Friday, October 25, 2024

चीन उर्जा क्षेत्रको ठूला परियोजनामा लगानी गर्न इच्छुक

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र चीनबीच ऊर्जाका क्षेत्रमा गरिने सहकार्यका विभिन्न क्षेत्रमा आवश्यक तयारी गर्न चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई निर्देशन दिएका छन् ।
सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेको, त्यसका लागि प्रमुख आधार नै ऊर्जा भएको भन्दै चीन सरकारका निकाय तथा अधिकारीसँग आवश्यक समन्वय गर्न मन्त्री पुनले आग्रह गरेका हुन् ।
राजदूत पौड्यालसँग छलफल गर्दै मन्त्री पुनले ऊर्जाका विभिन्न क्षेत्रमा सहकार्यका लागि प्रयास भइरहेको र लगानी भित्र्याउनसमेत प्रयास भइरहेको बताएका थिए ।
नेपाल र चीनबीच गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सहमति भइसकेको छ ।चीन नेपालमा तीन÷तीन वटा ठूला जलविद्युत् तथा प्रसारण लाइन परियोजना निर्माणमा सहयोग गर्न इच्छुक रहेको पनि राजदूत पौडेलले जानकारी गराएका थिए । रासस

ताजा समाचार

सम्बन्धित समाचार