Sunday, July 6, 2025

बिजुली बजारमा यस्तो बन्दैछ ‘आर्कब्रिज’ (हेर्नुस् फोटोमा)

काठमाडौं– राजधानी काठमाडौंको माइतीघर–तीनकुने सडकको बिजुली बजारस्थित धोबीखोलामा ‘नेटवर्क आर्कब्रिज’ (पुल) निर्माणाधीन अवस्थामा छ।

उपत्यका सडक विस्तार आयोजनाका अनुसार अहिले उक्त पुलको ‘स्ल्याबको ढलान सकेरमाथि आर्कमा ढलानका लागि काम भइरहेको छ।

आर्कको ढलान सकिएपछि पुलको मुख्य काम सकिन्छ। अरु वायर तन्काउने,आर्कमा लोड दिने, स्ल्याब बनाउने लगायतका टेक्निकल र अन्य कामहरू हुनेछ।

नेटवर्क आर्क ब्रिज नयाँ प्रविधिमा आधारित पुल हो। यसको माथिल्लो तह अर्धवृत्ताकार हुन्छ। बीचमा बलिया तार र बिम जडान गरिन्छ। नेटवर्क तारले पुलको भारवहन क्षमतालाई सन्तुलनमा ल्याउने गर्दछ।

यस्तो पुलले शहरी सुन्दरता कायम राख्नमा समेत सहयोग पुग्छ भने थरिथरिका बत्तीहरु जडान गरेर बालिने भएका रातमा समेत जीवन्त देखिन्छ।

बिजुली बजारको पुल ५० मिटर लामो हुने जनाइएको छ। पुलको आर्क १० मिटर लामो हुनेछ ।  आर्कमा स्टिलको डण्डी राखिनेछ ।

उपत्यका सडक विस्तार आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विश्वविजयलाल श्रेष्ठका अनुसार नेटवर्क आर्कब्रिजमा असोजबाट सवारीसाधन सञ्चालन गर्ने तयारी छ ।


यसको २०७१ पुसमा ठेक्का सम्झौता भएको थियो। यो पुल निर्माणको जिम्मा जेई कन्स्ट्रक्सन पाएको छ । तस्वीर : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार