Friday, September 20, 2024

काठमाडौं–केरुङ रेलमार्ग कठीन तर, सम्भव छ : अध्ययन

काठमाडौं–काठमाडौं–केरुङ रेलमार्गको पूर्व सम्भाव्यताको जिम्मा पाएको चिनियाँ कम्पनीले सरकारलाई प्रतिवेदन बुझाएको छ।

सो कम्पनीले भौतिक पूर्वाधार र यातायात मन्त्रालयमा वुझाएको प्रतिवेदनमा रेलमार्ग निर्माण कार्य सम्भव देखिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए। अध्ययनको लागि केही महिना अगाडि चिनियाँ टोली काठमाडौं आएको थियो। चिनियाँ टोलीले शुक्रबार आफ्नो प्रतिवेदन मन्त्रालयमा वुझाएको हो।

सो समितिले प्रतिवेदन बुझाउनु अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीको गत असारमा सम्पन्न चीन भ्रमणमा रेलमार्ग निर्माणको बारेमा सम्झौता भएको थियो। यद्यपी लगानी लगायतका अन्य विषय भने टुंगिएको छैन।

पढ्नुहोस् : काठमाडौंमा विद्युतीय कार्गो रेल पुर्‍याउन चीनसँग सम्झौता

चिनियाँ टोलीले रेल सम्भव देखिएको भन्दै आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारलाई सिफरिस गरेको छ। सो प्रतिवेदनको आधारमा दुई देशबीच कसरी अगाडि बढ्ने भन्ने विषयमा थप छलफलको प्रक्रिया थाल्ने सरकारको तयारी छ।

प्रतिवेदनमा चट्टानका कारण सो स्थानमा रेल बनाउने कार्य निकै कठीन भएपनि बनाइसकेपछि दीर्घकालीन हुने उल्लेख छ। यस अघि प्रधानमन्त्री ओलीको चीन भ्रमणको समयमा सो मार्गका रेल निर्माणका लागि नयाँ प्रविधिको विकास गर्नुपर्ने चिनियाँ पक्षले बताएको थियो।

पढ्नुहोस् : वातावरणमा काठमाडौं महानगरको साढे ५४ करोड बजेट, मोनोरेल र ई–ट्‍वाइलेट प्राथमिकतामा

ताजा समाचार

सम्बन्धित समाचार