Friday, September 20, 2024

अनि हट्यो कलंकीको जाम, मुलुककै ‘पहिलो अन्डरपास’ फोटो/ भिडियाे हेर्नुहोस्

काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक जाम हुनेमध्येको एउटा चोक हो–कलंकी। करीब एक किलोमिटर दूरीको यो चोकमा घण्टौंसम्म जाम हुन्थ्यो गत शुक्रबारसम्म।

तर, अहिले अवस्था फेरिएको छ। कंलकीमा निर्माण भएको मुलुककै पहिलो अण्डरपास वे (भूमिगत बाटो) सञ्चालनमा आएपछि जामको समस्या धेरै हदसम्म हटेको छ।

८ सय मिटर लामो उक्त अण्डरपास आंशिक रुपमा सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालनमा आउन केही महिना लाग्ने अनुमान गरिएकोे छ।

चक्रपथ सुधार आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार अन्डरपासमा रंगरोगनसँगै लेन छुट्याउने र साइन बोर्ड राख्ने काम बाँकी छ। यो सबै काम पूरा गर्न दुई महिना लाग्ने अनुमान छ।

तर, कलंकी क्षेत्रमा दिनप्रतिदिन बढ्दै गएको ट्राफिक जाम न्यूनीकरण गर्न सरकारले अस्थायी रूपमा अण्डरपास वे खोलिएको हो।

 ८ सय मिटर (कलंकी चोकबाट खसीबजारतर्फ ४ सय मिटर र कलंकी चोकबाट सीतापाइलातर्फ ४ सय मिटर) को अण्डरपास छ।

तस्वीर : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार