Friday, September 20, 2024

चीन उडानको तयारीमा रहेका ‘सोल्टी’ र ‘मितिनी’ लाई १५ फोटोमा हेर्नुहोस्

काठमाडौं– सरकारले चीनलाई बिहीबार उपहार दिन लागेको एकजोडी एकसिंगे गैंडालाई चितवनबाट काठमाडौं ल्याइएको छ ।

‘सोल्टी’ (भाले) र ‘मितिनी’ (पोथी) लाई ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा राखिएको छ ।

ती गैंडालाई सोमबार चितवनको रत्ननगरबाट सानो खोर (पीट बोमा) बाट काठको खोरमा हालेर ट्रकमार्फत काठमाडौं ल्याइएको थियो ।
गैंडालाई मंगलबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विशेष कार्गो विमानमा राखेर चीन पठाइने छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार ती गैंडालाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बिहीबार चीन सरकारका प्रतिनिधिलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम विमानस्थल परिसरमै हुनेछ ।

यी दुवै गैंडालाई चीनको साङ्घाई सफारी पार्कमा लगेर राखिने जनाइएको छ । सरकारले २८ असारमा ‘रुपसी’ (पोथी) र ‘भद्र’ (भाले) गैंडालाई चीन सरकारलाई उपहार दिइसकेको छ। ती गैंडा चिमे लङ सफारी पार्कमा राखिएको जनाइएको छ ।तस्वीर : अमिष रेग्मी 


ताजा समाचार

सम्बन्धित समाचार