबिन समितिले नहर भत्किनुको मुख्य कारण माटोको घुलनशिलता तथा, आयोजना सम्बन्धी संभाव्यता अध्ययन प्रतिवेदनमा माटोको घुलनशिलताको सम्बन्धमा कुनै उल्लेख नभएको जनाएको छ।
आइतबार उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई प्रतिवेदन बुझाउँदै समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा अन्य आयोजनाहरूमा यस किसिमको समस्या नदेखिएको सन्दर्भमा आयोजनाको डिजाइन÷निर्माण गर्दा अन्यत्र सरहक माटोको परीक्षणहरू भएता पनि माटोको घुलनशिलता एवम् उक्त माटोमा पानीको कारण हुन सक्ने संभावित प्रभाव तथा समस्या सम्बन्धमा आंकलन हुन नसकेको औँल्याइएको छ।
साथै चरेबाट बग्ने खोलाहरूमा बर्षेनी जम्मा हुने सेडिमेन्टको यथोचित व्यवस्थापन गरी खोलाहरूको नियन्त्रण, नहरका निकास, संरचनाहरूको सुदृढीकरण, आवश्यक स्थानमा थप स्पेलवेको व्यवस्था, संवेदनशील तथा समस्याग्रस्त स्थानहरूको लागि उपयुक्त माटोको जोहो तथा खण्डारण गरी आवश्यकता अनुसार रासायनिक विधि अपनाइ तत्काल मर्मता सुधारका साथै उच्च सतर्कता एवम् निगरानीका साथ नहर तथा संरचनाहरूको नियमित मर्मत संभार र ठेक्का सम्झौता अनुसार निर्माण व्यवसायीको दायित्व भित्र पर्ने कुनै बाँकी तथा सुधारका कार्य भए नभएको तदारुकताका साथ नापजाँच तथा यकीन गरी आयोजना÷विभागबाट ठेक्काको शिघ्र व्यवस्थपान गर्नु सुझाव समेत प्रतिवेदनमा दिइएको छ।
प्रतिवेदनकाे पूर्णपाठ पढ्नुहाेस्