Thursday, September 19, 2024

बाढी बुलेटिन : ठूला नदीमा हल्का बहाब बढ्ने, तीन दिनसम्म सामान्य वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले सोमबार, मंगलबार र बुधबार देशको पूर्वी र मध्य भूभागका धेरै जसो स्थानमा र पश्चिमी भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको बताएको छ।

जल तथा मौसम विज्ञान विभागको जलविज्ञान महाशाखा तथा बाढी पूर्वानुमान शाखाले सोमबार सार्वजनिक गरेको बाढी बुलेटिनमा उक्त कुरा उल्लेख गरिएको छ।

बुलेटिनका अनुसार सोमबार देशका कुनै पनि प्रमुख नदीहरूमा बहाब उच्च हुने सम्भावना छैन। देशको पहाडी क्षेत्रमा विशेष गरी पूर्वदेखि मध्य भूभागसम्म मध्यमसम्म वर्षाको सम्भावना देखिएकोले स–साना खोलानालामा क्षणिक रुपमा बहाब उल्लेख्य बढ्ने देखिन्छ । ठूला नदीहरूमा हल्का मात्र बढ्नेछ।

त्यस्तै मंगलबार कोसी, बाग्मती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली लगायतका कुनै पनि नदीमा बाढी आउने संभावना नरहेको जनाइएको छ।

ठूलो बाढीको संभावना नरहेपनि देशको पूर्वी र मध्य भूभागको पहाडी क्षेत्रबाट बहने स–साना खोला आसपास र पहिरोग्रस्त क्षेत्रमा भने सतर्कता अपनाइराख्नुपर्ने जनाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार