Thursday, December 26, 2024

अनुगमनपछि कालिमाटीमा घट्याे तरकारीकाे भाउ

काठमाडौँ– गत सोमबार उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिलगायतको सरकारी टोलीले गरेको अनुगमन पश्चात कालीमाटी तरकारी बजारमा केही सुधार आएको छ।

तरकारी बजार अनुगमन गर्न सरकारीको टोली विहान ३ बजे नै कालिमाटी पुगेको थियो। तर, विचौलिया र व्यवसायीले उक्त टोलीलाई ४ घण्टा थुनेर राखेपछि सुरक्षाकर्मीको सहयोगमा अनुगमन गरिएको थियो।

अनुगमनमा बाधा पुर्याएपछि प्रहरीले कालिमाटी तरकारी व्यवसायी संघका अध्यक्ष भरत ढुंगाना तथा बिमल ढुंगाना लगायत सदस्यलाई पक्राउ गरेको थियो।

अनुगमन पश्चात कालिमाटी फलफूल तथा तरकारी बजारमा केही सुधार अाएकाे छ।

९८ स्टल खारेज हुने
अनुगमन पश्चात कालिमाटीमा फलफूल तथा तरकारी बजार विकास समिति अन्गर्तत सञ्चालित ९८ स्टलको सम्झौता खारेज भएको छ। २० हजारमा भाडामा लिएर अन्यलाई एक लाखसम्ममा भाडामा लगाएको भन्दै सरकारले उक्त स्टलहरूको सम्झौता खारेज गर्ने भएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ९८ व्यवसायीलाई सूचना दिएर स्पष्टिकरण सोधेको थियो। तर, व्यवसायीबाट चित्तबुझ्दो जवाफ नआएको मन्त्रालयको भनाइ छ। कालिमाटी व्यवस्थापन समितिले तरकारीबारे गत जेठमा गरेको अध्ययनपछि ९८ व्यापारीलाई खतराको सूचीमा राखेको थियो। ती व्यापारी कारोबारमा संलग्न नभएको र अन्य व्यक्तिलाई कारोबार गर्न दिएको मन्त्रायलको भनाइ छ।

मन्त्रालयले सोधेको स्पष्टिकरण ५३ जनाले केही कागजात पेश गरेको, ३९ जनाले निवेदन दिए पनि प्रमाणित नभएको र ६ जनाले स्पष्टिकरण नै पेश नगरेको जनाएको छ।

तरकारीको मूल्य घट्यो
गत सोमबार भएको अनुगनमपछि कालीमाटी बजारमा तरकारीको भाउ घटेको छ। मागभन्दा तरकारी कम भित्रीए पनि तरकारीको मूल्य भने घटेको हो। सानो गोलभेडा प्रतिकेजी ६ रुपैयाँसम्म घटेको छ। प्रतिकेजी २८ रुपैयाँमा कारोबार भइरहेको गोलभेडा अहिले २२ रुपैयाँ प्रतिकेजीमा घटेको छ। त्यसैगरी च्याउमा पनि १० रुपैयाँले मूल्य कम भएको छ।

१ सय ३५रुपैयाँ प्रतिकेजी रहेको च्याउ १ सय २५ प्रतिकेजीमा झरेको छ। बन्दाको मूल्य २० रुपैयाँ कम भएको छ। प्रतिकेजी ६८ रुपैयाँमा कारोबार भइरहेको बन्दा ४८ रुपैयाँ प्रतिकेजीमा कारोबार हुन थालेको छ। तर तितेकरेला, स्कुस, काउली, घिउसिमी, भिण्डी, घिरौला लगायतको मूल्य भने यथावत रहेको छ।

दैनिक थोक मूल्य विवरण
भदौ  ७, २०७५
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो के.जी. ४५ ५० ४८
गोलभेडा सानो के.जी. २० २५ २२
अालु रातो के.जी. ४५ ४७ ४६
अालु सेतो के.जी. ४० ४५ ४२
प्याज सुकेको के.जी. ३१ ३३ ३२
गाजर के.जी. १०० ११० १०५
बन्दा के.जी. ६५ ७० ६८
काउली स्थानिय के.जी. ९० ९५ ९२
मूला सेतो के.जी. ३० ३५ ३३
भन्टा लाम्चो के.जी. ५५ ६० ५८
बोडी के.जी. ७० ७५ ७२
घिउ सिमी के.जी. ९५ १०० ९८
भटमासकोशा के.जी. ९० १०० ९५
तितो करेला के.जी. ४५ ५० ४७
लौका के.जी. ५५ ६० ५८
परवर के.जी. ५५ ६० ५८
चिचिण्डो के.जी. ४५ ५० ४८
घिरौला के.जी. ४५ ५० ४८
झिगूनी के.जी. ३५ ४० ३८
फर्सी पाकेको के.जी. ३५ ४० ३८
फर्सी हरियो के.जी. ५० ५५ ५२
भिण्डी के.जी. ४५ ५० ४८
स्कूस के.जी. ३५ ४० ३८
रायो साग के.जी. १०० ११० १०५
पालूगो साग के.जी. १०० ११० १०५
चमसूरको साग के.जी. १०० ११० १०५
तोरीको साग के.जी. ६५ ७० ६८
प्याज हरियो के.जी. १९० २०० १९५
च्याउ के.जी. २२० २३० २२५
न्यूरो के.जी. ७० ८० ७५
चुकुन्दर के.जी. ७० ८० ७५
जिरीको साग के.जी. १७० १८० १७५
सेलरी के.जी. १७० १८० १७५
पार्सले के.जी. १७० १८० १७५
पुदीना के.जी. १७० १८० १७५
गान्टे मूला के.जी. १०० ११० १०५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ७० ८० ७५
तोफु के.जी. ६० ७० ६५
गुन्दुक के.जी. १९० २०० १९५
स्याउ के.जी. १०० ११० १०५
केरा दर्जन ७० ८० ७५
कागती के.जी. २०० २५० २२५
अनार के.जी. १२० १३० १२५
तरबुजा के.जी. ४५ ५० ४८
मौसम के.जी. १२० १३० १२५
भुर्इ कटहर प्रति गोटा ९० १०० ९५
काक्रो के.जी. २५ ३० २८
नासपाती के.जी. ४५ ५० ४८
मेवा के.जी. ७० ८० ७५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. २४० २५० २४५
खु्र्सानी हरियो के.जी. ५५ ६० ५८
भेडे खु्र्सानी के.जी. ८५ ९० ८८
लसुन हरियो के.जी. १९० २०० १९५
हरियो धनिया के.जी. ४९० ५०० ४९५
लसुन सुकेको चाइनिज के.जी. १२० १३० १२५
लसुन सुकेको नेपाली के.जी. ९० १०० ९५
माछा ताजा के.जी. २५० २६० २५५

ताजा समाचार

सम्बन्धित समाचार